जेष्ठता कायम भएको मिति देखिनै स्तर बृद्दी भएका स्वास्थ्यकर्मीहरुलाई तलव,भत्ता र ग्रेड दिन परिपत्र /
आधिकारिक पत्र सहित

संघियताको स्थापना संगै संघीय प्रणालीमा गएको स्वास्थ्य क्षेत्रमा बिगतका केहि बर्षमा नियमति हुनुपर्ने स्तर बृद्दी बीचमा कानुनि तथा अन्य कारणले अन्यौलतामा थियो / गत बर्ष बाट भने स्वास्थ्यकर्मीहरुको नियमित हुने स्तर बृदि स्वास्थ्य सेवा बिभागले नियामानुसार गर्दै आए पनि तोकिएकै समयमा हुनुपर्ने स्तर बृद्दी केहि समय ढिला गरि हुने गरेको छ /

नियामानुसार हेर्ने हो भने स्वास्थ्यकर्मीहरुको स्तर बृदि हुदा जेष्ठता कायम भएको दिन बाट नै कर्मचारीहरुले आफु स्तर बृद्दी भएको दिन देखिनै सोहि तहको तलव भत्ता र अन्य सेवा सुबिधाहरु पाउनुपर्ने हो /

हाल संघियता संगै स्ताहनिय सरकार, प्रदेश सरकार र संघीय सरकारमा समायोजन भएका स्वास्थ्यकर्मी कसैले आफु स्तर बृदि भई पदस्थापना भएको मिति देखि स्तर बृदि भएको तहको सेवा सुबिधा पाए भने अधिकांसले आफ्नो स्तर बृद्दी ढिला गरि स्वास्थ्य सेवा बिभागले गरेको र आफु सेवा सुबिधा बाट बन्चित भएको गुनासो गरेका छन् भने धेरै जसोले आफु जेष्ठता कायम भएको मिति देखि नै स्तर बृद्दी भएको तह अनुसारको सम्पूर्ण सेवा सुबिधाहरु पाउनुपर्ने भन्दै पटकपटक आफ्नो तालुक निकायमा निबेदन दिएको तथा गुनासो गरेको भए पनि सो बिषयमा सम्बन्धित निकायले बेवास्ता गरि आफु ठगिएको स्वास्थ्यकर्मीहरुको भनाई छ /

यस बिषयमा स्वास्थ्य मन्त्रालय देखि स्वास्थ्य सेवा बिभाग सम्म नै गुनासो पुगेपछि भने स्वास्थ्य सेवाले बिभाग स्तरीय निर्णय गर्दै देशै भरिका पालिका, प्रादेशिक तथा संघीय कार्यालयहरुमा एक परिपत्र गरेको छ र सो बिषय अब भन्ने स्वास्थ्यकर्मीले आफ्नो सेवा सुबिधा पाउने बाटो खुलेको छ /

पत्रमा भनिएको छ स्वास्थ्य सेवा बिभागको मिति २०७७/०७/२१ को निर्णय उल्लेख गर्दै बिभाग बाट बिभिन्न समयमा भएको स्वास्थ्यकर्मीहरुको स्तर बृदि हुदा जेष्ठता कायम हुने मिति देखिकै तलभ भत्ता र ग्रेड समायोजन गरि दिलाउनुहुन परिपत्र गरेको छ /

हेरौ पत्र :