• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Friday, January 15, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

टाइफाइड वा म्यादी ज्वरो सम्बन्धि जानकारी एवं प्रस्तुतीकरण

Public Health Concern by Public Health Concern
November 5, 2019
in प्रस्तुतिकरण (Slides/Power Points), स्वास्थ्य तालीम सामग्री
0
Typhoid Presentation Nepali

टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ।

लक्षणहरु तथा अवस्था 

सङ्क्रमणको छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्द देखि गम्भीर प्रकृतिका हुने गर्दछन्। टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ। त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन्।  सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन।

टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ। गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ। यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन्। मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन्। यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ। टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो।

टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो। साल्मोनोला टाइफीलाई कतै कतै साल्मोनोला इन्टेरिका सेरोटाइप टाइफी पनि भनिन्छ। यो ब्याक्टेरियम मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ। टाइफाइड सामान्यतया रोगीको दिसाबाट प्रदुषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ।

व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावसँगै यसको सङ्क्रमणको जोखिम बढ्ने गर्दछ। विकासोन्मुख देशहरूमा भ्रमणका लागि जाने मानिसहरू पनि टाइफाइडको जोखिममा हुन्छन्। यो रोग मानिसबाहेक अन्य जनावरमा लाग्दैन। टाइफाइडको पहिचानको लागि ब्याक्टेरियालाई प्रयोगशालामा कल्चर गर्ने वा रगत, दिसा वा हाडमांसीमा ब्याक्टेरियाको डिएनए पहिचान गर्ने गरिन्छ। यो ब्याक्टेरियम कल्चर गर्न गाह्रो हुन सक्छ भने हाडमांसीमा गरिने परीक्षण सबैभन्दा सही नतिजा निकाल्ने हुन्छ। यसका लक्षणहरू अन्य धेरै सङ्क्रामक रोगहरूका लक्षणहरूसँग मिल्ने खालका हुन्छन्। नाम सुन्दा उस्तै लागे पनि टाइफस अर्कै प्रकारको रोग हो।

रोकथाम र नियन्त्रण :

टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ। टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ।

यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन।

यो रोगको उपचारका लागि अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ। अहिले सन्सारभर टाइफाइडको कीटाणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ। यसले टाइफाइडको उपचारलाई झनै अप्ठेरो बनाएको छ।

तथ्यांकीय अबस्था  :

सन् २०१३ मा विश्वभर करीब १ करोड १० लाख टाइफाइडका रोगी दर्ता गरिएको थियो। यो रोग सबैभन्दा बढी भारतमा लाग्ने र यसबाट सबैभन्दा बढी बालबालिकाहरू प्रभावित हुने गरेको पाइन्छ। विकसित देशहरूमा सरसफाइमा सुधार तथा रोगको उपचारमा एन्टिबायोटिक औषधिहरूको प्रयोग गर्न थालेपछि सन् १९४० को दशकदेखि नै यो रोग लाग्ने दर घटेको थियो।

संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष करीब ४०० जना टाइफाइडका रोगी दर्ता गरिन्छ भने करीब ६ हजार जनालाई यो रोग लाग्ने गरेको अनुमान गरिन्छ। सन् २०१३ मा टाइफाइडका कारण विश्वभर करीब १ लाख ६१ हजार मानिसको मृत्यु भएको थियो। यो सङ्ख्या सन् १९९० को. भन्दा करीब २० हजारले कम हो।

टाइफाइडको उपचार गरिएन भने करीब २५% रोगीहरूको मृत्यु हुन सक्छ भने उपचार गरिएमा मृत्युदर १ देखि ४ प्रतिसतमा झर्छ। अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफस जस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखा पर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो।

टाईफाईड सम्बन्धि प्रस्तुतीकरण :

[embeddoc url=”https://publichealthconcern.com/wp-content/uploads/2019/11/TYPHOID-Nepali.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस “]

Tags: Communicable DiseaseHealth MaterialsTyphoidTyphoid Nepali Presentationटाइफाइड वा म्यादी ज्वरो
Previous Post

स्वास्थ्य तर्फका स्नातक बिषयमा छात्रवृत्तिमा अध्ययनका लागि शिक्षा मन्त्रालयको सूचना (सूचना सहित)

Next Post

Request for Proposal on Implementation Research for Universal Health Coverage (UHC) in Nepal

Next Post

Request for Proposal on Implementation Research for Universal Health Coverage (UHC) in Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In