डेंगु र स्क्रब टाइफसबाट देशभर ११ हजार संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाख अन्तिम साता यता १० हजार भन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् । ६ जनाको ज्यानै गइसकेको छ ।
५६ जिल्लामा यसको संक्रमण फैलिइसकेको छ ।  त्यस्तै मुसाको कानमा पाइने किर्नाको टोकाइबाट हुने स्क्रब टाइपसबाट ८ महिना यता ५ सय ५५ जना संक्रमित भइसकेका छन भने ३ जनाको मृत्यु भइसकेको छ । केहीमा त डेँगु र स्क्रब टाइफस दुवै देखिएको छ ।
डेँगु, स्क्रब टाइफस लगायत कीटजन्य रोगको संक्रमण देखिन थालेको महिनौँ भइसक्दा पनि सरकारी पहल प्रभावकारी नहुँदा नियन्त्रण हुन सकेको छैन । डेंगु संक्रमण गराउने लामखुट्टेले नै एल्लो फिभर, जिका लगायतका घातक रोग सार्ने हुँदा यस्को जोखिमतर्फ समयमै सचेतता अपनाउनुपर्ने चिकित्सक बताउँछन् ।
चिकित्सकहरुका अनुसार डेंगुभन्दा स्क्रब टाइफस बढी घातक हुन्छ । र, कीटजन्य रोगहरूको विस्तारले जनजीवन अझै जोखिममा पर्न सक्नेछ । त्यसैले एक-अर्कालाइ जिम्मेवारी पन्छाएर मात्र राज्यका अधिकारीहरूको दायित्व पूरा हुँदैन भन्नेतर्फ हेक्का राख्नुपर्छ । श्रोत : कान्तिपुर