• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /

Public Health Concern by Public Health Concern
May 18, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय
0
कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /
कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो ।

क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा निगरानी हुन सकेको भए प्रदेश ५ अन्तरगतको बाँके जिल्लामा आइतबार बिहानै २५ वर्षीय संक्रमित युवकले ज्यान गुमाउनुपर्ने थिएन कि ? क्वारेन्टाइनमा रहँदा स्वास–प्रश्वासमा समस्या आए पनि अस्पताल लगिएन र क्वारेन्टाइनमै उनले ज्यान गुमाए । र, उनी नेपालमा मृत्यु हुने दोस्रो कोरोना संकमित बन्न पुगे ।

बाँकेमा भारतबाट आएका ती युवकलाई राखिएको क्वारेन्टाइनस्थल कस्तो थियो, त्यसको यथार्थ विवरण पक्कै आउला । तर, यहाँ मुख्यमन्त्री शंकर पाखेरेलकै नेतृत्वको प्रदेश ५ को अर्को जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था कस्तो छ भन्नेबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

लकडाउनका बेला सत्तारुढ नेकपाको व्यवस्थापन गर्न काठमाडौं पुग्ने मुख्यमन्त्री पोखरेलले आफ्नै प्रदेशको व्यवस्थापनमा चाहिँ के कति काम गरेछन् भन्ने कपिलवस्तुको अवस्थाले छर्लङ्ग पारेको छ ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात् ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरूमा खाना खुवाएर राखिएको छ

र, कोरोना रोकथामका लागि पर्याप्त तयारी गरेको दाबी गर्ने संघीय सरकारको क्षमता पनि कपिलवस्तुको सीमा क्षेत्रमा पटाक्षेप भएको छ । स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याए अनुसारको व्यवस्थापन गरे पनि प्रदेश र संघबाट कुनै सहयोग पाएका छैनन् ।

क्वारेन्टाइनमा ७ हजार, जाँच न्यून

प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा देखिएका छन् । देशकै रेडजोनमा रहेको कपिलवस्तुमा बाँके र रुपन्देहीपछि मात्र कोरोना देखिएको थियो । तर, तीन साताभित्र प्रदेशकै उच्च जोखिममा परेको कपिलवस्तुमा आइतबारसम्म ४३ जना संक्रमित फेला परेका छन् ।

देशमै पहिलो पटक स्वास्थ्यकर्मी, सुरक्षा अधिकृतहरु तथा सरकारी कर्मचारीहरु हुँदै कपिलवस्तुमा दोस्रो चरणमा कोरोना संक्रमण फैलिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लकडाउन घोषणा गरिएयता वैधानिकरुपमा ६ हजार ९७४ जना नागरिक भारतीय सीमाबाट कपिलवस्तु प्रवेश गरेका छन् । करिब १ हजार बढी मानिसहरु खुला सीमानाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका छन्, जसको तथ्यांक वा सम्पर्क प्रशासनसँग छैन ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैधरुपमा भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरुमा खाना खुवाएर राखिएको छ ।

यीमध्ये १६ सय ४१ जनालाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अहिलेसम्म क्वारेन्टाइन बसेका ११ सय १० जनाको मात्र र्‍यापिड टेस्ट भएको छ भने ९२९ जनाको पीसीआर टेस्ट गरिएको छ । तीमध्ये ४२ जनालाई कपिलवस्तुमा र एक बालिकालाई काठमाडौंमा कोरोना संक्रमण देखिएको हो ।

अझै क्वारेन्टाइनमा बसेका ६ हजार बढीको पीसीआर जाँच गरिएको छैन ।

सीमानाबाट अवैध प्रवेश जारी

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै भारतमा रोजगारी गर्नेहरु धमाधम नेपाल प्रवेश गर्न थाले । केही वैधानिक बाटो हुदै आए भने केही खुला सीमानाबाटै नेपाल छिर्न थाले ।

लगत्तै जिल्लाको ९७ किमी लामो सीमानामा सशस्त्र प्रहरीका ६५ वटा पोष्ट र नेपाल प्रहरीका १९ वटा प्रहरी चौकी स्थापना गरियो । हाल १७ सय सुरक्षाकर्मी सीमानामा खटिएका छन् ।

तर, प्रशासनको तथ्यांकअनुसार लकडाउनयता मात्रै जिल्लामा ८ हजार ६ सय ४९ जना प्रवेश गरेका छन् । तीमध्ये ८ हजार ६ सय २१ जना भारत र बाँकी अन्य मुलुकबाट आएका हुन् ।

तर, सुरक्षा श्रोतका अनुसार त्यसबाहेक १ हजार बढी मानिसहरु खुला सीमानाबाट नेपाल प्रवेश गरेका छन् । उनीहरु न त क्वारेन्टाइन बसेका छन्, न उनीहरु जाँचको दायरामा आएका छन् । क्वारेन्टाइन बाहिर रहेका ती एक हजार व्यक्तिहरुबाट समुदायमा थप संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ ।

आत्मघाती क्वारेन्टाइन

कपिलवस्तुका १० वटा स्थानीय तहले ७ हजार ४ सय १५ जना अटाउने क्वारेन्टाइन निर्माण गरेको प्रशासनको तथ्यांक छ । राजमार्ग किनारका क्वारेन्टाइन केही व्यवस्थित छन् भने हुलाकी तथा सीमाना छेउका क्वारेन्टाइनको अवस्था दयनीय छ ।

नेपालमै सबैभन्दा बढी ७ हजार मानिसलाई क्वारेन्टाइन राखिएको जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्न सक्ने निकायसमेत छैन । अव्यवस्थित क्वारेन्टाइनमा बसेका ९० प्रतिशतको अझैसम्म कोरोना सम्बन्धी जाँच गरिएको छैन ।

क्वारेन्टाइनको एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएको छ । सुत्ने, खाने र स्वास्थ्य उपचारको अवस्था निकै दयनीय छ । कतिपय स्थानमा त पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई घर परिवारले खाना लिएर आउने, कपडा लत्ता धोइदिने र विस्तरा ल्याइदिनेसमेत गरेका छन् । केही मानिसहरु क्वारेन्टाइनस्थल वरपरका चिया पसलहरुमा जाने– आउने गर्छन् ।

कपिलवस्तुमा मापदण्डविना बाध्यताले निर्माण गरिएका ती क्वारेन्टाइनहरु कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘सामाजिक दुरी छैन, सबै सँगै हुन्छन् । बाहिर जान्छन्, घुम्छन्, शौचालय–स्नान सबैमा छैन, अवस्था सोचेकाभन्दा गम्भीर छ’ ,महाराजगञ्जमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।

एउटा क्वारेन्टाइनमा एकजनामा मात्र कोरोना संक्रमण भएमा त्यहाँ बसेका २० प्रतिशतलाई सहजै सर्न सक्ने स्वास्थयकर्मीहरुकै दाबी छ ।

क्वारेन्टाइन बसेकाहरुलाई केही जनप्रतिनिधिको सिफारिसमा घरसमेत लाने गरेको हुँदा समुदाय पनि जोखिममा रहेको पाइन्छ । हाल क्वारेन्टाइन बसेका ७ हजार जना सबै भारतबाट आएका हुन् ।

सतर्कतामा लापरबाही

गत मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखियो । लगत्तै बुधबार कृष्णनगरमा खटिएका प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार, शशस्त्र प्रहरी नायव निरीक्षक र एकजना गुप्तचरमा समेत कोरोना संक्रमण देखियो ।

सोही दिन कृष्णनगर नगरपालिकामा कार्यरत प्राविधिक र कार्यालय सहायकलाई संक्रमण पुष्टि भयो । संक्रमितको पहिलो सम्पर्कमा आउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु मात्र नभई कर्मचारीसमेत यसबाट प्रभावित भएका छन् ।

तर, संक्रमणको अवस्थापश्चात पनि कपिलवस्तुमा स्वास्थ्य सुरक्षामा सर्तकता अपनाइएको छैन । यसमा चरम लापरवाही गरिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई तौलिहवा अस्पताल राखिएको छ भने उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

संक्रमित प्रहरीको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीहरु पनि क्वारेन्टाइन बसेका छैनन् । जनशक्ति अभाव भन्दै उनीहरु सुरक्षामै खटिएका छन् ।

बिरामीको उपचार, पीसीआर जाँच र सुरक्षामा खटिएका स्वास्थ्यकर्मी अनि विना सुरक्षा उपकरण फिल्ड हिँड्ने सञ्चारकर्मीहरुले लापरवाही गर्दा समुदाय तहमा कोरोनाको संक्रमण बढेको छ ।अनलाईनखबर 

Tags: कपिलवस्तुकोभिड-१९कोरोना भाईरसक्वारेन्टाइन
Previous Post

कोरोना कहरले उबजाको स्वास्थ्यका अबसरहरु : संरचना निर्माण देखि सेवा सुदृढिकरण सम्म /

Next Post

कोरोना भाइरसबारे संसारभरि नमेटिएका केही जिज्ञासा र तथ्यगत कुरा-विश्लेषण सहित /

Next Post
कोरोना भाइरसबारे संसारभरि नमेटिएका केही जिज्ञासा र तथ्यगत कुरा-विश्लेषण सहित /

कोरोना भाइरसबारे संसारभरि नमेटिएका केही जिज्ञासा र तथ्यगत कुरा-विश्लेषण सहित /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In