• के तपाई जनस्वास्थ्य सरोकारको बारेमा जान्न चाहानु हुन्छ ?
    • जनस्वास्थ्य सरोकार(PHC) नेपालका तथा अन्तराष्ट्रिय स्तरमा :अध्ययन/काम गर्दै गरेका युवा जनस्वास्थ्यकर्मीहरु द्वारा संचालित एक लोकप्रिय स्वास्थ्य सरोकारका बिषयका जानकारी,सामाग्री अबसर आदिको सहज/सरल रुपमा पुर्याउने पेज वा वेवसाइट हो /
  • जनस्वास्थ्य सरोकारले कस्ता बिषयका जानकारी प्रदान गर्दछ ?
    • जनस्वास्थ्य सरोकारले देश तथा विदेशमा स्वास्थ्य क्षेत्रमा भएका गतिविधिहरु, समस्याहरु, समसामयिक तथा नवीनतम जानकारी आदि थुप्रै बिषयको जानकारी प्रदान गर्दछ /
  • के मैले स्वास्थ्य सामाग्रीहरु पनि पाउन सक्छु ?
    • हो,जनस्वास्थ्य सरोकारले स्वास्थ्य क्षेत्रमा खाडलको रुपमा रहेका श्रोत तथा बहुउपयोगी सामाग्रीहरु तापईलाई निशुल्क रुपमा उपलब्ध गराउने छ /
  • कस्ता स्वास्थ्य समाग्रीहरु उपलब्ध हुनेछन ?
    • तपाईलाई यो महत्वपूर्ण प्रश्नका लागि जनस्वास्थ्य सरोकार परिवार धन्यबाद ज्ञापन गर्दै जनस्वास्थ्य सरोकारको यो महत्वपूर्ण अंगमा हार्दिक स्वागत गर्दछौ / कृपया तपाई धैर्य गरि अध्ययन गर्नुहोला यस प्रश्नको उत्तरमा तापईले धेरै जिज्ञासाको समाधानको निर्यौलमा पुग्नुहुनेछ /
    • ज.स्वा.स. बाट उपलब्ध हुने स्वास्थ्य सामाग्रीहरु :
      •  महत्वपूर्ण :
        • सरकारी तथा गैर सरकारी निकायका फर्म फर्म्याटहरु
        • स्वास्थ्यका हाल सम्मका ऐन तथा नियमावलीहरु
        • नीति/योजना/रणनीति तथा निर्देशिकाहरु
      • ई-हेल्थ अन्तर्गत :
        • जनस्वास्थ्य तथा मेडिकल क्षेत्रका बिशेष सामाग्रीहरु
      • स्वास्थ्य लोकसेवा तर्फका :
        • बिभिन्न सेवा समुहका नोटहरू, पाठ्यक्रमहरु
        • मोडल तथा पुराना प्रश्नहरु र तिनका उत्तरहरु
        • अनलाईन लोकसेवा तयारि
      • शैक्षिक क्षेत्रका सामाग्रीहरु :
        • बिभिन्न तह/विधाका बिषयगत ई नोटहरु, पाठ्यक्रमहरु तथा पुराना प्रश्नहरु
        • निशुल्क PDF/word/PP पुस्तक लगायतका सामाग्रीहरु
      • स्वास्थ्य प्रदिवेदनहरु :
        • राष्ट्रिय स्तरका – Annual, Census, Survey, NDHS
        • अन्तरराष्ट्रिय स्तरका – WHO & others
      • स्वास्थ्य तालिम सामाग्रीहरु :
        • बिभिन्न प्रकारका तालिमका Power points/Slides, Word Files, PDF files, Videos, Manuals, HEIC/BCC Materials लगायत थुप्रै
    • रास्ट्रिय जनस्वास्थ्य क्षेत्रका बिशेष सामाग्रीहरु
    • नेपाली तथा बिदेशी लेखकका पुस्तकहरु
    • नमुना स्वास्थ्य सामाग्रीहरु :
      • प्रश्नावलीहरु, थेसिस, प्रस्तावना, रिपोर्टहरु, अनुसन्धानहरु
  • के यहाँ भनिए बमोजिमका स्वास्थ्य सामाग्रिहरु निशुल्क उपलब्ध छन ?
    • हो, तपाईले माथिल्लो प्रश्नको उत्तरमा अध्ययन गर्नु भएका सबै स्वास्थ्य सामाग्रीहरु हाम्रो वेबसाइट बाट निशुल्क रुपमा डाउनलोड गर्न वा अध्ययन गर्न सक्नुहुनेछ / जसको लागि तपाई www.publichealthconcern.com मा जानुपर्ने हुन्छ /
  • के मैले मेरा आफ्ना स्वास्थ्य सम्बन्धि लेख रचनाहरु प्रकाशन गर्न पाउछु ?
    • बिल्कुल , तपाईले आफुने लेख्नु भएका स्वास्थ्य संग सम्बन्धित समसामयिक बिषयका लेख,रचना तथा साहित्यहरु तपशिल अनुसारका बिवरण पठाई प्रकाशन गर्न सक्नुहुनेछ :
      • लेख/रचना : प्रेषक स्वयमले लेखेको हुनुपर्नेछ, अन्य लेख रचना छायाँछवी गरि,वा चोरी गरेको हुनुहुने छैन /
      • लेखकले आफ्ना रचना/आर्टिकल पठाउदा : आफ्नो पुरा नाथ थर, स्थायी ठेगाना, कार्यरत विवरण,सम्पर्क न, ईमेल ठेगाना र हालसालै खिचेको हाई रिजोलुसन प्रोफेशनल फोटो अनिवार्य हाम्रो ईमेल ठेगाना info@publichealthconcern.com मा पठाउनुपर्ने छ /
      • तोकिएका बिवरण नपुगी आएका लेख/रचनाहरु प्रकाशन गर्न जनस्वास्थ्य सरोकार बाध्य हुनेछैन /
      • लेख रचना सम्बन्धि कुनै कपि राईट कसैले लगायामा यसको सजायको भागेदार प्रेषक स्वयम हुनेछ /
    • के जनस्वास्थ्य सरोकारले स्वास्थ्यका कार्यक्रम तथा अभियान पनि संचालन गर्दछ ?
      • हो, हामिले नेपालका बिशेष आबश्यकिय क्षेत्रहरु पहिचानहरि बिभिन्न अभियान तथा स्वास्थ्य समाजिक गतिविधिहरु संचालन गर्ने गर्दछ /
      • जस्तै : स्वास्थ्य अभियान अन्तर्गत नेपालका मामाहरुको स्वास्थ्य अबस्थाको सुधारका खातिर “गोमा आमा अभियान” निकट भविष्यमा नै संचालन हुदैछ ,
      • हरेक नेपालि स्वास्थ्य रहन “मलाई थाहा छ”  अभियान आदि /
    • जनस्वास्थ्य सरोकारका भावी योजनाहरु /
      • देशका जुनसुकै क्षेत्रमा परिवर्तनका लागि देशका जो कोहि नागरिक जिम्मेवार रहन्छ र रहनुपर्छ पनि / त्यसमा पनि स्वास्थ्य क्षेत्रलाई बिकासको प्राथमिकतामा पहिलो अंकमा राखेर अंकभार गरिन्छ / देशको कुनै एक नागरिकले यदि चाह्यो भने धेरै कुरामा फरक ल्यानु सक्छ, यसैका खातिर जनस्वास्थ्य सरोकारले राज्यको कुनैपनि स्वास्थ्य सुदृढिकरणका लागि केहि योजनाहरु अघि सारेको छ , यस्मा यदी तपाई ईच्छुक हुनुहुन्छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ /
        • हाम्रा भावी योजनाहरु स्वास्थ्य नेपाल भन्ने मूल भावमा समर्पित छन जुन मुख्य तिन भागमा विभाजन गरिएको छ :
          • Donate the program
          • Support the  cause
          • Help people’s health
    • जनस्वास्थ्य सरोकारमा आधिकारिक रुपमा कसरि सम्पर्क गर्न सकिन्छ ?
      • जनस्वास्थ्य सरोकार एक गैर नाफामुलक समाजिक संजालको ईकाई हो, बिशेष त यसले नेपाल जस्ता बिकासुन्मुख देशको कुना काप्चासम्म आम जनताको घर दैलोमा पुगेर सेवा प्रदान गरि आफुलाई स्वास्थ्य जानाकारी तथा सामाग्रीहरु संग हर वखत साथमा रहन खोज्ने स्वास्थ्यकर्मीहरुलाई लाभान्वितका खातिर प्रकाशन गर्ने गर्दछ / हामीलाई ईमेल : info@publichealthconcern.com  वा pubhealthconcern@gmail.com वा सम्पर्क न  ९७७-९८०२७९१२४७ मा सोझै सम्पर्क गर्न सक्नुहुनेछ /
        • नोट : कृपया फोनमा बिशेष काम बाहेक अन्य समय सम्पर्क नगरिदिनुहुन् अनुरोध छ /