कार्तिकदेखि ल्याब असिष्टेन्ट पदको मात्रै गुनासो दर्ता नहुने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ कार्तिकदेखि ल्याब असिष्टेन्ट बाहेकका पदको सुनासो दर्ता नगर्ने जनाएको छ । मन्त्रालयले समायोजन भएका कर्मचारीहरुलाई १७ असोजसम्म म्याद दिई गुनासो दर्ता गर्न ९ असोजमा सुचना जारी गरेको थियो । तर हालसम्म पनि गुनासो निवेदन दर्ता हुन आइरहेको मन्त्रालयले जनाएको छ ।
यसै सम्बन्धमा मन्त्रालयले बिहिबार सुचना जारी गर्दै समायोजनका क्रममा भएका त्रुटि एंव वैध र ल्याब असिस्टेन्ट पद बाहेक अन्य विषयको शुक्रबार (१ कार्तिक) देखि गुनासो दर्ता नगरिने जनाएको छ ।