• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Saturday, January 16, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

कोरोना भाईरस सम्बन्धी महत्वपूर्ण जानकारी!बारम्बार सोधिने प्रश्नहरु र तिनका उत्तरहरु नेपाली भाषामा !

Public Health Concern by Public Health Concern
March 25, 2020
in जनस्वास्थ्य जानकारी, जनस्वास्थ्य बिशेष, जानी राखे राम्रो, महामारी, सर्ने रोगहरु, स्वास्थ्य समस्या
0
फैलिदै कोरोना भाइरसको सङ्क्रमण, दक्षिण कोरियामा पनि भेटियो भाइरस

कोरोना भाइरस ठूलो परिवारको भाइरस जसले मानिस तथा जनावरलाई क्षति गर्दछ। मान्छेमा यस अघि पनि कोरोना परिवारकै भाइरसहरूले Middle East Respiratory Syndrome (MERS) तथा Severe Acute Respiratory Syndrome (SARS) जस्ता रोगहरु लागेका थिए। हालै यसै परिवारको नयाँ भाइरस, जसलाई सार्स कोरोना भाइरस – २ भनिन्छ, विश्वव्यापी रुपमा फैलिएर मानिसहरूमा गम्भीर स्वास्थ समस्या सँगै ज्यान लिइरहेको छ, र यस नयाँ कोरोना भाइरसका कारण लाग्ने रोगलाई corona virus disease – 2019 (COVID-19) भनिन्छ।

हालै मानिसमा देखिएको सार्स कोरोना भाइरस – २ ले गर्दा लाग्ने रोगलाई कोरोना भाइरस डिजिज-2019 अर्थात COVID-19 भनिन्छ।

COVID-19का मुख्य लक्षणहरु ज्वरो आउनु, थकानको महशुस हुनु तथा सुख्खा खोकी लाग्नु हुन्। केही बिरामीमा जिउ दुखाइ, रुघा, घाँटी दुख्ने, पखाला लाग्ने, आदि समस्या पनि देखिन सक्छन्। कुनै मानिसमा भाइरस लागेमा पनि कुनै पनि लक्षण नदेखिन सक्छ र बिरामी नहुन सक्छन्। धेरै जसो (करिब ८०%) मानिसलाई कुनै विशेष उपचार विना नै भाइरसको संक्रमणबाट मुक्त हुन सक्छन्। COVID-19 लाग्ने ६ जना मध्ये १ मा गम्भीर स्वास्थ्य समस्या देखीई स्वास फेर्न गाह्रो हुन सक्छ। वृद्ध मानिसहरु तथा उच्च रक्तचाप, मुटुरोग, मुधुमेह, प्रतिरोधक क्षमता कम आदि रोग पहिलेदेखि लागेमा मानिसहरूमा COVID-19 ले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने सम्भावना धेरै हुन्छ। कसैलाई ज्वरो आएमा, सुख्खा खोकी लागेमा तथा स्वास फेर्न गाह्रो भएमा स्वास्थ्य उपचार गर्नु पर्दछ।

भाइरस लागेको एक मान्छेबाट अर्को मान्छेमा COVID-19 लाग्न सक्छ। COVID-19 लागेमा मानिसले स्वास फेर्दा, खोक्दा, हाच्छिउँ गर्दा उनीहरुको नाक तथा मुखबाट निस्कने साना थोपाबाट यो रोग अर्को मान्छेमा सर्दछ। यी थोपाहरू कुनै वस्तु वा सतहमा रहन्छन् र अर्को स्वस्थ मान्छेले ती वस्तु वा सतहमा छुँदा उनीहरुको हातमा भाइरस सर्दछ, र हात नाक, मुख वा आखाको सम्पर्कमा आएपछि भाइरस उक्त व्यक्तिको श्वासप्रश्वास प्रणालीमा प्रवेश गरी COVID-19 रोग लाग्दछ। त्यसैले, रोगी मानिसबाट १ मिटर (३ फिट)को दुरीमा बस्नु जरुरी हुन्छ।

हालसम्मको अध्ययनले श्वासप्रश्वासको माध्यमबाट निस्कने थोपाको सम्पर्कबाट रोग गर्ने देखिएको छ। COVID-19 को भाइरस हावामा तैरिएर फैलन नसक्ने हुँदा COVID-19 हावाबाट फैलिदैन। रोगीको श्वासप्रश्वासजन्य थोपाहरू करिव १ मिटरसम्म चाहिँ हावामा रहन सक्ने हुँदा रोगीबाट १ मिटरको दुरी कायम गर्नु पर्ने हुन्छ।

यो रोग सर्ने मुख्य माध्यम भनेको रोगीले खोक्दा, निस्कने थोपाहरू नै हो। त्यसैले, कुनै लक्षण नदेखिएको व्यक्तीबाट यो रोग सर्ने जोखिन निक्कै कम हुन्छ। यद्यपि CoVID-19 हुने धेरै जसो मानिसहरुमा हल्का लक्षणहरु मात्र देखिन्छन् । रोगको सुरुवाती चरममा हल्का लक्षण मात्र नै देखिने गर्दछ। भाइरस लागेर सामान्य लक्षण देखिएको वा नदेखिएको व्यक्तिले खोकेमा भने खोक्दा निस्केको थोपाहरू मार्फत अन्य मान्छेमा भाइरस सर्न सक्छ। त्यसैले यसले सबभन्दा बढी मार पार्ने परिवारका वृद्ध वृद्धा वा अन्य रोगको कारणले रोग प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिहरुबाट केही दूरी कायम गर्नुपर्छ ।

यो रोग रोगीको दिशा पिसाबबाट सर्ने जोखिम कम हुन्छ। केही सुरुवाती अनुसन्धानहरूले रोगीको दिशापिसाबमा भाइरस पाइएको देखाएको छ, तर COVID-19 को विश्वव्यापी महामारीको कारण भने यो होइन। किनकि केही जोखिम त छ नै, त्यसैले ट्वाइलेट/बाथरुम गएपछि तथा खाना खानुअघि साबुनपानीले राम्ररी हात धुनुपर्छ। यसो गर्दा COVID-19 मात्र होइन अन्य थुप्रै रोगहरुबाट पनि हामी सुरक्षित हुन सक्छौं।

सबै मानिसहरुका लागि सुरक्षाका उपायहरु:

  • नियमित रुपमा साबुनपानीले हात धुने तथा साबुनपानी नभएको अवस्थामा स्यानीटाइजर मार्फत हातलाई किटाणुमुक्त पार्ने। यसो गर्दा कुनै माध्यम मार्फत तपाईंको हातमा पुगेको भाइरस मर्दछ, र तपाईं सुरक्षित हुन सक्नुहुन्छ।
  • रुघाघोकी लागेको कुनै पनि मानिसबाट १ मिटरको दुरी कायम गर्ने। यसो गर्दा उक्त व्यक्तिले खोक्दा निस्कने थोपाहरू तपाईंको श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्ने सम्भावना कम हुन्छ।
  • आँखा, नाक तथा मुखमा हातले नछुने। हातमा यदी भाइरस पुगेको छ भने ती भाइरस तपाइले नाक,मुख वा आखामा छुँदा तपाइको श्वासप्रश्वास प्रणालीमा प्रवेस पाउन सक्दछ, त्यसैले हातले अनुहारलाई नछुने।
  • तपाईं तथा तपाईं वरिपरिका मानिसले श्वासप्रश्वास सम्बन्धी सरसफाइमा राम्रो ध्यान दिएको छन् भन्ने सुनिश्चितता गर्ने।
  • खोक्दा वा सिगन पुस्दा टिस्यु पेपर (कागजको रुमाल) वा दोब्राइएको कुहिनाको प्रयोग गर्ने। र प्रयोग गरिएको टिस्यु पेपर लाई तुरुन्तै फोहोरदानीमा हाल्ने। प्रयोग गरिएको टिस्यु पेपर जहाँ पायो त्यही फाल्दा पनि भाइरस फैलन सक्छ। यसो गर्दा COVID-19 मात्र होइन अन्य थुप्रै रोगलाई पनि फैलनबाट रोक्न सक्छौं।
  • सन्चो भएन भने घरमा नै बस्नुस्। यदि ज्वरो, खोकी तथा स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा भने उपचारको लागि चिकित्सकको सहायता लिनुपर्छ।
  • अत्यावश्यक कामको लागि बाहेक घरबाहिर नजानुहोस्।
  • यदि तपाइँ बृद्ध हुनुहुन्छ अथवा तपाइलाई मधुमेह, मुटु रोग तथा फोक्सो संबन्धी रोग छन् भने घर बाहिर निस्कन हुँदैन किनकी COVID-19ले सबै भन्दा धेरै तपाइँहरुलाई क्षती गर्न सक्छ।
  • TV , AC इत्यादि को रिमोट कन्ट्रोल कीटाणुनाशक ले पुछौ ।घर को मूल ढोकाको बिंड अथवा सबैले समाउने / छुने सतह हरु बारम्बार कीटाणुनाशक ले पुछौ।

  • माथि सामान्य मानिसलाई दिइएको सुरक्षा सावधानी तपाईंले पनि पालना गर्नेैपर्छ।
  • आफूलाई छुट्टै कोठामा राखी (Self-isolation) घरमा बस्नुहोस्।
  • यदि तपाईंलाई सामान्य लक्षण मात्र पनि देखिएको छ भने अन्य मान्छेको सम्पर्कमा आउँदा मास्क लगाउनुहोस्। ज्वरो आएमा, खोकी लागेमा तथा स्वास फेर्न गाह्रो भनेमा तुरुन्तै डाक्टरको सहायता लिनुहोस्।

भाइरस फैलिन कुनै एक जना भाइरस लागेको व्यक्तिको असुरक्षित व्यवहार र तपाईंको असावधानी काफी हुन्छ। त्यसैले, हामी सबै सचेत र सावधान हुनैपर्छ। तपाईंलाई रुघाखोकी लागेको छ भने पनि अन्य मान्छेको संपर्कमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुहोस्। साबुन-पानीले हात धुने तथा हातलाई अनुहारको संपर्कमा पुग्न नदिने जस्ता सुरक्षित व्यवहार अपनाउनुहोस्।

COVID-19 का कारण बालबालिका तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुमा सामान्यतया: साधारण स्वास्थ्य समस्या मात्र देखिन सक्छ। यद्यपि, रोग लागेका ५ जना मध्ये १ जनालाई अस्पतालकै उपचारको आवश्यकता पर्न सक्छ। त्यसैले, COVID-19 को महामारीका कारण धेरै मानिसहरुमा आफ्नो र आफ्ना प्रियजनहरुको चिन्ता स्वाभाविक रुपमा धेरै छ। हामीले हाम्रो चिन्ता र चासोलाई सही कार्यमा लगाएर आफु, आफ्ना प्रियजन तथा आफ्नो समुदायलाई सुरक्षित बनाउन सक्छौं। यसमा पहिलो र सबैभन्दा महत्वपुर्ण कार्य भनेको नियमित रुपमा साबुन पानीले राम्ररी हात धुनु र श्वासप्रश्वास सम्बन्धी स्वच्छतामा विशेष ध्यान दिनु नै हो। दोस्रो महत्वपूर्ण कार्य भनेको सरकारले दिने सल्लाह-सुझावहरु तथा घुमफिर, भेला, जमघट लगायत कुरामा लगाएको प्रतिबन्धहरुको कडाइका साथ पालना गर्नु हो।

COVID-2019ले मानिसहरूमा के-कस्ता समस्या देखिन्छन् भन्ने विषयमा अध्ययनहरू भइरहेका नै छन्। हाल सम्मको अध्ययनले वृद्धवृद्धा तथा यस पहिले देखि नै उच्च रक्तचाप, मुटु रोग, फोक्सो संबन्धी रोग, मधुमेह वा क्यान्सर लागेका लागेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या आउने जोखिम अरुलाई भन्दा ज्यादा हुन्छ।

छैन। एन्टिबायोटिक्सले भाइरसको लागि काम गर्दैन, यसले ब्याक्टेरियाको कारण हुने इन्फेक्सनमा मात्र काम गर्छ। COVID-19 भाइरसका कारण हुने हुँदा एन्टिबायोटिक्सले काम गर्दैन। एन्टिबायोटिक्सको प्रयोग चिकित्सकको निर्देशनमा ब्याक्टेरियाको कारण हुने संक्रमनको उपचारमा मात्र प्रयोग गर्नु पर्दछ।

केही परम्परागत घरेलु विधिले COVID-19का लक्षणहरुको निदानमा केही लाभ दिन सक्ने भए पनि हाल सम्मका औषधीहरुले यो रोगको रोकथाम वा उपचार गर्न सक्ने कुनै प्रमाण छैन । त्यसैले, चिकित्सकको परामर्श बिना कुनै पनि एन्टिबायोटिक्सलगायत औषधीको प्रयोग नगर्नुहोस्। यदि तपाईंलाई ज्वरो आएको छ भने ज्वरो कम गर्न प्यारासिटामोलको प्रयोग गर्न सक्नुहुन्छ। साथै, उमालिएको सफा पानी धेरै पिउनुहोस्।

हाल सम्म COVID-19 को कुनै खोप छैन। यस संबन्धमा विभिन्न अनुसन्धानहरु भइरहेका छन्। हालको लागि COVID-19 को उपचार भनेको लक्षण कम गर्ने उपायहरु नै हुन्। गम्भीर स्वास्थ्य समस्या देखिएमा बिरामीलाई अस्पतालमा नै सहयोगात्मक हेरचाह दिनु पर्दछ। सहयोगात्मक हेरचाहका कारण गम्भीर अवस्थामा पुगेका धेरै बिरामीको रोग निको भएर स्वस्थ भएका छन्।

अब गर्मीको महिनाहरु सुरु हुन् लागेको अवस्थामा औसत तापक्रम बढी रहने भएकोले भाइरसहरु सर्न सजिलो नहुने अनुमान छ तर पुन: किटान गरी भनेको छैन । यसबारे खोज जारी छ ।

यदि तपाइलाई COVID-19 को लक्षण (खासगरी खोकी लाग्ने) देखिएको छ भने वा तपाईले संभावित COVID-19 का विरामीको हेरचाह गरिरहनु भएको छ भने तपाईंले मास्क लगाउनै पर्छ। डिस्पोजेबल मेडिकल मास्कको प्रयोग एक पटक मात्र गर्न मिल्छ। साथ साथै हरेक पटक बिरामी नजिक गएपछि साबुनले हात धुनुपर्छ यदि तपाईंलाई कुनै लक्षण देखिएको छैन वा कुनै लक्षण देखिएको मान्छेको संपर्कमा हुनुहुन्न भने तपाईंले मास्क खेर फाल्दै हुनुहुन्छ। अहिले विश्वमा मास्कको अभाव छ, त्यसैले, मास्क प्रयोग गर्दा विचार पुर्याउनुहोला। आफुलाई बचाउने सबभन्दा बढी प्रभावकारी तरिका भनेको बारम्बार हात धुनु , खोक्दा आफनो कुहिनोले वा टिसु पेपरले मुख छोप्नु र खोकिरहेको तथा हाच्छियुँ गरिरहेको मानिस बाट कम्तीमा १ मिटर अथवा ३ फिटको दूरी बनाइराख्नु हो ।

हाच्छ्यु गर्दा वा खोक्दा हातले मुख छोप्दा त्यो हातमा आएको पानीका छिटा, जसमा भाइरस हुन सक्छ, त्यो अन्यत्रतिर सर्ने सम्भावना बढी हुन्छ किनकि हात धेरै कुरामा बढी प्रयोग हुन्छ, जस्तै केही समाउन, चलाउन। हाच्छियुँ गर्दा वा खोक्दा कुहिनोले छोप्दा आएको पानीका छिटा अरुतिर सर्ने सम्भावना कम हुन्छ किनकि कुहिनो अन्य कुराहरुलाई समाउन वा चलाउन कम प्रयोग हुन्छ। यसकारण कुहिनोले मुख छोप्नुमा सुरक्षित छ हातले भन्दा ।

नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन । तर हालको अवस्थामा अन्य मानिसहरूसँगै घरपालुवा जनावरहरूसँग समेत दुरी राख्नु उचित हुन्छ । घरपालुवा जनावर पनि संक्रमित नभइकन उनीहरुबाट हामी संक्रमित हुँदैनौँ ।

सन् २००३ मा देखिएको सार्स र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् ।

अरु संक्रमित मानिसको सम्पर्कमा आउँदा यो सर्छ । मुख्यगरी नाक, मुख, आँखा बाट निस्कने थोपामा यो भाइरस हुन्छ र यसैबाट हात मिलाउँदा, नजिक भएर कुरा गर्दा, जथाभावी थुक्दा, सिँगान पुछ्दा यो भाइरस अरु मानिसको शरीरमा पस्ने गर्दछ।

आफुलाई कोरोना भाइरस रोग लागेको शंका भएमा पहिला नजिकैको अस्पतालमा गएर डाक्टरसँग जचाउनुपर्छ । डाक्टरको सिफारिस बमोजिम त्यसपछिका काम कारवाहीहरु गर्नुपर्छ ।

आफूलाई रोग लागेको शंका लागेमा घरमै परिवारको अन्य सदस्यसँग पनि सम्पर्कमा नआइ छुट्टै बस्नुपर्छ । यसो गर्नाले भाइरस अरुमा सर्न पाउँदैन । आफ्नो शारीरिक स्थिति थप जटिल भयो भने नजिकैको अस्पतालमा उपचार गर्न जानुपर्छ ।

हालसम्म उपलब्ध तथ्यहरुको आधारमा अदुवा, लसुन, कागती लगायातका अन्य कुराले यो भाइरस मर्दैनन् । तर आफ्नो शरीरको रोगसँग लड्ने क्षमता बढाउने खानेकुराहरु सेवन गर्दा राम्रो हुन्छ ।

हाल यसको उपचार सरकारले नै गर्ने भएकोले पैसा लाग्दैन।

मुख्य गरी रोग सँग लड्ने क्षमता कम भएका मानिसहरुको शरीरमा लाग्छ । युवा अवस्था भएकालाई पनि यो रोग लागेको छ भने वृद्धवृद्धालाई यो रोग बढी लागेको देखिएको छ ।

प्लास्टिक : ७२ घण्टा
स्टेन्लेस स्टील : ४८ घण्टा
कार्ड बोर्ड: २४ घण्टा
तामा : ४ घण्टा
हावा: ३ घण्टा

नोट: माथि उल्लेखित समय पछि सुरुवात को 0.1% भाइरस जीवित रहन्छ ति सतहहरु मा । केहि दिन पछि बाकि रहेको भाइरस बाट पनि संक्रमण को सम्भावना थोरै भए पनि रही रहन्छ। (source: New England Journal of medicine

Tags: कोभिड१९कोरोना भाईरसकोरोना भाईरस भ्रम र यथार्थकोरोना भाईरस सम्बन्धि बारम्बार सोधिने प्रश्नहरु
Previous Post

स्वास्थ्यकर्मीका लागि नोवेल कोरोना भाइरस (COVID-19 )सम्बन्धि हाते पुस्तिका !

Next Post

EDCD ले तयार पारेको RRT/CRT Guideline २०७५ / गठन प्रक्रिया र TOR सहित /

Next Post
EDCD ले तयार पारेको RRT/CRT Guideline २०७५ / गठन प्रक्रिया र TOR सहित /

EDCD ले तयार पारेको RRT/CRT Guideline २०७५ / गठन प्रक्रिया र TOR सहित /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In