• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Sunday, January 17, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कोरोना भाइरसबाट जोगिन कस्तो खानपिन गर्ने ? WHO का पाँच टिप्स /

Public Health Concern by Public Health Concern
May 10, 2020
in मेरो स्वास्थ्य : मेरो सरोकार, स्वास्थ्य अभियान, स्वास्थ्य टिप्स
0
कोरोना भाइरसबाट जोगिन कस्तो खानपिन गर्ने ? WHO का पाँच टिप्स /
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।

मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो ।

अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ ? भन्ने कुराले चिन्तित बनेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।

१. सधैं स्वच्छ रहनुहोस्

– खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।

– शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।

– भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।

– भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।

यो किन आवश्यक छ ?

धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् । तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् ।

खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ ।

२. काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्

– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।

– काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।

– काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् ।

यो किन आवश्यक छ ?

काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।

३. खानेकुरा राम्रोसँग पकाउनुहोस्

– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

– सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।

– पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

यो किन आवश्यक छ ?

राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।

४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्

– पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।

–तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।

– जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।

यो किन आवश्यक छ ?

पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।

५. सफा पानी र स्वच्छ भोजन सामग्री

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।

– सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।

– फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।

– म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।

यो किन आवश्यक छ ?

पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् ।

स्रोत : बीबीसी

Tags: कोभिड-१९कोरोना भईरसस्वास्थ्य खानपिन
Previous Post

स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि बार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन २०७५

Next Post

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७

Next Post
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In