कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीका लागि २५ लाखसम्मको नि:शुल्क बीमा !

  • काठमाडौँ — नेपाल सरकारका प्रवक्ता तथा मन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य स्वयंसेविका तथा स्वायंसेवक, स्वास्थ्य प्राविधि र सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई निःशुल्क बीमा गरिदिने जानकारी दिनुभएकोछ ।

    सरकारले अत्यावश्यक सेवामा कार्यरतका लागि २५ लाखसम्मको नि:शुल्क बीमा गरिदिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)  को संक्रमणका बेला अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिको बीमा गरिदिने घोषणा गरेको हो ।

    उल्लेखित बीमाको रकम २५ लाख रुपैयाँसम्मको हुने बताईएको छ । त्यस्तै ती सेवा प्रदान गर्ने क्रममा कुनै दुर्घटना भए क्षतिपूर्ति दिने पनि घोषणा गरेको छ।