भारतमा स्वास्थ्य तर्फ नयाँ अध्याअदेश : स्वास्थ्यकर्मिलाई दुर्व्यवहार गरे ७ बर्ष जेल !

  • प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि भारतमा एक अध्यादेश पास गरेको छ।
    भारमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरे सात वर्ष जेल सजाय हुने गरी नयाँ अध्यादेश पास गरिएको हो। कोरोनासम्बन्धी थप रणनीति तय गर्नका लागि बसेको बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त निर्णय गरेको बताइएको छ।
    कोरोना भाइरसको महासंकटकाबीच भारतमा स्वास्थकर्मीमाथि लगातार हमलाका घटना बढेपछि मोदी सरकारले उक्त फैसला गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बैठकले स्वास्थकर्मीमाथि कुनै पनि दुर्यवहार वा आक्रमण गरे ३ महिनादेखि ७ वर्षसम्मको सजाय गर्नसक्ने गरि नयाँ अध्यादेश ल्याएको हो।
    ‘थुप्रै ठाउँबाट डाक्टरमाथि भइरहेका हमलाका समाचार आइरहेका छन्। यो अध्यादेशसँगै डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कडा सजाय दिनसकिने बाटो खुलेको छ’, केन्द्रीय मन्त्री प्रकाश जावडेकरले भने। उनले चिकित्सकमाथि आक्रमण गरे कुनै पनि हालतमा नछोडिने बताएका छन्।

    ‘थुप्रै ठाउँबाट डाक्टरमाथि भइरहेका हमलाका समाचार आइरहेका छन्। यो अध्यादेशसँगै डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कडा सजाय दिनसकिने बाटो खुलेको छ’,

    उनले गम्भीर प्रकारका घटनामा ६ देखि ७ वर्षसम्मको सजाए र ५० हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने बताए। यदि स्वास्थ्यकर्मीको गाडिमा आक्रमण गरे बजार मूल्यभन्दा दुई गुना बढि रकम असुल गरिने छ।
    बैठकमा कोरोना भाइसले भारतमा पुर्‍याएको क्षेती र आगामी रणनीतिका विषयमा पनि छलफल गरिएको बताइएको छ।
    बुधबार बिहानसम्म भारतमा १९ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ६ सय ४० जनाले ज्यान गुमाइसकेका छन्।हेल्थपोस्ट नेपाल