पाठेघर खस्ने समस्याको रोकथाम, उपचार  सम्बन्धि कार्यविधि निर्देशिका २०६८ (दोश्रो संसोधन सहित)

  • आङ खस्नु भनेको बच्चा जन्माउँदा तलझरेको पाठेघर आफ्नो पुरानै स्थानमा नफर्की सकेको अवस्थामा बल पर्ने काम गर्नु पर्दा पाठेघर कै अङ्ग योनीबाट बाहिर निस्कनु हो । बच्चा जन्माउँदा झरेको पाठेघर आफ्नो पुरानो स्थानमा पुरानै आसनमा फर्कन दुइबर्ष लाग्छ । स्वास्थ्य शास्त्रले सुत्केरी अवस्था भनेर ४५ दिन तोकेको हुन्छ ।
    त्यसतै कर्मचारी तथा मजदुरहरुका लागि दुई महिना सुत्केरी विदाको व्यवस्था गरिएको हुन्छ । त्यो भनेको पूर्णरुपमा आराम गर्नु भनेको नै हो तर हाम्रो समाजमा त्यो सम्भावना हुनै दिइदैन भने अधिकांश महिलाहरु स्वयंलाई यसको राम्रो जानाकारी छैन । कार्यालयमा विदा पाएका महिलाले उनका परिवारमा भने पूर्ण आरामको अवसर नपाएका थुप्रै उदाहरणहरु छन ।
    बच्चा पाएपछि पेटमा ६ हप्तासम्म असर पर्न दिनु हुँदैन । तर, सुत्केरी भएर न्वारान हुनुअगावै काम गर्छन् । त्यो प्रेसरले गर्दा पाठेघर टाइट हुनै पाउँदैन । ६ हप्तासम्म आराम गरेमा विस्तारैै पाठेघर टाइट हुँदै आउने हो । अहिले त्यो चेतना बढेकाले समस्या केही कम भएको छ ।
    पाठेघरको उपचारका लागि शिविरहरू भइरहन्छन् । मैले पनि धेरै शिविरमा गएर अप्रेसन गरेको छु । सूचना प्रवाहको काम पनि भइरहेको छ । समस्या छ भने आउनुस् । अप्रेसनको लागि पैसा लाग्दैन ।
    बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या आउँछ भन्ने छैन । गर्भवती नभएका युवतीमा पनि समस्या आउन सक्छ ।

    आङ खसेको बेलामा यौनसम्पर्क गर्नु अरु धेरै कठिन र पीडादायी हुन्छ । पाठेघर खसेर योनीको मुखसम्म आएको बेलामा यौनसम्पर्क गर्दा लिङ्गले घोच्दाको पीडा सहन गाह्रो हुन्छ । पुरुषका अगाडी नाई भन्न नसक्ने ठेमहिलाहरुले हरेक दिन यो समस्या भएका महिलाहरुले पीडादायी यौनसम्पर्क भोगिरहेका हुन्छन । पाठेघर खसेका महिलाहरूलाई दिसापिसाब गर्दा गाह्रो हुने, ढाड, कम्मर र तल्लो पेट दुख्ने, हिँड्न डुल्न र काम गर्न अप्ठ्यारो हुने, त्यस्तै अवस्थामा फेरि अर्को बच्चा जन्माउँन पर्दा धेरै गाह्रो हुने समस्याहरू हुन्छन् ।
    के छन् जटिलता ?
    पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् । पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ ।
    अर्को समस्या, पाठेघर त ‘लुज’ भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, लुज हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न ।
    खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ । पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुन्छ ।
    त्यो भएपछि बांगिएर पिसाब राम्रोसँग ‘ड्रेन’ हुन सक्दैन । पछि पछि त मृगौला पनि सुनिँदै÷फुल्दै जान्छ, अनि काम गर्न छोड्छ  । यसलाई युरोप्याथी भनिन्छ ।
    सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ ।
    सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो ।
    कसरी बच्न सकिन्छ ?
    कारण थाहा भयो भने राम्रो हुन्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नआउनेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्न खोज्छन् ।
    त्यो समयमा त्यसै त पाठेघर ‘लुज’ भएको हुन्छ, झन् थिच्दा धेरै ‘लुज’ हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउने हो । हतार गरेर हुँदैन, तर कतिलाई थाहा नभएर त्यसो गरिरहेका हुन्छन् । पाठेघर त बच्चा जन्मिइसकेपछि पनि २÷३ दिन बच्चा पेटमा हुँदाजस्तै रहिरहन्छ ।
    तर, मानिसहरू नबुझेर अझै केही छ भनेर थिच्छन् । त्यो पनि मुख्य कारण हो पाठेघर खस्ने ।
    व्यथा लामो समयसम्म भयो भने पनि पाठेघर ‘लुज’ भएर खस्नसक्छ । सुत्केरी भएपछि ६ हप्तासम्म आराम गर्नुपर्छ । सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ ।
    खसिसकेपछि के उपाय गर्ने ?
    पाठेघर खसेको उपचार अप्रेसनमात्रै होइन । धेरै नै खसेको छ भनेमात्रै अप्रेसन गर्नुपर्छ । व्यायाम गर्दा पनि बढी हुन दिँदैन, बरु कम गर्छ । अर्को भनेको रिङ प्रयोग गर्ने हो । रिङ पनि दुई किसिमको हुन्छ । एउटा तीन–तीन महिनामा फेर्नुपर्ने हुन्छ भने अर्को सिलिकन हुन्छ ।
    यो धेरै गन्हाउने पनि हुँदैन । लामो समयसम्म राख्न मिल्छ र त्यसैलाई फेरि सफा गरेर पनि राख्न मिल्छ । रबरको रिङचाहिँ फेरिरहनुपर्छ । त्यही सफा गरेर प्रयोग गर्यो भने इन्फेक्सन हुने सम्भावना हुन्छ ।
    घरेलु उपचार के हुन्छ ?
    लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।
    रोकथाम कसरी गर्ने ?
    स्वास्थ्य संस्थामा डेलीभरी गर्ने
    गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पोषिलो खानेकुरा खाने
    सुत्केरी भइसकेपछि कम्तिमा ६ हप्ता आराम गर्ने
    पेटमा असर पर्ने खालको गह्रुँगो काम नगर्ने
    हेरौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको पाठेघर खस्ने समस्याको रोकथाम, उपचार 
    सम्बन्धि कार्यविधि निर्देशिका २०६८ (दोश्रो संसोधन सहित)
    [embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/10/UP-Prolaps-Guideline-2068.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस् “]
    References 
    1. www.baahrakhari.com/news-details/14413/12khari
    2. www.mohp.gov.np