अमेरिकाद्धारा नेपाललाई ठूलो संख्यामा कोरोनाबिरुद्धको खोप दिने घोषणा : सबै नेपालीले खोप पाउने /
पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

  • अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ ।

    ह्वाईट हाउस प्रशासनले जारी गरेको प्रतिवद्धता प्रस्तुत गर्दै नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले उक्त जानकारी गराएका छन् ।

    यो सूचनालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत पुष्टि गरेका छन् । यद्यपि कति डोज भन्न खुलेको छैन ।

    अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ ।

    यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गरेका हुन् ।

    हृवाइट हाउसको वक्तव्य अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

    यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जानेछ ।

    बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई खोप दिने पक्का भएको पुष्टि गरे ।

    उनले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भएको छ, अंक चाँहि तोकेको छैन ।’

    नेपालका लागि अमेरिकी राजदुत राजदूत र्‍यान्डी बेरीले लेखेका छन् । म मेरा साथीहरू, नेपाल र अमेरिकाका सबै मित्रहरूसँग म यो खुशी सेयर गर्न जाँदेछु ।

    ह्वाईट हाउसको घोषणा अनुसार नेपाल संयुक्त राज्य अमेरिकाबाट प्रत्यक्ष खोप सहयोग दिने देशमा रोजिएको छ । नेपालका लागि धेरै र शीघ्र खोप आउँनेछ । कति डोज चाँडै खुल्नेछ ।

    खोप दिने अमेरिकाको घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ । जनबोली