कोभिड-१९ बिरुद्दका खोपको सम्पूर्ण जानकारी( खोप, प्रकार, प्रयोग, मात्रा लगायत) सम्पूर्ण बिवरण समेटिएको /
सम्पूर्ण जानकारी समेटिएको

तपाईंले खोप किन लगाउनु पर्छ?

COVID-19 खोप लगाउँदा:

  • COVID-19 बाट बिरामी हुने जोखिम कम हुन्छ
  • यदि तपाईंलाई COVID-19 लागेको खण्डमा तपाईं धेरै बिरामी हुनबाट जोगाउँछ
  • आफ्ना साथीहरू, परिवार र समुदायलाई सुरक्षित राख्न मद्दत गर्दछ ।

यदि अधिकांश व्यक्तिहरूले खोप लगाएको खण्डमा भाइरस सजिलै फैलन सक्दैन । यसले गर्दा खोप लगाउन नसक्ने मानिसहरूलाई पनि सुरक्षित राख्छ ।

जेन्ससेन खोप सम्बन्धि जानकारी :

जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।

यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ ।

अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ ।

खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्ध ६६.९ प्रतिशत प्रभावकारिता देखिएको छ ।

हेरौ स्वास्थ्य सेवा बिभागको परिपत्र :

 कोभ्याक्स के हो?

एक्सेस टु कोभिड-१९ टुल्स (एक्ट) एक्सेलेरेटर कोभिड-१९ को परीक्षण, उपचार र खोपको विकास, उत्पादन र समतामूलक पहुँचलाई गति दिने विश्वव्यापी सहकार्य हो । कोभ्यास, एक्ट एक्सेलेरेटरको खोपसम्वन्धी खम्बाले कोभिड-१९ खोपहरूको विकास र निर्माणलाई गति दिने र विश्वका सबै देशहरूमा स्वच्छ र समतामूलक पहुँच सुनिश्चित गर्ने लक्ष्य राख्दछ ।

कोभ्याक्स फसिलिटीको भूमिका सबैभन्दा उपयुक्त खोप उत्पादनको पहिचान गर्नका लागि निरन्तर कोभिड-१९ खोपको विकासलाई नियाल्नु हो । यो फसिलिटीले उत्पादकहरूसँग उनीहरूको खोपले नियमन निकायको स्विकृति पाउनुअघि उत्पादन विस्तार गर्नका लागि प्रोत्साहन दिनका लागि काम गर्दछ । 

खोप निर्माताहरूले खोप स्विकृति प्राप्त नगर्दासम्म हुने ठूलो लगानीको जोखिन लिन नचाहने भएकाले यस्तो गरिएको हो । तर अहिलेको महामारीमा, खोपहरूले अनुमति प्राप्त गरेपछि ढिलाई र खोपको अभाव हुन सक्ने भएकाले पनि यसो गरिएको हो । 

एष्ट्राजेनिका सम्बन्धि (AstraZeneca) जानकारी :

कोरोना भाईरस बिरुद्दको खोप सम्बन्धि बारम्बार सोधिने प्रश्न र तिनका उत्तरहरु :

१. के मैले कोभिड–१९ अर्थात कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ?

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।

२. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?

पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।

३. यो खोप कुन उमेर समूहलाई दिन्छ ?

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

४. के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?

हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ । 

५. यो खोप कहाँ लगाउन पाईन्छ ?

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रहरूबाट निशुल्क दिइन्छ ।

६. यो खोप कसले लगाउनु हुँदैन ?
  • यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले
  • यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको
  • गर्भवती महिलाहरूलाई
  • यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन 
७. कुन कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ?
  • दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो  सम्बन्धी रोग, मृगौला रोग, मधुमेह (सुगर) शिकलसेल एनिमिया र क्यान्सर रोग भएका
  • रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू
  • एच.आई.भि. भएका

यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ । 

८. यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।

९. यो खोपको कति मात्रा लगाउनुपर्छ ?

यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ ।

१०. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

११. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं 

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । 

१२. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

खोपको कारणले वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन । 

१३. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?

पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ । 

१४. खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ । यदि तपाईं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् । 

कोभिड–१९ खोपका बारेमा कुनै पनि जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला । 

१५. के खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नु पर्छ ?

कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ । 

(श्रोत : युनिसेफ नेपाल )

तपाईंले थाहा पाउनु पर्ने कुराहरू

  • अबदेखि ४० बर्ष वा माथि उमेर पुगेका सबै जनाले आफ्नो COVID-19 खोप लिन सक्छन् ।
  • केहि ४० बर्ष भन्दा कम उमेरका मानिसहरू पनि खोप लगाउन योग्य छन्:
    • आफ्नो पेशाको कारण COVID-19 लाग्ने अधिक जोखिममा रहेका कर्मचारीहरू, जस्तै स्वास्थ्य सेवाकर्मीहरू, वृद्ध र अशक्तता हेरचाह सेवाका कर्मचारीहरू, आपतकालीन सेवा, होटल क्वारेन्टिन कर्मचारीहरू, विमानस्थल र बन्दरगाहामा काम गर्ने कर्मचारीहरू
    • COVID-19 लागेमा निकै धेरै बिरामी हुने सम्भावना भएका मानिसहरू जस्तै हुन्छ अशक्तता वा स्वास्थ्य समस्या भएका मानिसहरू
    • COVID-19 लाग्न सक्ने निकै जोखिममा रहेका मानिसरूसँग बस्ने, काम गर्ने वा हेरचाह गर्ने मानिसहरू जस्तै अशक्त व्यक्तिका हेरचाहकर्ताहरू, होटल क्वारेन्टाइन र सीमा सुरक्षामा काम गर्ने कामदारहरूसँग बस्ने मानिसहरू
    • खोप लगाउन योग्य मानिसहरूको पूर्ण सूची कसले खोप लगाउन पाउँछ (Who can get vaccinated)हेर्नुहोस् ।
  • ६० बर्ष वा माथिका व्यक्तिहरूलाई AstraZeneca खोप लगाईनेछ ।
  • ६० बर्ष भन्दा कम उमेरका मानिसहरूलाई Pfizer खोप दिइनेछ ।
  • COVID-19 खोप सबैको लागि निःशुल्क हो । तपाईंलाई मेडिकेयर कार्ड आवश्यक पर्दैन ।
  • खोप लगाउनु स्वैच्छिक हो । तपाईं खोप लगाउने छनौट गर्न सक्नुहुन्छ ।
  • COVID-19 खोपको असर प्रभावकारी बनाउन यो खोप दुई पटक (सुई) लगाउनु पर्दछ ।
  • जब तपाईंले पहिलो सुई लगाउनु हुन्छ त्यही बेला तपाईंले दोस्रो पटकको सुई कहिले लगाउने भनेर तपाईंलाई जानकारी दिईनेछ ।
  • अष्ट्रेलियामा खोपहरू प्रयोग गर्नको लागि स्वीकृति दिनु अघि सबै खोपहरू सुरक्षित भएको सुनिश्चित गर्न सावधानीपूर्वक परीक्षण गरिन्छ ।
  • यदि तपाईं आफ्नो स्वास्थ्यको बारेमा वा COVID-19 खोप लगाउने बारेमा चिन्तित हुनुहुन्छ भने, आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् ।

Source : https://www.coronavirus.vic.gov.au/covid-19-vaccine-nepali

प्रिफाईजर भ्याक्सिन सम्बन्धि बिशेष जानकारी :

खोपका प्रभावकारीता कसको कति ?

विश्वव्यापी रुपमा लाखौं मानिस खोप लिन थालेसँगै खोपले हामीलाई कसरी सुरक्षित राख्छ भन्ने बारे हामी अझ राम्ररी बुझ्दैछौं । तल उपलब्ध जानकारी हालसालै गरिएको अनुसन्धानमा आधारित छ जसमा COVID-19 खोप लगाईसकेका धेरै समुदायका मानिसहरू संलग्न छन् ।

AstraZeneca खोपले COVID-19 लाग्नबाट तपाईंलाई जोगाउँछ ।

  • यो खोप १२ हप्ताको अन्तरमा दुई पटक (मात्रा) लगाउँदा तपाईं COVID-19 बाट बिरामी नहुने सम्भावना ९० प्रतिशतले बढ्छ ।
  • यो खोपको पहिलो सुई लगाउँदा तपाईं COVID-19 को कारण अस्पतालमा भर्ना हुनु नपर्ने सम्भावना ९० प्रतिशत भन्दा बढी हुन्छ ।

Pfizer खोपले COVID-19 लाग्नबाट तपाईंलाई जोगाउँछ ।

  • यो खोप २१ दिनको अन्तरमा दुई पटक (मात्रा) लगाउँदा तपाईं COVID-19 बाट बिरामी नहुने सम्भावना ९५ प्रतिशतले बढ्छ ।
  • यो खोपको पहिलो सुई लगाउँदा तपाईं COVID-19 को कारण अस्पतालमा भर्ना हुनु नपर्ने सम्भावना ८० प्रतिशत भन्दा बढी हुन्छ ।

तपाईको खोप लगाउन जाँदा तपाईले के के ल्याउनु पर्छ

  • तपाईं खोप केन्द्रमा हुँदा नाकमुख छोप्ने मास्क लगाउन आवश्यक छ ।
  • फोटो सहितको परिचयपत्र, यदि तपाईंको छ भने
  • मेडिकेयर कार्ड, यदि तपाईंको एक छ भने (यद्यपि मेडिकेयर कार्ड आवश्यक छैन)
  • तपाईंको Individual Healthcare Identifier नम्बर
  • यदि तपाई आफ्नो पेशाको कारणले COVID-19 खोप लगाउँदै हुनुहुन्छ भने तपाईको रोजगारदाताबाट जारी गरेको कर्मचारी परिचयपत्र वा पत्र
  • तपाईको एलर्जी जस्ता चिकित्सा ईतिहासको बारेमा जानकारी ।