• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Wednesday, January 20, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

Public Health Concern by Public Health Concern
May 1, 2020
in बाल स्वास्थ्य, मेरो स्वास्थ्य : मेरो सरोकार, स्वास्थ्य अभियान
0
बच्चालाई औषधि दिनुअघि के के सावधानी अपनाउने ?

Sick boy taking medicine.

सामान्य रुघाखोकी वा ज्वरो आउनसाथ हामी बालबच्चालाई औषधि खुवाउने हतार गर्छौं । पखला लागेमा वा अन्य कुनै सामान्य समस्या भएमा औषधि पसलमा दौडन्छौ। जबकि यस्ता सामान्य शारीरिक समस्यामा औषधि सेवन गराइरहनु आवश्यक छैन । औषधि सेवन नगराई पनि उनीहरू ठिक हुन्छन् । आवश्यक स्याहारसुसार गरे पुग्छ । तातोपानी दिने, सरसफाइमा ध्यान दिने, ताजा र सुपाच्य खानेकुरा दिने गरेमा पनि उनीहरू निको हुन्छन्।

त्यसो त घरेलु औषधि दिएर पनि सामान्य स्वस्थ्य समस्या टार्न सकिन्छ । यद्यपि कतिपय अवस्थामा भने एलोपेथिक औषधि दिनैपर्ने हुन्छ । तर, औषधि दिनुपर्ने अवस्थामा भने धेरै सर्तकता अपनाउनुपर्छ ।

कहाँ खरिद गर्ने औषधि ?

जथाभावी औषधि खरिद गर्नु हुन्न । बेलाबखत चिकित्सकको प्रेस्किप्सन नबुझेर वा कुनै औषधिको नाम अन्य औषधि मिलेर पनि विक्रेताले फरक औषधि हातमा थमाउने गर्छन् । त्यस्ता औषधिले बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले विश्वसनीय र मान्यताप्राप्त पसलबाट मात्र औषधि  खरिद गर्नुपर्छ।

कति दिने औषधि ?

तपाईंलाई थाहा हुनुपर्छ, प्रत्येकपटक औषधि लेख्दा चिकित्सकहरूले बिरामीको उमेर सोध्ने गर्छन्। अर्थात् चिकित्सकले बिरामीको उमेरलाई ध्यानमा राखेर नै औषधिको मात्रा लेख्ने गर्छन् ।

औषधिको मात्रा गलत हुनासाथ यसले शरीरलाई हानी पुर्‍याउन सक्छ वा त्यसको प्रभाव कम हुन सक्छ । त्यसैले, चिकित्सकले जति मिलिग्राम औषधि खान भन्छन्, त्यतिमात्र औषधि खानु पर्छ । औषधि खरिद गर्दा पनि कतै गलत मात्राको औषधि त खरिद गरेको छैन भन्नेमा पनि विशेष सजगता अपनाउनुपर्छ ।

चिकित्सकसँग के सोध्ने ?

कुनै स्वास्थ्य समस्यामा बिरामीलाई शरीरमा गर्मी पैदा गर्ने खानेकुरा खाने सल्लाह दिइने गरिन्छ भने कतिपय अवस्थामा शरीरलाई शीतल राख्न खाद्य पदार्थको सेवन गर्न सल्लाह दिने गरिन्छ । त्यसैले, कुनै पनि औषधिको सेवन गर्दा उक्त औषधिको सेवन गरिरहँदा के खाने, के नखाने भनेर सोध्न आवश्यक छ। साथै, औषधि खाँदा पानीको साथ खाने वा दूधको साथमा खाने भन्नेबारेमा पनि चिकित्सकको सुझाव अनिवार्य छ ।

चिकित्सकसँग किन गर्ने परामर्श ?

जब बालबालिकाको स्वास्थ्य खराब हुन थाल्छ, तब अभिभावकहरूले बालबालिकाको चेकजाँच विभिन्न चिकित्सकमार्फत गराउन थाल्छन् ।  जबकि बालबालिकाको जाँच जुनसुकै चिकित्सकबाट गराएपनि औषधि सेवन गर्दा भने एउटा चिकित्सकले दिएको मात्र औषधिको सेवन गर्नुपर्छ । अन्थया, विभिन्न चिकित्सकले दिएको धेरैथरिको औषधि एकै पटक खुवाउँदा बालबालिकामा संक्रमण हुन सक्छ ।

किनकि प्रत्येक औषधि साइड इफेक्ट हुन्छ । प्रत्येक औषसिको दुष्प्रभाव भएकोले दुईवटा बेग्लाबेग्लै औषधिको सेवन गर्नुपूर्व चिकित्सकसित अनिवार्य परामर्श गर्नुपर्छ ।

औषधि दिनुअघि के कुरामा ख्याल गर्ने ?

कुनै पनि औषधि सेवन गर्नुअघि खोलमा लेखिएको निर्देशनलाई  सावधानीपूर्वक पढ्नुपर्छ । केही विशेष औषधि विशेष प्रकारको निर्देशन सहित बजारमा बिक्रीवितरण हुने गर्छ । त्यसैले, चिकित्सकले दिएको औषधि पसलबाट खरिद गर्नुअघि त्यसमा चिकित्सकसँग त्यस्ता औषधिको बारेमा राम्ररी जानकारी लिनुपर्छ ।

चिकित्सकबाट कुनै रोगको औषधि लिएको बखत आफूले कुन औषधि सेवन गरिरहेको छु भन्ने कुरा समेत बताउन भुल्नुहुँदैन ।श्रोत

Tags: औषधिबाल स्वास्थ्यबालबालिका
Previous Post

कोरोनाको महामारीका बेला दादुराको प्रकोप ! नियन्त्रण भन्दा बाहिर जाने खतरा /

Next Post

स्वास्थ्यकर्मीलाई जोखिमका आधारमा ५०, ७५ र १ सय प्रतिशत जोखिम भत्ता दिने, कस्तो काम कति भत्ता?

Next Post
स्वास्थ्यकर्मीलाई जोखिमका आधारमा ५०, ७५ र १ सय प्रतिशत जोखिम भत्ता दिने, कस्तो काम कति भत्ता?

स्वास्थ्यकर्मीलाई जोखिमका आधारमा ५०, ७५ र १ सय प्रतिशत जोखिम भत्ता दिने, कस्तो काम कति भत्ता?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In