कोरोनाभाइरस (COVID-19) को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?

कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन् ।
इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक योगदान दिन सक्छन् ।
1) खुला प्रश्नहरू सोध्नुहोस् र ध्यान दिएर सुन्नुहोस्
2) इमान्दारीपूर्वक तथा बालबालिकाले बुझ्ने भाषामा साँचो कुरा बताउनुहोस्
3) आफु र आफ्ना साथीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर उनीहरूलाई सिकाउनुहोस् / देखाउनुहोस् 4) आश्वासन दिनुहोस्
5) बालबालिकाले भेदभाव भोगेको वा फैलाएको छ/छैन जाँच गर्नुहोस्
6) सहयोग र सकारात्मक पक्ष देखाउनुहोस् 7) आफ्नो ख्याल राख्नुहोस्
8) मायाका साथ कुराकानी टुंग्याउनुहोस्
स्रोतः युनिसेफका संचार विशेषज्ञ याकब हन्टद्वारा संकलित सूचना युनिसेफको आधिकारीक वेबसाइटमा प्रकाशित सामाग्री https://livemandu.com बाट राखिएको हो ।