चिकित्सक संघमा नयाँ नेतृत्व: अध्यक्षमा डा लोचन सहित २८ जना निर्बाचित

  • चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल चिकित्सक संघमा २८ औं कार्यकारिणी समिति निर्वाचित भएको छ। लोकतान्त्रिक समूहबाट उम्मेदवारी दिएका डा. लोचन कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
    दुई चरणमा भएको मतदानको गत शुक्रबारदेखि मतगणना सुरु भएको थियो। मंगलबार बिहान २ बजे सकिएको मतपरिणाअनुसार डा. कार्कीको नेतृत्व बिजयी भएको हो। नवनिर्वाचित अध्यक्ष डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याएका छन्।
    यो कार्यसमितिका सदस्यमध्ये सबैभन्दा धेरै डा. रितेश थापाले प्राप्त गरेका छन्। खसेको कूल ६ हजार १ सय ५१ मतमध्ये डा. थापाले ३ हजार ७ सय १७ मत ल्याएर सदस्यमा बिजयी भए। डा. थापा गैरसरकारी चिकित्सक संघका महासचिव पनि हुन्।
    सदस्यमा सबैभन्दा कम मत पेसागत तथा समावेशी समूहका डा. प्रवीणकुमार गिरीले ७ सय ४७ मत प्राप्त गरे । ६ सदस्य मध्ये ५ सदस्यमा लोकतान्त्रिक समूहबाट बिजयी भने पेसागत तथा समावेशी समूहबाट एक सदस्य बिजयी भएका छन्।
    डा. नन्दकुमारी गुरुङले ३ हजार ३ सय १६, डा.सञ्जीव तिवारी ३ हजार ४, डा. विपेश आचार्य २ हजार ८ सय ८० मत ल्याएर सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी, पेसागत तथा समावेशी समूहकका डा. लिजन महर्जनले सदस्यमा २ हजार ८ सय ७२ मत ल्याई पाचौँ स्थान हासिल गरेका छन्। डा. प्रमोद जोशी २ हजार ७ सय ९६ मत ल्याई सदस्यमा निर्वाचित भएका छन्।हेल्थपोस्ट नेपाल