कोरोना भाईरस संबंधित बिशेष जानकारी ! (परिचय, लक्षण, सर्ने तरिका , बच्ने उपाय आदि समेटीएको)


के हो त कोरोना भाइरस ?
कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम(MERS) र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता(SARS) गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।
सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।
काेराेना भाइरस संक्रमणका लक्षण:
– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
कसरी हुन्छ संक्रमण ?
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।
भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।
कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
याद गर्नुहोस ! उल्लेखित कुनै पनि लक्षण तथा चिन्ह देखिएमा नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा सम्पर्क गरि बेलैमा जटिलता बाट बचौ र बचाऔ !
आफुले अध्ययन गरेपछि : कृपया जनहीतका लागि शेयर गर्न नभुलौ !

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
