• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Thursday, January 21, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

प्रश्नै प्रश्नको घेरामा खोप सेवा ?? खोप लगाउनै डराउन थाले स्वास्थ्यकर्मीहरु !

Public Health Concern by Public Health Concern
January 1, 2020
in स्वास्थ्यकर्मीको कलम
0
प्रश्नै प्रश्नको घेरामा खोप सेवा ?? खोप लगाउनै डराउन थाले स्वास्थ्यकर्मीहरु !

बिना गल्ति जेल जानुपर्ने त हैन सर ?? संगै काम गरेका एक जना पुराना कर्मचारीले डराउँदै प्रश्न गर्नुभयो ।मनोबल गिरेको छ ।कसरी खोप लगाउने हो खै?? म अनुत्तरित भएँ ।

माइतमा सुत्केरी बस्न आएकी एक जना गाउँकी बैनीले बच्चालाइ खोप लगाउनु पर्नेछ,कहिले कतिवटा लगाउनुपर्ने हो दाइ भन्दै फोनमा सोधिन । बच्चा डेढ महिना भएपछी पहिलो डि पी टि , पी सी भी  ,एफ आइ पी भी सुइ मार्फत र पोलियो थोपा चै खुवाउनु पर्छ नानी भन्न के भ्याएको थिएँ : आम्मै ३ वटा सुइ एकै पटक त धेरै भएन र दाइ ? भन्दै हालै संचार माध्यम बाट प्रशारण भएको समाचार सुनेर डर लागेको कुरा बताइन ।म फेरि अनुत्तरित भएँ ।

हाम्रो देशमा हरेक मान्छे आफुलाई विज्ञ ठान्ने समस्या बाट ग्रसित छन । तपाईंहरुले हिन्दि फिल्म सिंघम रिट्रान्स हेर्नु भएको छ? त्यसमा यौटा सम्बाद छ प्रहरी प्रमुखले पत्रकारलाई भनेको  : “पत्रकारको काम information collect गर्ने हो supreme court को न्यायाधिस ले जस्तो फैसला ( निर्णय )सुनाउने होइन “।त्यसैले हामी सबै सचेत नागरिकले लेख्दा,बोल्दा असाध्यै विचार पुर्याउनु पर्दछ ।

केहि दिन अगाडी आफुलाई राष्ट्रिय मिडिया हाउस भनेर दाबि गर्ने केहि संचार माध्यमबाट अत्यधिक खोपको भार थेग्न नसकी खोप लगाएको भोलि पल्ट १.५ महिने शिशुको मृत्यु भनेर समाचार आयो ।बच्चाको के कारण ले मृत्यु भएको हो, अनुसन्धान नहुँदै,पुष्टि नहुँदै खोपको कारणले भन्ने कसरी थाहा भयो ?? फेरी भनिएको छ -” शिशु ले अत्यधिक खोपको भार थेग्न नसकेर ”

यो भनेको के हो ? कति उमेरको बच्चाले कतिवटा खोप लगाउँदा अत्यधिक भार हुने हो ?कति उमेर समुहको बच्चाले कति वटा खोप लगाउनु पर्ने हो ? यसको निर्धारण कसले गर्छ ? खोप लगाउने कर्मचारीले कि सरकारले ? अनि खोपको तालिका तल्लो तहको खोप लगाउने कर्मचारीले मनगढन्ते पाराले बनाएर लगाएको जस्तो गरि त्यो खोप लगाउने कर्मचारीलाई मानौं अपराधि जस्तो गरि व्यवहार गर्नु उचित हो ? सत्य कुरा के हो ?

किटानी जाहेरी दिंदै जाने र खोप लगाउने कर्मचारीलाइ गिरफ्तार गर्दै जाने हो भने खोप सेवा नियमित चल्न सम्भब छ ? हामी कुन बाटो हिंड्न खोजिरहेका छौं ?

यो बिषयमा ३ तहका सरकारका स्वास्थ्यका उपल्लो निकायहरु किन मौन बसेका होलान ? जायज बिषय र नाजायज बिषय छुट्याएर स्वास्थ्यकर्मीको हकहितका लागि भनेर खुलेका स्वास्थ्यका संघ संगठनहरु किन मौन बसेका होलान ? किन कसैले समाचारको खण्डन गरि सेवाग्राही र स्वास्थ्यकर्मीको त्रास हटाउन नखोजेकोहोलान ?

सबै कर्मचारी एकैनासका पक्का छैनन् तर अनुसन्धान नै नगरी सोलोडोलो सबैलाई दोषी जस्तै गरि मनोबल गिराउनु कत्तिको जायज होला ? फेरी खोप लगाउन आएका बच्चा सबै स्वस्थ छन् कि छैनन् स्वास्थ्यकर्मीलाई कसरी थाहा हुन्छ ? मुटुको रोग,मधुमेह रोग अथवा अन्य गम्भीर समस्या बाट ग्रसित बच्चा हुन् कि बच्चाको अभिभाबकले नभनिकन स्वास्थ्य कर्मीलाई कसरी थाहा हुन्छ ? यस्ता गम्भीर कुरा नबुझिकन स्वास्थ्यकर्मीलाइ पूर्ण दोषी ठान्नु न्याय संगत होइन कि ??

खोपको उत्पादन, निर्माण प्रक्रिया ,खोपको गुणस्तर तथा नाप जांच प्रक्रिया ,खोपको भण्डारण र ढुवानी प्रक्रिया,लगाएत खोप जन्य सामाग्रीको बालकको शरीर भित्र प्रवेश गर्दा सम्मको थुप्रो बिधि प्रक्रियाको पूर्ण बेवास्ता गरि इमान्दारिता पुर्बक बच्चालाई खोप लगाई रोग प्रतिरोधात्मक क्षमता बढाउन तल्लिन खोप लगाउने कर्मचारीलाइ दोषी देख्नु कति सम्म जायज कुरा होला ??

यस्ता बिषयमा सम्बन्धित निकायले तत्काल सम्बोधन गर्न सक्नुपर्छ भन्ने चाहना सम्पूर्ण स्वास्थ्यकर्मीको हुनुपर्छ ।यस्ता गम्भीर बिषयमा सामान्य खालका टिका टिप्पणी सबैको अहितमा हुन्छ भन्ने लाग्दछ ।

मनन योग्य छ ? शेयर गर्न र कमेन्ट लेख्न नभुलौ !

लेखक : श्री सरोज काफ्ले, हाल पोखराथोक स्वास्थ्य चौकी,पाल्पा मा हेअ पदमा कार्यरत हुनुहुन्छ  /

Tags: ImmunizationNIPखोप सेवास्वास्थ्यकर्मीको कलम
Previous Post

सामान्य मन्त्रालयको परिपत्र : समायोजन भएका कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुखलाई कारवाही /(परिपत्र सहित)

Next Post

कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र

Next Post

कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In