जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी : भिख माग्या हैन, ज्यानको बाजी लगाई सेवा गरे बापतको श्रमको पसिना माग्या हो !


जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी भिख माग्या हैन, ज्यानको बाजी लगाई सेवा गरेबापतको सरकारद्वारा घोषित सेवा सुविधा मात्रै मागेको हो ।
तपाई जब कोरोनाको डरले ज्यान जोगाउँन घरमा लुकेर बसिराख्नु भएको थियो ठिक त्यतिखेर घर परिवार सबैलाई पर राखेर कोरोना संग लडिरहेका थिए स्वास्थ्यकर्मीहरु ।
बन्द कोठा भित्र बसेर निर्देशन दिने जनप्रतिनिधि ज्यू र प्रशासक ज्यूहरुले अहिले आएर स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले व्यवस्था गरेको जोखिम भत्ताबाट बन्चित पार्ने कुकार्य निन्दनीय छ । यसो भनि रहदाँ भत्ताको लागि किन मरिहत्ते गर्या होलान जस्तो लाग्न सक्छ । स्वास्थ्यकर्मिहरुले कहिल्यै पनि भत्ता दिनुस अनि काम गर्छौ भनेका छैनौ ।
भत्ता सत्ताको कुनै पनि स्वाद नभएका कर्मजिवीमा धेरै स्वास्थ्यकर्मीहरु पर्छन । स्वास्थ्यकर्मी काम र नाममा रमाउँछन, दाममा हैन (केहि अपवादमा होलान ! आफ्नो प्रोफेसनल नैतिकतालाई लत्याएर दाममा रमाउने, त्यस्ता सम्पूर्णलाई राम राम) । सरकारले जटिल अवस्थामा सेवाप्रवाह बापत प्रतिबद्दता गरेको सुविधा उपभोग गर्न मात्रै खोज्या हो । तन्त्र भित्र स्वास्थ्यकर्मीहरुलाई हेर्ने नजरिया विरुद्द प्रतिवाद मात्रै गर्न खोज्या हो ।
निर्देशिकामा उल्लेख भएबमोजिम सहि व्यक्तिले मात्रै सुविधा उपभोग गर्न पाउनु पर्ने कुरामा दुईमत छैन । अनावश्यक जोखिम भत्ताको लागी मरिहत्ते गर्ने कुरा स्वास्थ्यकर्मीको नैतिकताले पनि दिदैंन, यस्ता लाई दुरुत्साहन गर्ने जिम्मेवारी पनि तपाई हाम्रै हो ।
(सहि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्राप्तिमा सहजीकरण गर्नुहुने सम्पूर्णमा हार्दिक नमन र कृतज्ञता)
श्रोत : रमेश कुवर,जनस्वास्थ्य अधिकृत को फेसबुक वाल

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
