• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Friday, January 15, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

निजामती पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न सूचना सार्वजनिक -पूर्ण सूचना सहित /

Public Health Concern by Public Health Concern
July 18, 2020
in जानी राखे राम्रो, स्वास्थ्यमा अहिले, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित सम्बन्धि सामान्यको  जरुरी सूचना /

काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न सूचना प्रकाशित गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटिने गरी श्रावण १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको छ ।

नेपाल सरकारले प्रत्येक वर्ष निजामती सोव दिवसका अवसरमा निजामती कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ११६ कको उपनियम(२) बमोजिमको समितिको सिफारिसमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

करिब सवा लाख बढी कर्मचारीमध्येबाट एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको छ । ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ को राशि दुई लाख रुपैयाँ रहेको छ भने एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।

सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ। विगत तीन वर्षदेखि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले पाउन नसकेपछि पुरस्कारबारे अनेक चर्चा परिचर्चा हुने गरेको छ । लाखौँ कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी नभेटिनु सिङ्गो कर्मचारीतन्त्रका लागिसमेत लाजमर्दो विषय भएको तर्क पेस गरेर त्यसलाई सेवा प्रवाहमासमेत जोडेर हेर्ने गरिएको छ । ‘प्राप्त नाममध्ये कोही सर्वोत्कृष्ट नलागेर समितिले सिफारिस नगरेको’ एक उच्च अधिकारीले गत वर्ष प्रशासनलाई बताएका थिए ।

सर्वोत्कृष्ट पुरस्कार पाएका कर्मचारी भविष्यमा कुनै विवादमा मुछिएमा त्यसको अपजस लिनुपर्ने डरका कारण र कर्मचारी छनौटमा पनि राजनीति हुने भएकोले पनि विगत तीन वर्षयता कसैलाई नदिइको हुन सक्ने ति अधिकारीको भनाई छ ।

शुरुवातीमा हाकिमले आफ्ना, आफन्त तथा आफैसँग काम गर्नेलाई मात्रै सिफारिस गर्दै आएकोमा पछिल्लो समय सो दायरा अलि बढेर अन्य कार्यालयका कर्मचारीसम्म पुगे पनि निष्पक्ष भने हुन सकेको छैन । गत विगतका पुरस्कार पाउने कर्मचारी र कार्यालय हेर्ने हो भने पनि पचास प्रतिशत बढी सिँहदरवारभित्रै कार्यरत र बाँकी उपत्यका भित्रकै कर्मचारी पुरस्कृत भएको देखिन्छ । देखाउनकै लागि उपत्यका बाहिरबाट दुई चार जना पार्ने गरिए पनि यसरी पर्नेहरुमासमेत पहुँच र भनसुनले मात्रै पर्ने गरेको कर्मचारीको गुनासो रहँदै आएको छ ।

कोभिड १९ का कारण दिवस मनाउने कि नबनाउने भन्ने दोधारकै बिच गत असार ३१ गते बसेको बैठकले निरन्तरता दिने निर्णय गरेको छ । कर्मचारीका लागि यो दिन विशेष दिनका रूपमा मनाउनु राम्रो हो तर ‘चोरलाई चौतारो, साधुलाई शूली’ नबनाइयोस् । सबै खाले सेवा, सुविधा र अवसरबाट वञ्चित हुँदै दूर दराजमा जस्तोसुकै परिवेश तथा परिस्थितिमा पनि निरन्तर सेवारत कर्मचारीहरूको नाम यस पटकको पुरस्कारमा छनौट भएको देख्न पाइयोस् ।

सरकारले प्रत्येक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवसका अवसरमा निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।

Tags: nijaamati puraskaarनिजामति पुरस्कार
Previous Post

More than 150 countries engaged in COVID-19 vaccine global access facility

Next Post

आब २०७६/०७७ को सम्पत्ति बिवरण बुझाउने बारे संघीयको जरुरि सूचना / कसले कहाँ कहाँ बुझाउने ?

Next Post
समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित सम्बन्धि सामान्यको  जरुरी सूचना /

आब २०७६/०७७ को सम्पत्ति बिवरण बुझाउने बारे संघीयको जरुरि सूचना / कसले कहाँ कहाँ बुझाउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In