आब २०७८/०७९ मा स्वास्थ्यको बजेट : उपचारलाई प्रथामिकता जनस्वास्थ्य पछी/ (पूर्ण पाठ)
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

  • सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

    अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त  बजेट छुट्याइएको जानकारी दिएका  हुन्। सरसर्ती स्वास्थ्य तर्फको बजेटलाई हेर्दा सरकारले स्वास्थ्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्रको उपचारात्मक सेवालाई पहिलो प्रथामिकतामा राखेको देखिन्छ भने स्वास्थ्यको महत्वपूर्ण पाटो मानिएको जनस्वास्थ्य पर्बर्धनमा भने न्यून बजेट बिनियोजन गरेको छ /

    के के छन त बजेटमा स्वास्थ्यका विशेषताहरु :

    • कोभिड रोकथाम तथा नियन्त्रणका लागि :
      • बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ। कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
      • कोभिड खोप खरिदका लागि २६ अर्ब बजेट बिनियोजन
      • कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
      • अवकाश प्राप्त तथा इन्टर्नसिमा रहेका स्वास्थ्यकर्मीलाई समेत तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एकवर्षको  सेवा करारमा लिएर खटाउने
      • कोभिड–१९ का बिरामीका लागि  आवश्यक पर्ने आइसीयू, एचडीयू, भेन्टिलेटर,टेष्ट किट लगायतका आवश्यक उपकरण खरिद गर्न  ४ अर्व विनियोजन
      • कोभिड १९ को उपचारमा प्रयोग हुने औषधिको आयातमा लाग्ने भन्सार महसुल छुट
      • कोरोना नियन्त्रणका लागि सीमा नाका र अन्तराष्टिय विमानस्थलमा हेल्थ डेस्क र होल्डिग सेन्टर स्थापना गरिने
      • सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निशुल्क
    • स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन
    • स्वास्थ्य उपकरण खरिदका लागि – रु. ४ अर्ब बिनियोजन
    • सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने(अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था)
    • भक्तपुरको दुवाकोटमा आगामी तीन वर्षभित्र सेवा सञ्चालन हुने गरी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने
    • आइसीयू वार्ड लगायत पूर्वाधार निर्माणका लागि ३४ करोड बजेट बिनियोजन
    • शहिद गंगालाल ह्रयद रोग केन्द्रको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन एवं अपरेशन थिएटर स्तरोन्नति गर्न ५८ करोड समेत बिनियोजन
    • आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने
    • ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोग, पार्किन्सन्स, स्पाइनल कर्ड इन्जुरीका बिरामीको निःशुल्क उपचारका लागि रु. २ अर्ब ५० करोड ।
    • रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न रु. १ अर्ब २८ करोड
    • कान्ति बाल अस्पताललाई रु. ३४ करोड बिनियोजन
    • सहिद गंगालाल हृदयरोग अस्पताललाई रु. ५८ करोड बिनियोजन
    • स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि रु. ७ अर्ब ५० करोड बिनियोजन
    • सबै जिल्लामा आयुवेर्द अस्पताल निर्माण गरिने बिनियोजन
    • महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि 
    • सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन
    • एक स्थानीय एक हेली प्याड निर्माण गरिने

    हेरौं स्वास्थ्य तर्फ आब २०७८/०७९ बजेटको पुर्ण पाठ :