कोभिड-१९ बिरुद्दको खोप लगाउन पूर्व नाम दर्ता गराउन परिवार कल्याण महाशाखाको परिपत्र /
खोप लगाउने समुह : १८ बर्ष माथिका सम्पूर्ण नेपालि नागरिकहरु

  • बिश्व ब्यापी माहामारीको रुपमा रहेको कोभिड २९ बिरुद्दको खोप अब आमा सर्वसाधारणका लागि समेत दिईने भएको छ / तर यसपटकको कोभिड बिरुद्दको खोप लगाउन भने फरक प्रक्रिया अपलाएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसका लागि तपशिल अनुसारको प्रक्रिया अपनाउनुपर्ने छ /

    तपशिल :

    • खोप लगाउने समुह : १८ बर्ष माथिका सम्पूर्ण नेपालि नागरिकहरु /
    • यो खोप स्वैच्छिक रहेको हुनाले अनिबार्य भन्ने छैन /
    • खोप लगाउने स्थानमा मानिसहरुको भिड भाडा कम होस् भन्न वा लगाउन चाहानेको समय बचत होस भन्नका लागि खोप लगाउने सम्पूर्ण बिवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक कोभिड खोप वेबसाइट यहा गई भर्नुपर्ने छ /
    • उक्त वेबसाइटमा गई आफ्नो बिवरण भरेपछि डिजिटल खोप कार्ड प्राप्त हुनेछ र सो कार्ड लीई नजिकको पायक पर्ने स्थानीय तहमा गैर लगाउन सकिनेछ /
    • नोट : फाराम नभरेका नागरिकहरुलाई पनि खोप लगाईनेछ तर फाराम भरि खोपकार्ड तयार भएकाहरुलाई प्राथामिकता दिइनेछ /
    • यो फारम किन भर्ने ?
      • तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न
      • यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो
      • यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ
      • यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ
      • यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन

    हेरौ मन्त्रालयको पत्र :

    कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि तपाईको आफ्नो विवरण यस फारममा भर्नुहोस र अरुको विवरण समेत भर्नको लागि आवस्यक भएमा सहयोग गर्नुहोस। तपाईको पुरा नाम, पुरा ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी बारे यस फारममा भर्नु पर्ने हुन्छ।

    May be an image of text