बच्चालाई भिटामिन ए किन खुवाउने ? कमि भए के हुन्छ ?

वर्षको २ पटक कात्तिक र वैशाख महिनाको पहिलो हप्ता भिटामिन ए र जुकाको औषधी निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्यतः बालबालिकालाई भिटामिन ए को कमीबाट हुने असरहरूबाट बचाउन, रोग प्रतिरक्षाशक्ति बढाउन, बाल मृत्युदर घटाउन र पोषणयुक्त बालबालिका बनाउन यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ । वि.स. २०५० सालदेखि सरकारले भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसपटक पनि आज र भोलि देशैभर महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए खुवाइँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका आफ्ना बच्चालाई नजिकैको भिटामिन ए वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगी भिटामिन ए खुवाई भिटामिन ए खुवाउन सकिन्छ । भिटामिन एसँगै जुकाको औषधी र बालबालिकाको पाखुराको मापन गरी पोषणको अवस्था निर्धारण गरिन्छ । त्यस्तै पोषकतत्व बालभिट्टा पनि वितरण गरिन्छ ।
भिटामिन ‘ए’
भिटामिन ‘ए’ ले रतन्धो र अरू संक्रमणका विरुद्ध लड्न सहयोग गर्दछ। केही सागसब्जी, युतूला जातक गर्भवती महिलाहरू रतन्धो रोगबाट पीडित हुन सक्छन्। यसबाट उनीहरूको भोजनमा फूलहरूमा भिटामिन ‘ए’ भिटामिन ए को कमी थियो भन्ने थाहा हुन्छ। यसकारण महिला गर्भवती हुनासाथ प्रशस्त पाइन्छ। शरीरलाई थप भिटामिन ‘ए’ युक्त खानाको आवश्यकता पर्दछ।
भिटामिन ए को कमीबाट केटाकेटीहरूमा अन्धोपन हुन सक्छ। गर्भवती महिलाले भिटामिन ए युक्त खानाहरू खाएर भिटामिन ए को मात्रा शरीरमा जम्मा भएमा यस्ती आमाको दूधबाट बच्चाले पनि भिटामिन ‘ए’ प्राप्त गर्न सक्छ । ‘
भिटामिन ए को प्रयोग
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरूको उपचारमा भिटामिन ए को प्रयोग गर्ने गरिन्छ । जस्तैः रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण, छालाको रोग आदि ।
भिटामिन ए को कमी हुँदा हुने लक्षणहरू
छाला सुख्खा हुनु र छालाको पटकपटक सङ्क्रमण हुनु ।
आँखा सुख्खा हुनु ।
राती आँखा देख्न गाह्रो हुनु ।
गर्भधान नहुनु ।
बालबालिकाको ढिलो विकास हुनु ।
पटकपटक छाती तथा घाँटीको सङ्क्रमण हुनु ।
घाउ ढिलो निको हुनु आदि ।
भिटामिन ए को प्रमुख स्रोतहरू
बालबालिकाको ५ वर्ष उमेर भित्रमा मानसिक र शारीरिक विकास तीव्र रूपमा हुने हुँदा पोषणको कमी हुन नदिन भिटामिनयुक्त खानाहरू खुवाउन आवश्यक हुन्छ । भिटामिन ए को महत्वपूर्ण स्रोतहरूमा गाँजर, पालुङ्गो, रायो लगायत हरियो सागसब्जी, पहेँलो जातका फलफूलहरू, माछा, घिउ, अण्डाको पहेँलो भाग, फर्सी, ब्रोकाउली, गोलभेडा आदि पर्छन् ।
भिटामिन ‘ए’ को क्लिनिकल प्रयोग
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरुमा भिटामिन ‘ए’ को प्रयोग गरिन्छ। जस्तैः रतन्धो, दादुरा, दीर्घ झाडापखला, कडा कुपोषण, छालाको रोग आदि।
भिटामिन ‘ए’ को कमीबाट हुने असर
प्रायजसो भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ। यसको कमीले रतन्धो रोग लाग्छ। त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरु देखा पर्छ।
भिटामिन ‘ए’ कसरी पाइन्छ?
भिटामिन ‘ए’ को महत्वपूर्ण स्रोतहरुमा गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन्।
त्यसैगरी नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। वर्षको दुई पटक कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिन्छ।श्रोत : गुगल