स्वास्थ्यकर्मी लाई कोरोना सङ लड्न जनस्वास्थ्य बिज्ञ डा न्यौपानेका ११ बुदे सुझाव ! स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने देखि PPE ब्यबस्थापन सम्म !

  • यति बेला स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न जरुरि छ। मनोबल उच्च राख्न घर परिवारका सदस्य, छिमेकी र राज्यले हदैसम्मको सहयोग गर्न जरुरी छ। यो जटिल परिस्थितिमा सबै स्वास्थ्यकर्मीहरुमा एक अर्का विच अझ धेरै सहयोग र समझदारिको आबस्यकता छ।

    स्वास्थ्यकर्मीहरुलाई सेवा दिदा आफु सुरक्षित भएको महशुश गराउन सक्नु पर्छ। यदि भन्दै गर्दा स्वास्थ्यकर्मीहरुले पनि आफ्नो धर्म बिर्सनु हुदैन, तेसैले त हिपोक्रेट्स र फ्लोरेन्स नाइटिङ्गेल तपाइँ हाम्रा आदर्श हुन्।

    मलाई लागेका कुराहरु बुदागत रुपमा यहाँ राखेको छु।
    १. सरकारले पिपिई(PPE) मागेर हुन्छ कि, किनेर हुन्छ तुरुन्त जोहो गर्नु पर्यो। सार्बजनिक खरिद ऐन प्रयोग गरेर पिपिई किन्दा ढिला हुन सक्छ। यो बिशेष परिस्थिति भएकोले ढिलासुस्ती बनाउने सबै बुदाहरुलाई निलम्बन गरेर उच्चस्तरको पिपिई समितिनै बनाएर घनिभूत रुपमा लाग्नु पर्यो। यथेस्ट बजेट छुट्याउनु पर्यो। चीनबाट नेपालमा थोक व्यापार गर्ने साथीहरुले पिपिई किनेर ल्याउन सकिने बाताबरण बिस्तारै सहज बन्दै गैराखेको बताउनु भएको छ । जहाज चार्टर गरेरै भए पनि एक पटक होइन पटक पटक सम्भव हुने ठाउँबाट जति सक्तो छिटो ल्याउनु पर्यो। यसको जानकारी सरकारले इमान्दारीपूर्वक स्वास्थ्यकर्मीहरुलाई गराउनु पर्यो। कति, कसरि, कहाँबाट र कहिले सम्म किनेर ल्याइसकिन्छ भन्ने कुरा ।
    २. अहिले संचित पिपिई कम्तिमा एउटा प्रदेशको एउटा अस्पतालमा पुर्याउनु पर्यो। कोरोनाका सम्भावित बिरामीहरुलाई पिपिई भएका अस्पतालहरुबाट सेवा लिन भन्नु पर्यो। यी अस्पतालहरुले स्क्रीनिंग मात्र गर्ने हुनाले टेलिफोन कन्सल्टेसन् गरेर रिफर गर्ने व्यवस्था पनि गर्न सकिन्छा। पिपिईको उपलब्धतासंगै यो सेवालाई गाउ गाउ सम्म विस्तार गर्नु पर्यो।
    ३ . स्वास्थ्य सस्थाहरुमा हात धुने साबुन पानी र स्यनिटाइजरको व्यवस्था गर्ने। अहिले भएकोलाइ कम्तिमा १० गुनाले बढाउने। स्वास्थ्यकर्मीले बिरामीलाई छुने बित्तिकै हात धोइहाल्ने र सकेसम्म हातले अनुहारलाई नछुने।यो स्वास्थ्यकर्मीहरुको लागि पनि मुलमन्त्र हो। यसलाई बिर्सनु भएन। हालसम्म यो हावाबाट सर्ने प्रमाणित भएको छैन। प्रमाणित नै भए पनि तेसरी सर्ने सम्भावना धेरै कम हुन्छा। सो कुरा गर्ने बित्तिकै सरिहाल्छ भन्ने होइन।
    ४ . धेरै स्वास्थ्यकर्मीहरुको लागि यो नया अनुभव हो । तसर्थ यो रोगको कसरि जांच गर्ने, के के देखिए प्रेसण गर्ने, आफुलाई कसरि रोग सर्न बाट बचाउने बिषयमा डिजिटल प्रबिधिनै प्रयोग गरेर भए पनि तालिम प्रदान गर्ने। स्वास्थ्यकर्मीहरुलाई आबस्यक पर्दा २४ सै घण्टा सल्लाह र सुझाब लिने व्यवस्था तयार गर्ने।
    ५ . सत्तरी बर्ष कटेका वा दिर्घ रोग भएका स्वास्थ्यकर्मीहरुलाई आकस्मिक वा बिरामीसंगको पहिलो संसर्गबाट टाढा राख्ने। त्यस्ता अनुभवी स्वास्थ्यकर्मीहरुले युवा स्वास्थ्यकर्मीहरुलाई रोगको निदान र उपचारमा सघाउने।
    ६ . कोहि पनि स्वास्थ्यकर्मी कोरोनाको बिरामीको सम्सर्गमा आएको संका लागेमा तुरुन्तै सेल्फ आइसोलेसनमा बस्ने र आफुसंग संसर्गमा आएका अरुहरुलाई पनि सोहि अभ्यास गर्न भन्ने।
    ७ . कोरोना भाइरसको संका लागेका स्वास्थ्यकर्मीहरुको नियमित सर्भिलेंस गर्ने। यसले गर्दा बिरामीबाट स्वास्थ्यकर्मीहरुमा कति मात्रामा संक्रमण भइराखेको छ, थाहा पाउन सकिन्छ र आबस्यक रणनीतिहरु बनाउन सजिलो हुन्छ।
    ८. कोरोनाका बिरामी हेर्ने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा अस्पतालमा ल्याउने लाने व्यवस्था गर्ने। उनीहरुलाई सम्भव भएसम्म घरमा छुट्टै बस्ने व्यवस्था गर्ने। सम्भव नभए सरकारले नै तेस्को लागि उचित व्यवस्था गर्ने।
    ९. कोरोनाको उपचार गरेको वा गर्ने अस्पतालमा काम गरेको आधारमा नै कुनै दुर्ब्यबहार भएमा कडा कारबाही गर्ने कानुन तत्काल बनाएर कार्यान्वन गर्ने। तेस्तो गर्नेलाइ छिमेकीले सामाजिक बहिस्कार गर्ने।
    १०. यस्तो बेलामा स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरुलाई छिमेकी, इस्टमित्र र साथिभाइहरुले सहयोग र हौसला प्रदान गर्ने। सबैले आफु तेस्तो अबस्थामा काम गर्नु पर्दा कस्तो हुन्थ्यो भनेर कम्तिमा दिनको एक पटक आत्मबोध गर्ने। हामीले जति रोगथामका उपायहरु अपनाउछौ त्यति कम प्रेसर स्वास्थ्यकर्मीहरुलाई पर्छ ।
    ११ . यदि कुनै स्वास्थ्यकर्मीको कोरोनाको कारणले मृत्यु भएमा सहिद घोषणा गर्ने र परिवारलाई आर्थिकरुपमा सहयोग गर्ने । सरकारले सबै स्वास्थ्यकर्मीहरुको केहि समयको लागि कोरोना स्वास्थ्य बिमा गरेर पनि यो काम गर्न सक्छ। यसो गर्दा आर्थिक सहयोग धेरै ठुलो बनाउन सकिन्छ।

    लेखक – डा.दिनेश न्यौपाने, जोन हप्ककिङ सयुनिभर्सिटीमा  रिसर्एच सोसिएटको  रुपमा कार्हुयरत  हुनुहुन्छ !