गत बर्ष नेपाल सरकारका सम्पूर्ण कर्मचातीहरुले पाउदै आएको बिभिन्न शिर्षकका भत्ता कटैती भएको थियो /यस संगै स्वास्थ्य क्षेत्रमा लामो समय देखि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता समेत कटैती भएको थियो /

केहि समय अघि स्वास्थ्य मन्त्रालय एक परिपत्र गर्दै जोखिम भत्ता लाई निरन्तरता दिने जानकारी गराएको थियो /

यस संगै हाल बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर,चितवनले प्रयोगशालामा कार्यरत कर्मचारीहरुको जोखिम भत्ता सम्बन्धि स्पस्ट पारिदिनका लागि गरेको पत्रको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकार स्वास्थ्य सेवाको प्रयोगशालाको दरबन्दीमा रहेका कर्मचारीहरुका हकमा मात्रै सुरु तलवको २५% जोखिम भत्ता दिईने र उक्त भत्ता सम्बन्धित कार्यालयकै विनियोजित बजेट बाट खर्च गर्ने मिति २०७६/०७/०८ को  मन्त्रिस्तरको निर्णय भएको  जानकारी गराएको छ / उक्त व्यवस्था प्रयोगशाला जोखिम भत्ता बयास्थापन निर्देशिका २०७२ को दफा ५ (क) मा उल्लेख रहेको पनि जनाएको छ /

स्वास्थ्य मन्त्रालय गरेको परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोस /