• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

मन्त्रिपरिषदमा पुग्य कोभिड पोजेटिभ कर्मचारीको बिदा सम्बन्धी प्रस्ताव

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

Public Health Concern by Public Health Concern
November 4, 2020
in जानिराखे राम्रो, जानी राखे राम्रो, स्वास्थ्य सुचनाहरु, स्वास्थ्यमा अहिले, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
मन्त्रिपरिषदमा पुग्य कोभिड पोजेटिभ कर्मचारीको बिदा सम्बन्धी प्रस्ताव

कोरोना पोजेटिभ कर्मचारीलाई बिदा दिने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिनेबारेको प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको हो । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बढीमा १४ दिनसम्म कर्मचारीलाई बिदा दिन लागिएको हो ।

स्रोतका अनुसार अस्पतालमा भर्ना भएको अवस्थामा अस्पताल अवधिभर, आइसोलेसनमा बसेको छ भने बढीमा सात दिन र कोभिड पोजेटिभ आएमा बढीमा १४ दिन बिदा दिन प्रस्ताव गरिएको छ ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने भए पनि कोरोना सङ्क्रमण भएको अवस्थामा उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिनुपर्ने कर्मचारीको मागसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो । यद्यपि कतिपय अवस्थामा कोरोना पोजेटिभ भएको महिनौँसम्म पनि रिपोर्ट नेगेटिभ नआउने कर्मचारीको सङ्ख्या पनि उतिकै छ । रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेसनमै बस्नु पर्ने सरकारी नियमाअनुशार बाहिरसमेत निस्किन नहुने अवस्थामा त्यस्ता कर्मचारीहरूले कार्यालयमा जाने कुरै हुँदैन, यस्तो अवस्थामा भने थप निर्णय आवश्यक देखिन्छ ।

पहिलो पटक रिपोर्ट पोजेटिभ देखिएसँगै नेगेटिभ आएको तीन दिनपछि मात्रै कार्यालयमा जाने अवस्थामा रहेकोले रिपोर्टका आधारमा बिदाको निर्णय गर्नुपर्ने एक सङ्क्रमित कर्मचारीको भनाई छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

Tags: कोभिड१९निजामति कर्मचारी
Previous Post

निजामति कर्मचारीहरुलाई सरुवा हुन बाटो खुल्ला !

Next Post

वीर अस्पाताल ईमरजेन्सी भिभागका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा /

Next Post

वीर अस्पाताल ईमरजेन्सी भिभागका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In