एसिड-आक्रमणबाट पीडितहरूको उपचार सम्बन्धी कार्यविधि २०७८(पूर्ण पाठ)
पूर्ण पाठ समेटिएको /

परिचय


स्वास्थ्य र जनसंख्या मन्त्रालयले एसिड-आक्रमणबाट पीडितहरूको उपचार सम्बन्धी कार्यविधि २०७८ जारि गरेको छ। यस कार्यविधिले नेपालमा एसिड-आक्रमण बाट पीडितहरूको निःशुल्क उपचारको लागि मन्त्रिपरिषद्को मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्दछ। यसले नेपालमा आक्रमणमा परेका पीडितहरूको उपचारका देशका बिभिन्न अस्पतालहरू लाई समावेश गरेकोछ ।

एसिड आक्रमणका पिडित हुनेहरूको उपचारका लागि तोकिएका अस्पतालहरू :

  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौं
  • बीर अस्पताल, काठमाडौं
  • पाटन अस्पताल, ललितपुर
  • कृतिपुर अस्पताल, कृतिपुर, काठमाडौं

हेरौ पुरा कार्यबिधी :

 

कानुनमा के के छन् सजायका व्यवस्था?

  • कसैलाई एसिड फ्याकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अङ्गभङ्ग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टि पूर्ण रुपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जलेर कुरुप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ।
  • एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि १० वर्ष कैद र एकलाखदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • आक्रमण गर्दा एसिड शरीरमा नपरे वा उम्किएमा पनि त्यस्तो काम गर्न खोज्ने व्यक्तिलाई मुद्दा हेरी १० वर्षसम्म कैद र पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनुपर्नेछ। बिसिसी अनलाइन

फायल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस /