आईशोलेशनमा हुदा मानसिक स्वास्थ्यको कसरि ख्याल गर्ने ?

  • को संक्रमण भएका ८०–८५ प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षणहरु मात्र हुन्छन्। उनीहरु प्रायः होम आइसोलेसन र केही आइसोलेसन केन्द्रमा हुन्छन् । प्रायः परिवारका धेरै सदस्य आइसोलेसनमा रहेका हुन्छन्।

    यस्तो बेलामा उनीहरुमा शारीरिक लक्षण धेरै नहुन सक्छ। तर, अक्सर उनीहरु तनाव ग्रसित हुन सक्छन्।

    आइसोलेसनका क्रममा हुने तनाव

    –कोभिड– १९ को समस्या बढ्ने हो कि वा मरिने हो कि भन्ने डर।

    –गम्भीर संक्रमण भएर सिकिस्त भएमा परिवारका अन्य सदस्यबारे पीर।

    – आइसोलेसनमा बस्नु पर्दाको निराशार दिक्दारी।

    – कसले मलाई संक्रमित गरायो भन्ने आक्रोश।

    –कतै आफ्नो कारण परिवारका अन्य सदस्यलाई संक्रमण त भएन वा मैले किन आफू र अरुलाई सुरक्षा दिन सकिन भन्ने ग्लानी।

    –आफ्ना परिवारजन, नातेदार साथी, सहकर्मीको मृत्यु जस्ता दुखद खबर।

    –घरमा भएका बच्चाबच्चीका माग तथा आवश्यकताहरु पुरा गर्न कठिनाइ।

    –विभिन्न कारणले रासनपानी लगायत अन्य अत्यावश्यक सामग्री जुटाउने समस्या।

    –आर्थिक नोक्सानी तथा जागिर गुम्ने हो कि भन्ने डर।

    –सामाजिक लान्छनाको पिर।

    –सामाजमा मानिसहरुले अवहेलना गर्ने हुन् कि भन्ने चिन्ता।

    आइसोलेसनमा रहँदा मानसिक रुपमा कसरी स्वस्थ रहने ?

    –प्रविधिको उपयोग गर्दै आफन्त एवं साथीभाइ तथा आफन्तसँग नियमित सम्पर्कमा रहनुहोस् र उनीहरुलाई आफ्नो अवस्थाको बारेमा नियमित जानकारी दिनुहोस्। अत्यावश्यक सामग्री तथा औषधिको जोहो गर्न उनीहरुको सहयोग लिनुहोस्।

    –एक्लोपना र दिक्दारी कम गर्नुहोस्। आफुले गर्ने कार्यहरुको योजना बनाउदा रोगका लक्षणहरुमा जाने ध्यान तथा एक्लोपन कम गर्न मद्दत पुग्छ।

    – आसावादी धारण अपनाउनुहोस्। याद  राख्नुहोस् कि अघिकांश व्यक्तिहरुलाई सामान्य मात्र लक्षणहरु हुन्छन् र तपाईलाई पनि सामान्य लक्षण मात्रा हुने सम्भावना ज्यादा छ। आफुलाई श्वास पर्ने गाह्रो हुने,छाती निरन्तर दुख्ने, ओठ निलो हुने, अक्सिजनको स्याचुरेसन कम हुने वा कुनै पनि शारीरिक समस्या बढेमा अस्पताल जान सक्ने गरी तयारी गर्नुहोस्।

    –खानाको रुचि कम भए पनि स्वस्थ एवं सन्तुलित भोजन लिने कोसिस गर्नुहोस्। प्रशस्त्र मात्रामा झोलिलो खानेकुरा पिउनुहोस्।

    –समयमा सुत्ने र उठ्ने गर्नुहोस्। समय–समयमा घोप्टो परेर आराम गर्नु वा सुत्नु लाभदायी हुन्छ।

    –समाचार हेर्नु र सुसूचित हुनु राम्रो हो। तर, अत्यधिक समाचार वा जानकारीले पनि बेचैन बनाउन सक्छ। त्यसैले समाचार वा सामाजिक सञ्जालको प्रयोग सीमित गर्नुहोस्।

    –नियमित व्यायाम गर्नुहोस्।

    –गीत संगीत सुन्ने, किताब पढ्ने जस्ता केही आनन्ददायी काम गर्नुहोस्।

    – गहिरो श्वासप्रश्वासको व्यायाम लाभदायी हुनसक्छ।

    –तनाव झेल्ने नाममा जाड, रक्सी, खैनी,सुर्ती, चुरोट जस्ता लागू पदार्थ सेवन नगर्नुहोस्।

    –परोपकारी भावना राख्नुहोस्। याद राख्नुहोस् कि यसरी आइसोलेसनमा बसेर तपाईले आफ्ना परिवारजन र अरुलाई संक्रमण फैलनबाट जोगाइ रहनुभएको छ र महामारीको नियन्त्रणमा योगदान गर्दै हुनुहुन्छ।

    –आइसोलेसन दुई हप्तासम्म मात्र सीमित राख्नुहोस्। त्यसपछि नेगेटिभ रिपोर्ट कुर्नु वा अनावश्यक अत्यधिक सावधानी अपनाउनु जरुरी छैन।

    – हमेशा याद राख्नुहोस् कि यस्तो अवस्थामा केही मात्रामा तनाव, चिन्ता तथा बेचैनी हुनु स्वाभाविक हो। तर यदी तपाईलाई अत्याधिक तनाव छ, सुत्न सकिराख्नु भएको छैन, मर्ने मन हुने वा आत्महत्याका सोचाइले सताईरहेको छन् भने स्वास्थ्यकर्मीसँग सहयोग लिन नहिच्किचाउनुहोस्। यस्तो मदत फोन बाट पनि लिन सकिन्छ। स्वास्थ्यखबर