आब २०७६/०७७ को दोश्रो चरणको भिटामिन ए कार्यक्रम असार २२ र २३ गते सन्चालन हुने / मन्त्रालयको पत्र तथा मापदण्ड सहित /

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आब २०७६/०७७ को दोश्रो चरणको ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई नियमित संचालन गर्दै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम यस बर्ष बिश्व ब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको संक्रमण रोकठाम तथा न्यूनीकरणको लागि भन्दै बन्दाबंदी अबलम्बन  गरे संगै स्थगित गरेको थियो /
    हाल स्वास्थ्य सेवाहरु नियमित संचालन आए संगै बालबालिकाको ब्रिदी र बिकास र रोग प्रतिरोधात्मक क्षमता संग सरोकारित भएकोले पुन २०७७ असार २२  र २३ गते देश ब्यापीरुपमा संचालित गर्ने परिपत्र भएकोछ / परिपत्र संगै भनिएको छ, महिला स्वास्थ्य स्वयम्सेविकाको व्यक्तिगत सुरक्षा र कोरोना संक्रमणको जोखिम रहित तरिकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाने व्यवस्था सम्बन्धित स्थानीय तहले ब्यबस्थापन गर्न समेत सुझाएको छ /
    हेरौ मन्त्रालयको पत्र जस्ताको तस्तै :