दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी आए पनि हाजिर गराई कामकाज गराउन स्वा.म को सबै स्थानीय तहलाई परिपत्र !(पत्र सहित)

  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनबाट दरबन्दी भन्दा बढी संख्यामा स्वास्थ्यकर्मी आएपनि हाजिर गराई काम काज लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ । कतिपय स्थानीय तहमा दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मीहरु पुग्दा स्थानीय निकायहरु कस कसलाई हाजिर गराउने भन्ने अन्योलमा परेका थिए ।
    मन्त्रालयले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी पुगे पनि हाजिर गराई काम काजमा लगाउन निर्देशन दिएको हो । निर्णयमा बढी भएका स्थानमा कर्मचारी अवकाश र कुनै कारणले रिक्त भएपछि स्वत मिल्ने भनिएको छ ।
    यस्तै मन्त्रालयले पदनामको विषयमा पनि निर्णय गर्दै समायोजनका बेला जुन तहको पत्र लिएर गएको छ सोही अनुसार हाजिर गराई काम काज लगाउन भनिएको छ ।
    मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले यो निर्देशन पछि समायोजन पछि स्थानीय तहमा देखिएको अन्योल हटने दावी गरे ।
    हेरौ स्वास्थ्य मन्त्रालय द्वारा सम्पुर्ण स्थानीय तहलाई प्रेषित गरिएको पत्र :