कोरोनालाई जितेकी प्रसिद्दीको कथा – मानिसको घृणा र बेवास्ताले कम्जोर बाउदोरहेछ !

  • १७ मार्चमा लाम र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म सँगै थियौं। यहाँबाट लाम भियतनामको होची मिन्हा र म काठमाडौं फर्कदैं थियौं। क्वारेन्टाइनमा नै रहेका बेला लामलाई परीक्षणमा कोभीड–१९ को संक्रमण भएको देखियो। हामी दुबै र हाम्रा सबै साथीहरुका लागि यो ठूलो ‘रियालिटी चेक’ थियो। हामीले मिम र बिदाई चिट्ठीमात्रै देखेको कुरा, हाम्रो यर्थाथमा आउँदै थियो। दुई दिनपछि मलाई पनि कोभीड–१९ पोजेटिभ देखियो।
    मभन्दा अघि नेपालमा एउटै मात्र कोरोना भाइरसको घटना देखिएको थियो र ती विद्यार्थी निको पनि भइसकेका थिए। त्यसैले कागजमा मेरो देशले शतप्रतिशत निको भएको तथ्यांक कायम गरेको थियो। यसकारण धेरै नागरिकलाई गर्व पनि थियो कि नेपालमा कोरोनाको अर्को घटना देखिएको छैन। हामी कोभीड–१९ बाट कसरी सुरक्षित छौँ भन्ने विषयमा पनि धेरै मान्यता थिए, यस्ता मान्यतामा राष्ट्रिय गौरवले पनि जरो गाडेको थियो।
    यी र यस्तै परिस्थितीमा म नेपालमा केवल दोस्रो संक्रमित थिए। मेरो घटनामा यसअघिका कुनै दृष्टान्त पछ्याउने अवसर थिएन र धेरैलाई यो परिस्थिती कसरी सम्बोधन गर्ने भन्ने पनि थाहा थिएन। मेरो परीक्षण रिपोर्टबारे परिवारलाई १० बजे नै जानकारी दिइएको थियो। मेरी दिदीले बारम्बार ममा संक्रमण देखिएको बताएपनि मैले यसलाई विश्वास गरिनँ। किनभने त्यस दिनसम्म ममा कुनै लक्षण देखिएकै थिएन। फर्केर हेर्दा, परीक्षण भइसकेपछि रिपोर्ट आउनुअघिको समयमा मैले बढी नै सोचेंजस्तो लाग्छ। मलाई आफुमा भाइरस छ र ममार्फत अरु कोही व्यक्तिलाई सरेको हुनसक्छ भन्ने तथ्य अस्वकार गर्दा बढी सहज महसुस भएको थियो।

    जब मैले यथार्थ स्वीकारे, त्यसपछि बाटोमा भेटिएका मानिस र आफ्नै परिवारमा ममार्फत संक्रमण फैलिएको हुनसक्छ भन्ने विषय मेरो सबैभन्दा ठूलो चिन्ता थियो।

    चिकित्सकले परीक्षणपछि ठूलो परिमाणमा भाइरस भेटिएको बताएका थिए, यसको अर्थ यस अवस्थामा ममार्फत धेरैमा संक्रमण सर्नसक्थ्यो। तत्कालै मलाई मेरो घरमा एम्बुलेन्स पठाइयो र मलाई टेकुस्थित अस्पतालको आइशोलेसन कक्षमा राखियो। २२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो। मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ। जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला? मलाई केही दिनसम्म यस्तै भयो। मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो। मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो। खाटबाट उठ्न पनि ठूलै प्रयास गर्नुपथ्र्यो, बलपूर्वक खाना खाइन्थ्याें र अनिन्द्राले सताइरहेको थियो।

    मलाई अझै त्यो रात याद छ, जब ‘सुँघ्ने क्षमतामा कमी’ पनि कोभीड–१९ को लक्षण हो भनेर पढें, मैले साबुनको गन्ध सुँघ्न खोजे। ‘आश्चर्य ! मैले गन्ध थाहा पाइनँ।

    लक्षणका विषयमा कुरा गर्नुपर्दा: 
    मलाई हल्का सुख्खा खोकी पनि थियो। तर, मलाई ज्वरो भने कहिल्यै पनि आएन। तपाईले यो पनि ख्याल गर्न जरुरी छ कि मेरो केसमा असर हल्का थियो। मेरो मनले ती व्यक्तिबारे सोच्छ, जसले यो भाइरसबाट संक्रमित भएपछि मैलेभन्दा खराब अनुभव गर्नुभएको छ। यी सबैका बाबजुद सञ्चारमाध्यमले मेरो परिस्थिती सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्यो। मलाई थाहा थियो कि सबैजनाले ‘फ्रान्सबाट दोहा हुँदै १७ मार्चमा आएकी एक १९ वर्षीय युवती कोरोना संक्रमित भएको’ थाहा पाइसकेका छन् र यसपछिका घटनाक्रम मैले सहनुपर्छ।
    काठमाडौं सानो शहर हो। जसले मलाई चिन्छन्, ती व्यक्तिको दिमागमा यति जानकारी पाउनासाथ मेरो नाम पुगिहाल्यो। यद्यपी, सञ्चारमाध्यमले मेरो नाम गोप्य राखे, तर मैले थाहा पाएसम्म झन्डै सबै सञ्चारमाध्यमले मेरोबारे समाचार लेखेका थिए, माथि उल्लेखित बिस्तृत जानकारी र अरु समेत थपेर। केही साँचो थियो, तर धेरै गलत। जस्तो, लाम पेरिसदेखिकै मेरी महिला रुममेट थिइन्। मैले परीक्षण गर्नुअघि आफ्ना धेरै आफन्तलाई भेटेको थिएँ। मेरा बाबुआमा चिकित्सक हुन् लगायत।

    नेपालमा न्युर्योक टाइम्सको पार्टनर रहेको एक अंग्रेजी दैनिक ‘रिपब्लिका’ ले मलाई हल्लाकै भर ‘सुपर स्प्रेडर’ को बिल्ला नै लगाइदियो। उनीहरुलाई मेरो कथा थाहा थिएन, उनीहरुसँग मैले भाइरस फैलाइरहेको कुनै प्रमाण थिएन।

    तर धेरै जनताको नजरमा म ‘सुपर-स्पे्रडर’ बनिसकेको थिएँ। २३ मार्च केही फरक थियो। कहीँ, कतै, कसैले मेरो कथाको आख्यान तयार गर्ने निर्णय ग-यो। उनीहरुले आफू अनुकुल हुनेगरी मेरो तथ्य बङ्ग्याए। म प्रति त्यस्तो घृणा उजागर भयो। सामाजिक सञ्जालमा गालीको भेल थियो। मानिसहरु ममाथि आरोप लगाउदैं थिए, उनीहरु घृणा गर्दै थिए र केहीले त मलाई ज्यान मार्ने धम्की समेत दिए।

    उनीहरु मलाई जीवित राख्नुभन्दा गोली हानेर मान्नुपर्ने बताइरहेका थिए। नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले।

    मसँग आफू सेल्फ-क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन।
    मेरो शारीरिक सुरक्षाका लागि गोपनियता जरुरी थियो। मैले आफ्नै सामाजिक सञ्जालको सर्कलमा समेत धेरैले मेरोबारे नकारात्मक अर्थ दिने पोस्ट गरेको देखेँ (उनीहरुलाई ती बिरामी म हुँ भन्ने थाहा थिएन)। टाउकोमा हात राखेर धिक्कार गरिरहेका संकेतसहितका सामाग्री सामाजिक सञ्जालमा आउथ्यों। म बुझ्थ्यें, उनीहरुलाई गलत जानकारी मिलेको हुनसक्छ र बिरामीलाई पीडा दिने अर्थात् मलाई पीडा दिने उनीहरुको मनसाय नहुनसक्छ।
    त्यही दिन (२३ मार्च) स्वास्थ मन्त्रालयले विशेषगरी मेरो संक्रमणको घटना र त्यसपछिको लकडाउनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्‍यो। म आफ्नो खाटमा बसेर छक्क परिरहेको थिए, कसरी आफ्नो कोठामा सेल्फ क्वारेन्टाइ बसिरहेको म आफ्नो पुरै देशलाई लकडाउन गर्ने कारक बनेँ।

    हो, देशव्यापी लकडाउन गर्ने सरकारी निर्णयका लागि म धेरै कारणले जिम्मेवार थिएँ। त्यस समय मैले यही कामना गरें कि यस्तो अवस्थामा अरु नै कोही होस्। तर यर्थाथ यही थियो, त्यो ठाउँमा म थिएँ।

    यीसबै यातनाका बाबजुद म पहिले, अहिले र जहिले पनि मेरो भावनालाई उच्च राखिदिएकोमा मेरा नर्सहरुप्रति कृतज्ञ छु।
    २४ मार्चमा ड्युटीमा रहेकी एक नर्सले मलाई बोलाइन्, उनी मसँग यो सन्देश साट्न चाहन्थ्यिंन् कि उनका एक फेसबुक साथीले आफ्नो पूरै गाउँसँगै मेरा लागि प्रार्थना गर्दैछन्। जब म भर्ना भएकै अस्पतालमा ती नर्सले काम गर्छिन् भन्ने ती व्यक्तिले थाहा पाए, त्यसपछि नर्सलाई म समक्ष सन्देश पुर्याइदिन आग्रह गरे। यस्ता साना संकेतहरुले आगामी दिन सातासम्म मेरो मनोबल बढाइरह्यो।
    चेकजाँचका क्रममा नर्सहरुले सधैं मलाई कस्तो भइरहेको छ भनेर सोध्थे, आवश्यक नपरकोे बेलामा पनि। मेरा डाक्टरहरुले पनि यस्तै असिम दया मप्रति देखाएका छन्, उनीहरुले सबै कुरा ठीक हुन्छ भने मलाई निरन्तर आश्वस्त गराइरहे। यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु। मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु।
    मसँगै फ्लाइटमा आएका अधिकांश मानिसलाई कन्ट्याक-ट्रेस गरिसकिएको छ र उनीहरुमध्ये कोहीमा मबाट संक्रमण सरेको रहेनछ। मेरो घरका पनि सबैमा परीक्षण रिपोर्ट ‘नेगेटिभ’ नै आयो। सेल्फ-क्वारेन्टाइनको सतर्कता र विवेकसम्मत निर्णयकै कारण यस्तो भएको हो। लाम पनि पूर्ण रुपमा निको भइसकेका छन् र उनको स्वास्थ अवस्था ठीक छ।

    मलाई थाहा छ धेरै कुराहरु यस लेखमा भन्न सकिएको छैन। अस्पतालको तयारी सन्तोषजनक छ वा छैन, म र मेरा चिकित्सकबीच कस्तो संवाद हुन्थ्यों, कस्ता औषधी मलाई उपलब्ध गराइयो लगायत। मैले सेल्फ क्वारेन्टाइन र निको हुने प्रक्रियामा कस्तो नियम पालना गरेँ भन्ने विषयमा पनि लेखेको छैन।

    यद्यपी, म सधैं आफ्ना यी सबै अवस्थाबारे खुला रुपमा कुरा राख्न सधैं तयार हुनेछ र भविष्यमा यी विभिन्न पक्षबारे लेख्न पनि सक्नेछु। अन्ततः मेरो परिवार, डाक्टर, नर्स र मेरा साथीभाईका कारण आज मेरो मानसिक तथा शारीरिक अवस्था पूर्ण रुपमा ठिक छ। ती सबै जो मेरो अवस्थाबारे जानकार हुनुहुन्थ्यो र सधैं मलाई साथ दिइरहनुभयो, म तपाईंहरुले विगत तीन सातामा मेरा लागि जे गर्नुभयो, यसका लागि कृतज्ञ छु।
    मैले यस प्रक्रियाका दौरान महसुस गरेको कुरा हामीले भाइरसबाट पर्ने मानसिक असरलाई बेवास्ता गर्छौं।

    स्वासप्रश्वाममा कमीजस्ता लक्षणले जसरी मानिसको भय र चिन्ता बढाइदिन्छ, त्यसरी नै आम मानिसले देखाउने घृणा र बेवास्ताले पनि कमजोर बनाउँछ।

    कोभिड–१९ घिन मान्नुपर्ने कुरा होइन र यो कुनै पनि व्यक्तिमा, कुनै पनि समयमा देखिनसक्छ। यो हामी सबैले बुझ्नुपर्ने कुरा हो। कसैले मजस्तै अवस्थामा आफुलाई पाउनु भएको छ भने त्यस्ता व्यक्तिलाई सधैं साथ दिन, उहाँहरुसँग कुराकानी गर्न (उहाँहरुले चाहेमा) चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु।-प्रसिद्धि श्रेष्ठ