जेष्ठ महिना बाट रोटा भाईरसको खोप सुरुवात गरिने !

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले आगामी जेठ महिनाबाट यो खोप शुरु गर्ने तयारी गरेको छ । फागुन र चैत महिनामा दादुरा र रुवेला विरुद्धको खोप सञ्चालन हुने भएपछि रोटाभाइरसको खोप जेठबाट सञ्चालन गर्ने तयारी भएको हो ।
रोटारिक्स नामक यो खोप १५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने गरिन्छ । खोप शाखा प्रमुख डा झलक शर्मा गौतम भन्छन्, ‘बालबालिकामा देखिने झाडा पखलाको मुख्य कारण रोटाभाइरस भएको पाइएको छ । यसले बालबालिकाको ज्यानै समेत लैजाने गरेको छ । यसलाई रोक्न सरकारले नियमित खोप कार्यक्रममा रोटाभाइरस विरुद्धको खोप पहिलो पटक शुरु गर्न लागेको हो । यसपटक १५महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिइदै छ ।’
गाभीको सहयोगमा दिइन लागिएको यो खोप भाइलमा आउँछ । खोप भनिएपनि बालबालिकालाई सिरिन्जबाट दिइने भने होइन । पोलियो थोपा जस्तै मुखबाट थोपा खुवाउने हो ।
यो खोप एक जना बच्चाका लागि ले पाउने दुई डोजका लागि ४.५८ डलर पर्ने खोप शाखा प्रमुख डा गौतमले बताए । यो खोप थपिएसंगै नियमित खोप कार्यक्रममा समावेश खोपको संख्या १२ पुग्नेछ ।श्रोत