कोरना नियन्त्रणका लागि ५०००० मस्वासे परिचालन गरिने /बिशेष भत्ता र बिमा हुने /

  • काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।
    कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
    त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बिमा व्यवस्था हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।
    यसअघि क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विना परीक्षण घर पठाउने गरिएकोमा अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।
    स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रस्ट्याइको पनि सचिव नारायण बिडारीले जानकारी दिए । ‘कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बिमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय पनि भएको छ,’ बिडारीले भने ।प्रशासन डट कम