• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

घर क्वारेन्टाइनमा कसरी बस्ने/राख्ने ?क्वारेन्टाइन बस्दा पालना गर्नुपर्ने १५ नियम

Public Health Concern by Public Health Concern
March 16, 2020
in जनस्वास्थ्य समाचार, जानी राखे राम्रो, राष्ट्रिय, स्वास्थ्यमा चर्चा, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
घर क्वारेन्टाइनमा कसरी बस्ने/राख्ने ?क्वारेन्टाइन बस्दा पालना गर्नुपर्ने १५ नियम

काठमाण्डाै – सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ ।

कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो ।

विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरिन्छ । त्यहाँ ज्वरो देखियो भने सिधै अस्पताल पुर्याइन्छ। ज्वरो नदेखिएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ ।

होम क्वारेन्टाइनको लागि विमानस्थलमै एउटा फारम भनुपर्छ ।  फारममा  कहाँ बस्ने ? कसरी बस्ने ? एक्लै बस्ने कि साथीसँग बस्ने लगायतका सबै कुरा खुलाएर भर पर्नुपर्छ  । त्यसैको आधारमा सरकारी निकायले उनीहरुको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ? 

१. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने  ।  यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा  गर्ने  ।

३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।

५. स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने ।

६.  नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।

७. आफूले  प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।

८.  अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९. अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र  अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।

११.आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

१२ .स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने  र आवश्यक सहयोगको लागि सधैं तयार रहने  ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने  ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरूअनुरूप गर्ने ।

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई प्रमुख सागर दाहालसँगको कुराकानीमा आधारित)

श्रोत : उज्यालो अनलाइन

Tags: कोभिड-१९कोरोना भाईरसक्वारेन्टाइनहोम क्वारेन्टाइन
Previous Post

प्रदेश न १ का स्वास्थ्य कार्यालयहरु खारेज गरिने !सामाजिक बिकास कार्यालयको स्थापना हुने !

Next Post

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवक लाई १० लाख उपचार खर्च, ७५% सम्म जोखिम भत्ता दिईने !

Next Post
कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवक लाई १० लाख उपचार खर्च, ७५% सम्म जोखिम भत्ता दिईने !

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवक लाई १० लाख उपचार खर्च, ७५% सम्म जोखिम भत्ता दिईने !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In