• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Sunday, January 17, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

प्लाज्मा थेरापी के हो ? कसरी उपचार गरिन्छ ?

रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्ट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।

Public Health Concern by Public Health Concern
September 8, 2020
in Uncategorized
0
प्लाज्मा थेरापी के हो ? कसरी उपचार गरिन्छ ?

प्लाज्मा थेरापी के हो ?
प्लाज्मा भनेको रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्ट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।

कोरोना संक्रमणमुक्त भएको कति दिनमा प्लाज्मा दिन मिल्छ ?

नेगेटिभ नतिजा आएको १४ दिनपछि मात्रै प्लाज्मा निकाल्न मिल्छ । यो अवधिलाई कन्भलसेन्ट भनिन्छ । त्यति बेला नयाँ खालको भाइरस चिनेको एन्टीबडी तयार भएको हुन्छ । यो समय जति बढ्दै गयो एन्टीबडी उति निष्क्रिय हँुदै जान्छ ।

कतिदेखि कति वर्षसम्मका व्यक्तिले दिने हो ?

रक्तदान गर्न उपयुक्त व्यक्तिले नै प्लाज्मा दान गर्ने हो । १८६० वर्ष उमेर र ५० किलोभन्दा बढी तौल भएको स्वस्थ व्यक्तिले तीनतीन महिनाको अन्तरमा रगत दान गर्न सक्छन् ।

रक्त समूह मिल्नुपर्छ कि पर्दैन ?

रक्त समूह मिल्नुपर्छ । रक्त समूह मिले मात्रै प्लाज्मा दिन मिल्छ ।

प्लाज्मा थेरापीबाट उपचार पाएका व्यक्तिले प्लाज्मा दिन मिल्छ कि मिल्दैन ?

कोरोना लागेर निको भएका जोसुकैले प्लाज्मा दिन मिल्छ ।

कसरी झिकिन्छ प्लाज्मा ?

रक्तदान गरेपछिको रगतलाई प्रोसेसिङ गरी मेसिनको सहायतामा प्लाज्मा निकालिन्छ ।

एक व्यक्तिबाट अर्कामा दिँदा तुरुन्त झिक्नुपर्छ कि पहिल्यै निकालेर सञ्चय गरिन्छ ?

यो पहिल्यै निकालेर राख्न सकिन्छ । यसलाई २० डिग्री तापक्रममा ६ महिना, ४० डिग्री तापक्रममा राखे १ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

के ब्लड बैंकजस्तै यसको कुनै बैंक हुन्छ ?

प्लाज्मा बैंक हुन्छ । अहिले ब्लड बैंकहरूमै प्लाज्मा भण्डारण गर्ने गरिएको छ । प्लाज्मा बैंक बनाउँदा अन्य रोगको उपचारमा पनि सहज हुन्छ ।

एक व्यक्तिबाट कति प्लाज्मा झिकिन्छ ?  त्यसले कति जनालाई उपचार गर्न पुग्छ ?

एक व्यक्तिबाट ३ सय ३० मिलिलिटर रगत निकालिन्छ । त्यसबाट २ सय मिलिलिटर प्लाज्मा निस्किन्छ । एक पोका रगतको प्लाज्मा एक व्यक्तिलाई मात्रै प्रयोग हुन्छ ।

प्लाज्मा झिकिएको व्यक्तिको शरीरमा एन्टीबडी घट्छ कि घट्दैन ?

एन्टीबडी घट्दैन । स्वस्थ व्यक्तिको शरीरमा ५६ लिटर रगत हुन्छ, जसबाट ३ सय ३० मिलिलिटर मात्रै रगत निकाल्ने हो । ५६ लिटर रगतमा ५५ प्रतिशत प्लाज्मा हुन्छ । एकपटकको रगतदानमा निकै कम प्लाज्मा निकालिन्छ ।

प्लाज्मा निकाल्न कति समय लाग्छ ?

शरीरबाट रगत निकालेपछि ३०४५ मिनेटमा प्लाज्मा तयार हुन्छ ।

रगत निकालेपछि आराम गर्नुपर्छ कि पर्दैन ?

रक्तदान गरेजस्तै हो । खासै शरीरमा फरक पर्दैन ।

प्लाज्मा थेरापी बिरामी कस्तो अवस्थामा पुगेपछि गरिन्छ ?

कोरोनाको गम्भीर लक्षण भएका, निमोनिया देखिएका, अक्सिजन चढाउँदा पनि अक्सिजनको मात्रा ९२ भन्दा कम भए प्लाज्मा थेरापी गरिन्छ ।

यो उपचार कति प्रभावकारी हुन्छ ?

नेपालको सन्दर्भमा यसको नतिजा अझै भनिसक्ने स्थिति छैन । यद्यपि भेन्टिलेटरमै जानुपर्ने अवस्थाका, ८९ दिन भेन्टिलेटरमा बसेका बिरामी पनि निको भएका छन् । विश्वमा यसलाई प्रभावकारी मानिएको छ ।

यसले अरू असर गर्छ कि गर्दैन ?

असर गर्दैन नै भन्ने छैन । प्लाज्मा थेरापीका जटिलता भने छन् । बिरामीको फोक्सोमा समस्या भएकाले थप समस्या पर्न सक्ने जोखिम हुन सक्छ । यो सम्भावना निकै कम छ ।

Tags: Corona VirusCOVID19
Previous Post

Urology Awareness Month 2020

Next Post

किनिकल अडिट संचालन कार्यविधि निर्देशिका २०७७

Next Post

किनिकल अडिट संचालन कार्यविधि निर्देशिका २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In