• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कोरोना कहरले उबजाको स्वास्थ्यका अबसरहरु : संरचना निर्माण देखि सेवा सुदृढिकरण सम्म /

Public Health Concern by Public Health Concern
May 17, 2020
in स्वास्थ्यकर्मीको कलम
0
कोरोना कहरले उबजाको स्वास्थ्यका अबसरहरु : संरचना निर्माण देखि सेवा सुदृढिकरण सम्म /

अहिले विश्व नै COVID 19 को महाविपती सङ जुधी रहेको छ र यो अवस्था सम्म आइ पुग्दा  विभिन्न र भोगाइ र सिकाइ विश्व लाई जस्तै हाम्रो देश नेपाल लाई पनि महामारी सङ जुद्दै जादा भएको छ  भएको छ ।

यति मात्रै नभै चाहे त्यो देश संघीयताको अभ्यास र कार्यान्वयन गर्दा गर्दै र संघीयता पछि देशमा स्वास्थ्य संरचना  बारे समिक्षात्मक बहस हुदै गर्दा होस या देशमा केही महिना अघिसम्म कोरोना महामारी आउनु भन्दा अघि  महामारी को रुप लिएको  डेङु,स्क्रब टाइफस हुँदै विस्वव्यापी महामारी pandemic को रुप लिएको covid-19 सङ देशलाई बचाउन रोकथाम र व्यवस्थापन को लडाइँ गर्दा होस नेपाल् लगायत विस्वभरी नै नया छ्लफल र बहस भै रहेका छ्न /

स्वास्थ सरचना ,प्रविधि ,जनशक्ति ,दरबन्दी निर्माण र परिपुर्ति आदि सबै कुराहरू बारे पनि चिन्ता र चासोका विसय बनेका छ्न सबै सरोकारवालाहरुको नेपालमा  ।    विश्वका धेरै मुलुकहरुमा पनि कोरोना महामारीको भोगाइ र अनुभव  पछि आ-आफ्नो हेल्थ सिस्टम लाई Re-strengthen कसरी गर्ने,वर्तमान कै पद्दतिले हामी भविस्यमा आउने चुनौती ,महामारी सङ लडन सक्ने कि नसकने,अहिलकै तयारीले दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ कि सकिन्न भनेर र पुर्नबहस का शृङ्खलाको सुरुवात र उजागर  हुँदैछ्न।

 

यी सबै कुराहरू एकदमै सकारात्मक र स्वागतयोग्य कदम पनि हुन र हाम्रो देशमा पनि यस्तै प्रभावकारी नीति , योजना र कार्यक्रम बनिनु र कार्यन्व्यन हुनु दुइमत नै छैन । यसरी विस्वभरिका जनस्वास्थ्य विज्ञहरुले आ-आफ्नो देशको स्वास्थ प्रणाली बारे पुनःछ्लफल ,समिक्षा गर्नु पर्ने आवश्यक योजना ,तयारी र परिवर्तन बारेका बहस गदै विभिन्न सुझाव पेश गरेका छन। नेपालको सन्दर्भ मा पनि  सरकारले बनाउने नया नीति तथा कार्यक्रम  स्वास्थ प्रणाली होस या  विभिन्न महामारी लगायत अहिलेको covid 19  संग जुद्दाको विषय र देखिएका चुनौती वारे होस, स्वास्थ क्षेत्रका जानिकारहरु जो चिकित्सा ,जनस्वास्थय लगायत क्षेत्रहरु र्राष्ट्रिय तथा  अन्तरास्ट्रिय ,सरकारी तथा गैरसरकारी लगायत विभिन्न  क्षेत्रहरुमा कार्यरत  विभिन्न स्वास्थ्य पेशाकर्मी जो मुलुकको हेल्थ सिस्टम प्रती चीन्तित छ्न र आ आफ्नो अनुभव , ज्ञान र सिपको आधारमा  राय सुझाव र मार्गदर्शन पश्की रहेका छ्न।

 

अहिलेको कोरोना विपत्ति पछि त स्वास्थ्य क्षेत्रमा आबद्ध पेशाकर्मी मात्रै नभएर गैर स्वास्थ संग आबद्ध विभिन्न पेशाविद लगायत देशका नीतिनिर्माता र योजना बिद अनि राजनैतिक नेतृत्व को पनि चासो र प्रार्थमिकता अनि छ्लफल को विसय बनेको छ जनस्वास्थ्य क्षेत्र र मुलुकको स्वास्थ्य प्रणाली ।

 

अहिले स्वास्थ्यमा लगानी वृद्धि  विश्व स्वास्थ संघको मान्यता अनुरुप कुल बजेटको कम्तिमा पनि  १०%  पुर्याउनु पर्ने ,स्वास्थका नीति तथा कार्यक्रमको उपलब्धि ,औचित्य र हासिल गरिएका  प्रगतिको सुनिस्चितता बारे,स्वास्थ नीति २०७६ कार्यन्वयन ,स्वास्थ्य सरचना  बारे पुनविचार , समिक्षा र पर्याप्त जनशक्ति व्यवस्था बारे विभिन्न छ्लफल हुदैछ्न । अहिले स्वास्थ सरचना विकासका कुरा ,लागानी वृद्धिका कुरा ,स्वास्थ्यमा हासिल गरेका उपलब्धिलाई यथावत राख्न गर्नुपर्ने त्यारी  बारे, स्वा संस्था स्थापना, जनशक्ति ,स्वास्थ्य उपकरण , logistic supply बारे मथी भनिए जस्तै अहिले अझै झन व्यापक छलफल भएको देखिन्छ ।जुन एकदमै स्वागतयोग्य र सुखद सुरुवात पनि हो/

 

कम्तीमा पनि हिजो उपेक्षा गरिएका क्षेत्रमा स्वास्थ देखि गैर स्वास्थ्य क्षेत्रका सबै पेशाकर्मि र विज्ञले प्राथमिकता दिएर छ्लफल गरदैछ्न। अब स्वास्थ्यमा वैज्ञानिक लगानीको र परिवर्तनको छ्लफल चलेको छ। कतिपयले ले यो महामारीले दिएको चुनौती एउटा् अवसर पनि भएर आएको छ हाम्रो स्वास्थ्य प्रणाली लाई समयको माग र भविष्यमा आउन सक्ने महामारी सङ लडन सक्ने ,चुनौतीका बिचमा पनि स्वास्थ्य सूचकांकमा प्रगति गर्न सक्ने क्षमता राख्ने गरि सुदृढ र विकसित गर्ने भनेर।

यसरी मुलुक भरी स्वास्थ्य प्रणाली लाई सुधार ,रुपान्तरण र विकसित तुल्याउन बहस र तयारी हुनु एउटा सुखद अवसर पनि हो । यहि बेला हो सम्पुर्ण उर्जा स्वास्थ्य प्रणाली लाई सकारात्मक परिवर्तनको बाटोमा लिएर जाने,स्वास्थ क्षेत्रका विकृति र विसङ्तिको अन्तय गर्ने र देशको स्वास्थ प्रणाली लाई अझै प्रभावकारी ,गतिशील र प्रगतिशील बनाउदै लैजाने ।

हुन पनि हो

यतिमात्रै कुराहरूको छ्लफल गरेर र कार्यक्रम ल्याए मात्रै हाम्रो हेल्थ सिस्टमा सोचे  जस्तो प्रगति र विकास हुदैन । केही  कुरा समेटिन र प्राथमिकता दिन पर्ने ,केही गम्भीर भएर बहस गनि पर्ने मुद्दाहरु बाकी नै रहेको छ्न ।अझै त्यस्ता कारणहरु छ्न, जुन हाम्रो देशको स्वास्थ्य प्रणाली लाई विफल तुल्याइ रहेका छ्न/

विगतमा  स्वास्थ्यकर्मी एकभएर साझा योगदानको रूपमा  हासिल गरेका स्वास्थ्य उपलब्धि मातृ मृत्युदर,बाल मृत्युुदर, शिशु मृत्यु दर उल्लेखनीय रूपमा घताउदै,पोषण अवस्थामा प्रगति गर्दै पोलियो उन्मुलन ,क्षयरोग ,पोलियो ,दादुरा लगायत का थुप्रै सन्क्रामक रोगहरुको न्यूनीकरण तथा रोकथाममा लगायत विभिन्न महामारी सङ उच्च मनोबलका साथ विभिन्न जटिल परिस्थिति  मुलुक मा  शस्त्र  द्वन्द्व  भएर अशान्त हुदा होस  या सिमित स्रोत साधनमा पनि जितेर  पनि उल्लेखनिय प्रगति हासिल गरेको कारण नेपाल जनस्वास्थ्यको क्षेत्रमा मा दक्षिण एसियामा नै राम्रो सफलता हासिल गर्न  सफल मानिएको विभिन्न तथ्यांकले प्रष्ट गर्छ।

तर अहिले स्वास्थ्यकर्मीमा एकता हैन विभाजित मानसिकता  छ ,स्वास्थ्यकर्मी निराश छ्न राज्यले उपेक्षा बाट । स्वास्थ्यकर्मी  बिचमा पेशागत एकता भन्दा पनि कहिले  चिकित्सक र जनस्वास्थ्य ,कहिले स्वास्थ शिक्षा र जनस्वास्थ्य  समूह ,कहिले पारामेडिकस र नर्सिङ त कहिले हेल्थ असिस्टेन्ट र सिअहेव त कहिले ऐलोपेथी र आयुर्वेद लगायत फरक फरक कित्तामा उभिएर एक अर्को बिच आरोप प्रत्यारोपण ,कहिले कनिष्ठ र वरिष्ठ त कहिले क्षमता र योग्यता बारे एक अर्कोलाई नकारात्मक तरिकाले तुलना गरेर बहस गरेर एक ले अर्को को खेदो खन्ने , मानमर्दन गने ,एउटाले अर्काको अस्तित्व नै देख्न नचाहने कहिले शीत युद्द त कहिले उग्र युद्ध हुने भै रहेकोे छ।

कुरा गत विगत देखि वर्तमान सम्मका घटनाहरु एक अर्का विरुद्ध आन्दोलन र अदालतमा दर्ता हुने गरिएका  मुद्दाहरुले प्रष्ट नै छ। कतिमा एक समुहले अर्को समुहलाई आफ्नो परम्परागत शत्रु ठान्दै शकेसम्म प्रतिशोध लिन तम्तयार नै हुन्छ्न।यस्तो भावना स्वास्थ्यकर्मी बिच हुनु चिन्ताजनक विशय हो कि हैन?यी त  स्वास्थ्यकर्मी का विभिन्न  पद ,समूह ,उपसमुह बिच भएका आपसी विभाजित र द्वन्द्वका  समस्याहरु छ्न भने  अर्कोतिर यो देशमा नै केही गर्छौ आफुले आर्जन गरेको सीप आफ्नै देशको जनताको सेवाको लागि खर्चिने भनेर विश्व का अरु देशमा पाइन सक्ने आकर्षक सेवा सुविधा लाई नहेरी  कति चिकित्सकहरु विदेश म नै आकर्षक तलब र सेवा सुविधामा गरि रहेका हुदा पनि केही  आफ्नै देशमा लगानीको दाजोमा एकदमै न्यून सेवा र तलब काम गरि रहेका  छ्न ।

तर  राज्यले पछिल्लो समय उनीहरुलाई योगदानको कदर गर्नु भन्दा पनि झन चिकित्सकिय पेशा को सवेदन्शिलता नबुझी अरु  प्रशासन सेवा का कर्मचारीलाई जस्तो गरि सबैलाइ एउटा बास्केटमा राखेर सबै लाई उस्तै बुझेर गरेका अवैज्ञानिक  समायोजन निति तथा निर्णयले आफुलाइ अन्याय भएको भनेर सरकार समक्ष बारम्बार आफ्ना मुद्दा राख्दा नसुनिदा आफू लाई उपेक्षा गरिएको महसुल गरि राछन।स्वास्थ सेवा दिनै क्र्ममा हुने आक्रमण का घटनाले आफू असुरक्षित भएको त कहिले मुलुक मा आएको नया मुलुकि ऐनमा  भएको कानुनी व्यवस्थामा  आफुलाइ काम गर्न व्यवहारिक नभएको भनेर पनि काम गर्न अप्ठ्यारो भएको जनाउदै कानुनी व्यवस्था सहज बनाउन निरन्तर दबाब र संघर्श पनि गरे र कहिले विभिन्न , सेवा सुविधा लगायत का विसयले पनि  आफू लाई न्याय नगरेको ,सम्बोधन नगरेको भनी उनिहरु पनि निरास भएर पलायनको मानसिकता मा पुगि सकेका छन ।

अर्को प्रत्येक वर्ष ठुलो संख्या मा उत्पादन हुने नर्सिङ जनशक्ति पनि आफुलाइ न्यून तलब ,न्युन सेवा सुविधा र सरकारि सेवामा थोरै जनशक्ति माग हुने हुदा ठुलो संख्या मा विदेश पलायन भै रहेका छन ।यसरी सरकारका निति तथा कार्यक्रम ले दक्षजनशक्ति लाई आफ्नो देशमा सेवा गर्न आर्कशन गर्न नसकेको कारण नै ठुलो मात्रा दक्ष जनशक्ति बाह्रय पलायन भएर देशभरी brain drain जस्तो  चिन्ताजनक अवस्था देशमा देखिन थालेको छ। चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी मा आपसी द्वन्द मात्रै नभै राज्य बाट कहिले अव्यवस्थित समायोजन ,अहिलेसम्म स्वास्थ्य समायोजन को टुंगोमा नपुगेको ,समायोजन हुदा अरु कर्मचारी सरह एक तह बढुवा नदिएर उपेक्षा गरेको त ,लामो समय सम्म स्वास्थ्य सेवा ऐन र पुर्व सेवा सर्त अनुसार लामो समय देखि नहुदा आफू विभिन्न सेवा र अवसर बाट बन्चित भै आश्वासन का पोकाहरु मात्रै पाउदा आफू हरुलाइ भएको धोका भएको गुनासो गरिरहेका छ्न। यसरी विभिन्न उदाहरण पर्याप्त छ्न यो भन्न कि यो देशका अधिकान्स स्वास्थ्यकर्मी को  मनोबल गिरेको छ ,पेशागत वितृष्णा जागेको र नकारात्मक मनोबैज्ञानिक असर पुगेको देखिन्छ ।

यसरि देखिने कहिले  स्वास्थ कर्मी बिचको यस्तो द्वन्द्वले , त कहिले राज्यले गरेको स्वास्थ्यकर्मी लाई अवमूल्यन र उपेक्षा ले हामिले खोजेको दीगो विकास लक्ष्य ,विगत उपलब्धि को सस्थागत गर्न सकिन्छ ?यहि अवस्था मा खोजेको र हामिले राखेको स्वास्थका लक्ष्य हासिल  गरेर देशलाइ  स्वास्थ मा प्रगति हासिल गर्दै  समृद्धिको बाटो मा अघि डोराउन सकिन्छ ?यस्तै अवस्था रहे यस्तै विभाजित मानसिकता र गिरेका मनोबल  का स्वास्थ्यकर्मी रुपि सिपाहीले के आउने स्वास्थ्य विपती ,महामारी सङ एक भएर लडाइँ गरि विजय र सफलता हासिल गर्न सक्लान् त?यस्तै अनेकौं अनेक प्रस्नहरु मनमा उठछन। यी अवस्था आउनु का कारण को हुन अनि भन्न मन लाग्छ यो अवस्था आउन को पछाडि हामी सबै स्वास्थ्यकर्मी र  राज्यको नेतृत्व र नीतिनिर्माता सबै धेरथोर जिम्मेवार नै छौ र हामी सबैले आत्म समिक्षा र आत्म आलोचना गर्न जरुरी छ।हाम्रा मानसिकता र सोच बदलिनु जरुरी छ।

अब हामि  स्वास्थ्यकर्मीहरु बिचमा पनि आफ्नो पद र तह भन्दा सेवा र योगदान र पेशागत इमानदारी ले मात्रै हामीले लक्ष्य हासिल गर्न सकिन्छ  भनेर सबै कुरा तिक्तता त्याग  गर्न जरुरी छ ।एकले अर्कोलाई सकेसम्म सासन गर्ने साशके प्रविती भन्दा हामी जुन सुकै पद र तहका भए पनि मुलत स्वास्थ्यकर्मी  नै हौ र सेवा नै हाम्रो प्रमुख कर्तव्य भएकोले एक अर्का बिच सहअस्तित्व ,समन्वय र सहकार्य को निति र विचार  बाट मात्रै समस्या समाधान हुन्छ भने कुरा सम्पूर्ण ले आत्मसात गर्न जरुरी छ।स्वास्थ्यकर्मी भनेर चिनिने र सेवा वाफत पाइने सम्मान र प्रोत्साहन भन्दा ठुलो पद हैन भनेर सोच्न जरुरी छ। स्वास्थ्य का नेतृत्वले स्वास्थ्यकर्मी को पद ,तह र समूह,उपसमुहका आपसी द्वन्द्व र अन्योलता लाइ समाधान गर्ने स्पष्ट रूपमा सबैलाइ न्याय गर्ने गरि अगाडि बढन पर्छ र   स्वास्थ्यका नीतिनिर्माताहरुले पनि यो कुरा गम्भीर भएर बुझेर यसरी विभाजन त कहिले आपसी युद्ध ,कहिले हतास अनि पराजित मानसिकता बोकेका स्वास्थ्यकर्मी हुदा जति सुकै निति तथा कार्यक्रम ल्याए पनि स्वास्थ मा खोजेको लक्ष्य हासिल गर्न सकिन्न।अब कसरी हुन्छ स्वास्थकर्मी बिच मा पद ,समूह ,उपसमूह र तहको  अहकार र त्यही पद ,समूह र तहकै कारण अन्याय भएको अपमानित भएको मह्सुस नहोस भनेर सबैलाइ न्याय हुने नया निति ,रणनीति तथा  व्यवस्था ल्याउनु पर्छ।

साथ साथै राज्य ले अब स्वास्थ्यकर्मी जो शक्तिको नजिक छ , उनीहरुलाई मात्रै सुगममा बसाउने र  उसलाई मात्रै अवसर र प्रोत्साहन  दिने र पहुँच नभएका स्वास्थ्यकर्मी लाई मात्रै अवसर बाट  ,वृतिविकास बाट बन्चित गर्ने ,उनिहरुलाइ मात्रै सधैं भरी दुर्गम मा पेल्ने प्रथाको अन्त्य गरिनु पर्छ।उहीँ पद र योग्यता का स्वास्थ्यकर्मी मध्ये जो शक्तिको नजिक छ्न र  जस्को पहुँच बढी छ उनीहरुले पाउने अवसर को दाजोमा दुर्गममा काम गर्ने पहुँच नभएका समान पद र तहका कर्मचारी बिच जमीन आसमान बराबर को  फरक छ। दुर्गममा काम गर्ने पहुँच नभएका स्वास्थ्यकर्मी सधैं उपेक्षित नै भै रहेका छ्न।उहीँ पद र तहको कर्मचारीको  बिचमा यहि पनि यहि  अवसर र विभेदको कारणले पनि  सामाजिक आर्थिक हैसियत को  ठुलो खाल्डो देखिन्छ ।अनि यस्तै  विभेद ले कर्मचारी बिच अन्याय र वितृष्णा को पराजित मानसिकता देखिन्छ ।

अब पहुँच र शक्ति भन्दा पनि स्वास्थ्यकर्मी को सेवा , इमानदारी ,कार्य मुल्यांकन सम्पादन र दुर्गममा मा सेवा गर्ने स्वास्थ्यकर्मीलाइ विशेष प्रोत्साहन गर्ने ,सम्मान गर्ने ,वृतिविकासको अवसर प्रदान गर्ने स्पष्ट निति तथा कार्यक्रम ल्याउन जरुरी छ ताकी  भोलि सेवा प्रती इमान्दारी र योगदान का आधारमा सन्तुष्टि गर्न सकुन स्वास्थ्यकर्मी ले।अहिलेसम्म जस्ले सुगम भन्दा दुरदराजको दुर्गम ठाउ मा सेवारत स्वास्थ्यकर्मी छ्न उनिहरु लाई दुर्गम भत्ता लाई अपवाद को रुपमा लिने हो भने अन्य अवसर र प्रोत्साहन को विसय मा उपेक्षा गरिएको छ ।

त्यसैले पनि अब शक्ति र पहुँच भन्दा पनि योगदान को उचित सम्मान गरिने गरि  सिङ्गो स्वास्थ्यकर्मी लाई समान र समतामूलक रूपमा व्यवहार र न्याय गरिनु पर्छ। किनभने अहिले  बहुसंख्यक स्वास्थ्यकर्मी लाई राज्य ले गरेको हेपाहा व्यवहारले सधै निराश बनाएको छ कहिले वृतिविकास का ढोका बन्द गरेर, कहिले सेवा सर्त अनुसार र  स्वास्थ ऐन मा भएका व्यवस्था बमोजिम  गरिनु पर्ने स्तरवृद्दि समयमै गर्न नसकी आफू लाई धोका भएको महसुस गरिरहेका छ्न र कर्मचारी समायोजन गर्दा पनि स्वास्थ्यकर्मी समायोजन प्रशासनकै कर्मचारी जस्तो गर्दा समस्या समाधान भन्दा पनि समायोजन टुंगोमा पुर्याउन गाह्रो भएको ले बहुसंख्यक स्वास्थ्यकर्मी अन्योलता सृजना भएको छ यस्ता समस्या लाई स्वास्थ्य  मन्त्रालयको नेतृत्व तथा निति निर्माताहरुले समाधान गर्न जरुरी छ र अहिले देशको बहुसंख्यक स्वास्थ्यकर्मी को मनोबल गिरेको छ ,बहुसंख्यक स्वास्थ्यकर्मी मा पेशा प्रती वितृष्णा बढी रहेको छ /

यहि कारण कतिपय पेशा बाट नै पलायन हुने र अन्य पेशा मा रोज्ने मानसिकता उत्पन्न हुन थालेकोले पनि अब गम्भीर भएर मन्त्रालयको नेतृत्वले  र स्वास्थ्य कर्मी पनि देशको सेना जस्तै हुन जस्ले एक भएर स्वास्थ्य का महाविपती ,महामारी ,सक्रामक रोग,लगायत सिङो मानव समुदायको स्वास्थ्य रक्षा र प्रवर्द्धन को युद्द,विभिन्न चुनौती विरुद्ध को युद्ध लडन पर्ने हुन्छ र युद्द जित्न विभाजित मन र मानसिकता ,आपसी द्वन्द्व र द्वेष ,निराशा ,पेशागत वितृष्णा र खसकिएको मनोबल बाट  असम्भव हुन्छ भन्ने कुरा पनि बुझ्न् जरुरी छ  साथै स्वाथ्यकर्मी र स्वास्थ्य को नेतृत्व ,नीतिनिर्माता र देशको हेल्थ सिस्टम हाक्ने  सुप्रीम कमान्डरहरुले आफ्ना स्वास्थ्यकर्मी रुपि सिपाहीलाई उच्च मनोबल का साथ प्रोत्साहन दिएर  आपसी पेशागत  एकता ,सद्भाव  र दायित्व र सेवा प्रति  समर्पण सहितको उर्जा बाट देश लाई स्वास्थ्य बनाइ समृद्धि को बाटोमा दिशानिर्देश गर्न इमानदारी र प्रभावकारि रूपमा स्पष्ट नीति कार्यक्रम ,योजना तथा रणनीतिका साथ अगाडि बढन जरुरी छ।

लेखक : केवल सिह भुल, टीकापुर नगरपालिका कैलालीको धनसिहपुर स्वास्थ चौकिमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ /

 

Tags: अबसरकोरोनासंरचना निर्माणसेवा सुदृढिकरण
Previous Post

Lectures Slides Of COVID-19(Corona Virus)-By MoHP Nepal

Next Post

कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /

Next Post
कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /

कपिलवस्तुका क्वारेन्टाइन : त्रिपालको टहरो, न पानि छेक्छ न न्युनतम मापदण्डकै छन /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In