• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Tuesday, January 19, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कोरोनाको महामारीका बेला दादुराको प्रकोप ! नियन्त्रण भन्दा बाहिर जाने खतरा /

Public Health Concern by Public Health Concern
May 1, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय
0
कोरोनाको महामारीका बेला दादुराको प्रकोप ! नियन्त्रण भन्दा बाहिर जाने खतरा /

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको छ । गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ ।

झापाको दमकमा २१, सर्लाहीमा ६, ललितपुरको खोकनामा १८, धादिङको वेनिघाट र गजुरीमा गरी ११३, काठमाडौँको पेप्सीकोलामा १४, चितवनको राप्ती नगरपालिकामा ८ र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । यीमध्ये धादिङमा दुई बालबालिकाको मृत्यु भएको छ ।

उनका अनुसार दादुराको संक्रमण देखिएकामध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन् । बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बञ्चित छन् । तर संयोग यस्तो छ कि अहिले प्रकोप देखिएका सातवटै जिल्ला सरकारले पूर्ण खोप घोषणा गरेका जिल्ला हुन् ।

खोप शाखा प्रमुख डा. गौतमले ६ महिनादेखि ४० बर्षसम्मकोमा दादुरा देखिएको बताए ।

धादिङको बेनिघाट र गजुरीका विभिन्न स्थानमा यो भाइरसको प्रकोप देखिन थालेको तीन महिना भयो । एक ठाउँमा देखिएर नियन्त्रणमा नआउँदै अर्को ठाउँमा यसको प्रकोप देखिएको छ । गण्डकी गाउँपालिका ७ मा देखिएको संक्रमणमा ६ महिनादेखि १७ बर्षसम्मका बालबालिका परेका छन् । त्यसैले महामारीको रुप लिन सक्ने विज्ञहरुले बताइरहेका छन् ।

धादिङमा २० हजार बालबालिकालाई खोप दिइँदै

धादिङको बेनिघाट र गजुरीमा तीन महिनाको बीचमा तीन पटक प्रकोप देखिएपछि स्वास्थ्य सेवा विभागले विशेष खोप अभियान (आउटब्रेक रेस्पोन्स इमुनाइजेसन) शुरु गरेको छ ।

सो अभियान अन्तर्गत बेनिघाट र गजुरी गाउँपालिकाका ६ महिनादेखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकाहरुलाई मिजल्स र रुवेलाविरुद्धको खोप दिइन थालिएको छ । अभियानमा भिटामिन ए को औषधि समेत खुवाइने भएको छ ।अनलाईन खबर

Tags: कोभिड-१९कोरोना भाईरसदारुरा प्रकोप
Previous Post

जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत, १००% भत्ता पाउने ब्यबस्था!

Next Post

बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

Next Post
बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In