कोरोना भाईरसका बारेमा स्वास्थ्यकर्मीले जथाभावी बोले कार्वाही हुने !लाईसेन समेत खारेज गरिने /

  • स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड – १९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई सचेत गराएको छ ।
    मन्त्रालयले कोभिड – १९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्ने गरी गतिविधिमा लागेको पाइए भविस्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्स समेत खारेज हुने स्पष्ट पारेको छ ।
    हालैका दिनमा कतिपय चिकित्सकहरुले कोभिड १९ को उपचार तथा जाँच पड्तालको प्रक्रियाका बारेमा जनतालाई भ्रम सिर्जना गर्ने खालका अभिव्यक्ति दिएका थिए । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमै जान खतरा भएको भन्दै अन्य स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने गतिविधिहरु गरेका थिए ।
    स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा विहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन समेत आग्रह गरेको छ ।

    नेपालि हेल्थ