महामारीमा स्वास्थ्यकर्मीको योगदान अनि राज्यको मुल्यांकन : धैर्यताको बाध नटुटोस !

स्वास्थ्यकर्मीको कलम

स्वास्थ मन्त्रालयले स्वास्थ्यकर्मीलाई COVID19 संक्रमण पहिचान, उपचार तथा रोकथाम वापत प्रोत्साहन स्वरुप दिने भनेको जोखिम भत्ता निर्देशिका २०७७ आयो र यसपछि यो निर्देशिका बमोजिम त हामी सबै स्वास्थ्यकर्मी COVID 19 को जस्तो महामारी सङ युद्ध गर्ने प्रमुख सिपाही नै हौ जस्तो विस्वास लाग्थ्यो हैन रहेछ /

COIVID 19 संक्रमण पहिचान, रोकथाम तथा उपचारमा सबै स्वास्थ्यकर्मीको , आफ्नो तर्फबाट महत्त्वपूर्ण भुमिका र जिम्मेवारी छ भन्ने दृढ़ विस्वास थियो र यो कुराको पनि हामीलाई भ्रम रहेछ भन्ने लाग्यो, स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता निर्देशिका हेर्दा र पढ्दा /

स्वास्थ्य मन्त्रालय अनुसार केही सिमित स्वास्थ्यकर्मीहरु जो पर्याप्त सुरक्षा सामाग्री सहित फिबर क्लिनिक ,क्वारेन्टाइन आदिमा काम गर्छ्न तिनीहरु बाहेक अरु सबै दुरदराजका गाउका स्वास्थ्य संस्था ,अस्पतालको इमर्जेन्सी ,इन्डोर आदिमा निरन्तर अपर्याप्त सुरक्षा सामाग्री बिना स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मीको न त कोरोना महामारी विरुद्धको लडाइँमा योगदान नै देखियो न राज्यको नजर मानै /

तिनीहरुलाई स्वास्थ्य सेवा जस्तोसुकै बिरामीलाई दिदा पनि कोरोना संक्रमण को जोखिम नै नहुने देखियो सायद त्यही भएर होला केही सिमित स्वास्थकर्मी बाहेक अरु सबैको योगदानलाई अवमूल्यन गरेको /

अर्थको अनर्थ नलागोस, यी स्वास्थकर्मी कति भत्तामुखी भएका ? भत्ता भएन भनेर कति रोइलो गरि रहेका भनेर ,तर मेरो भनाइ यो अहिलेको यस बिषम परिस्थितिमा महामारीको त्रासले सारा संसार लाई त्राहीमाम गराइ रहदा र लगभग सारा संसार लगायत नेपाल पनि लकडाउन बन्द र ठप्प हुदा आमनागरिक तथा अन्य कर्मचारी सुरक्षित रहन घरमै बसेका छन /

अरु कर्मचारी लाई सार्वजनिक विदा सहित घरमै बसि तलब भत्ता दिने व्यवस्था सरकारले गरि घरमै सुरक्षित बस्न भनेको छ / पसलेहरु पसल बन्द ,यातायात व्यवसायी यातायात बन्द र अन्य सेवा दिने प्रदायकहरु पनि आफ्नो सेवा बन्द गरि संक्रमण बाट जोगिन घरमै सुरक्षित बसिरहेका छ्न तर स्वास्थ्यकर्मि बिश्वका बिकसित र सुविधा सम्पन्न देशहरुमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मिहरु सक्रमित भएर मृत्यु भएको भयानक खबर र दृश्य देखेर पनि पर्याप्त सुरक्षा सामाग्री बिना आफ्नो जिवनको कुनै ख्याल नै नगरि आफ्नो पेशागत धर्म र जिम्मेवारी निर्वाह गर्न कोरोना युद्धमा होमिए देश लाई बचाउन अगाडि बढी काम र जिम्मेवारीमा समर्पित छ्न , तर राज्यले त्यसरी त्याग र समर्पन गर्ने स्वास्थकर्मीको मनोबल र हौसला बढाउने र उनिहरुलाइ उचित सम्मान दिनुको सट्टा उल्टो स्वास्थ्यकर्मि को योगदानको अवमूल्यन गर्ने, मनोबल गिराउने,पेशा प्रती वितृष्णा जगाउने काम गर्यो जस्ले सम्पूर्ण स्वास्थ्यकर्मी लाई यो देशले कुन हैसियत र कस्तो दृष्टिका रूपमा हेरेको छ भन्ने प्रष्ट भएकोछ।

हुनत स्वास्थ्यकर्मिको योगदान लाई कुनै भत्ताको तराजुमा तौलिन मिल्दैन, ज्यानको बाजि राखेर गरेको महान समर्पण सहितको योगदानलाई कुनै भत्ताले खरिद गर्न सक्ने र भत्ताको लागि मात्रै स्वास्थ्यकर्मीले आफ्नो योगदान बेच्ने,आफ्नो जिम्मेवारी पूरा गर्ने त हुँदै होइन /

देशलाई परि आएको खण्डमा स्वास्थ्यकर्मी आधा तलब र एक छाक खाएर पनि देशको लागि काम गर्न हिजो पनि तयार थिए,आज पनि तयार छन र भोलि पनि तयार नै रहनेछ्न, तर पनि राज्यले स्वास्थ्यकर्मी लाई यो विपद र जोखिमको अवस्था महामारी सङ लडन मनोबल उच्च बनाउने ,उचित सम्मान र प्रोत्साहन गर्ने भनेर ठिक त्यसको उल्टो बाटोले स्वास्थ्यकर्मिलाइ दिएको धोका र गरेको विभेद र अन्याय प्रतीको आपत्ति र गुनासो मात्रै हो ।

यो देशका नेतृत्व र नीति निर्माताहरुलाइ यो कुराको हेक्का रहोस:

  • विगत देखि वर्तमान सम्म र भविस्यमा पनि यो देसलाई महामारिबाट बचाउन अग्रिम मोर्चामा खटिएका र खटिने स्वास्थकर्मी नै हुन
  • देश र जनताको लागिआशा र भरोसाका केन्द्र तिनै अस्पताल ,स्वास्थ्य चौकी सेतो पहिरनधारी स्वास्थकर्मी मात्रै भएका छ्न

कतिले यो तेस्रो विस्वयुद्द हो र यो लडाइँ स्वास्थ्यकर्मीले लडदैछ्न भनेका छ्न ,सोचौं त एकपटक यदि स्वास्थ संस्था ,अस्पताल र तिनीहरुले दिने सेवा बन्द भएको भए कस्तो अवस्था आउथ्यो होला?

विगत देखि वर्तमान सम्म राज्यले स्वास्थकर्मीलाई कहिले अव्यवस्थित समायोजन,लामो समय सम्म स्वास्थ सेवा ऐन सम्मत गर्नु पर्ने स्तरवृद्धि विभिन्न कुरा हवाला दिदै रोकि रहेको ,वृति विकासको ढोका बन्दै गरेको छ ,कति स्वास्थ्यकर्मीको पद घटुवा गरेर निराश र मनमा पेशा प्रती वितृष्णा उत्पन्न गराउदै मनोबल गिराउदै आएको छ /

आशा अझै पनि छ : राज्यले स्वास्थकर्मिको धैर्यताको बाध टुट्न भन्दा पहिला नै स्वास्थ्यकर्मीलाई उच्च मनोबल बनाउन,योगदानको उचित कदर र सम्मान प्रदान गर्नेछ र देशको स्वास्थ्य सेवा र सयन्त्र लाई अझै बलियो ,विकसित र सुदृढ बनाइ सम्पूर्ण स्वास्थ्यकर्मी लाई देश स्वास्थ्य  बनाई स्वास्थ्य सूचकांकको प्रगति गराउन अझै हौसला र प्रोत्साहन दिनेछ।

लेखक : केवल सिंह भूल हाल, टीकापुर नगरपालिका कैलाली को धनसिहपुर स्वास्थ चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ /

कृपया आफ्नो प्रतिक्रिया छाड्नुहोस /