महिनावारी स्वास्थ्य दिवस बिशेष कविता : स्कुल जादा रगत बग्यो /

  • रगत मेरो बगेको हो, तर्किन्न म हिड आफै तर्कियर
    मैले छुदा छोइ भाको,चोखो अरे सुनपानी ले छर्कियर।
    12 बर्स हुदा महिनाबारि भाइ सङ छुटायर आमा गोठ मा लैजानु भो
    अँध्यारो ठाउँ भाइ लाई सम्झि चिसो आटो खाँदा खेरी धन्नै मरे सर्कियर।
    ……..
    सुति कपडा प्रयोग गर्न मिल्दोरैछ था भयन, प्याड थियन स्कुल गैन
    महिनाबारीले सफल्ता पक्कै छेक्छ,सुधार्नलाइ अरु देश लाई फर्कीहेर।
    स्कुल नर्स कार्यक्रम कागजमा छ, लागू गर्ने कहिले सरकार?
    स्कुल गको रगत खस्यो प्याड फेर्ने ठाउँ भयन घरमै आय फर्कियर।
    ………
    पेट दुख्दा को पीडा भोग्दा आवाज आयो आमा पेट दुख्यो भनी
    आँसु खस्यो सबलाइ यस्तै हुन्छ भन्दै आमा बोल्दा झर्कियर।
    हाम्रो समाज कहिले बुज्छ ,महिनावारी महिलाको समय चक्र भनी
     दाइभाइ नछोउ मन्दिर नजाउ यस्तै भ्रम सुन्दा मेरो आँसु खस्यो दर्कियर।
     इन्फेक्सन र पाठेघरको क्यान्सर समेत हुने रैछ, सरसफाइ मा ध्यान नदिय
     महिनाबारी सरसफाइ को जनचेतना जगाउन लागौ सबै चर्कियर।
    रगत मेरो बगेको हो, तर्किन्न म हिड आफै तर्कियर।
    मैले छुदा छोइ भाको,चोखो अरे सुनपानी ले छर्कियर।
    लेखक : भुमि शर्मा, हाल IOM मा BPH दोश्रो बर्षमा  अध्यनरत  हुनुहुन्छ /