मातृ सुरक्षा चक्की(Misoprostol) खरीद गर्न सातै प्रदेशलाई निर्देशन !

  • काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सातै प्रदेशका प्रदेश आपूर्ति केन्द्रलाई पत्राचार गर्दै मातृ सुरक्षा चक्की खरीद गर्न निर्देशन दिएको छ।
    मन्त्रालयले  लकडाउनका कारण घरमा सुत्केरी हुने र उच्च भई मातृम मृत्युदर बढ्ने जोखिम  न्यूनिकरण गर्न मातृ सुरक्षा चक्की खरीद गर्न भनेको हो।
    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले प्रदेश आपूर्ति केन्द्रहरुले चालु आर्थिक वर्षको प्रदेशमा विनियोजित बजेटबाटै यथाशिघ्र चक्की खरीद गरी मौज्दात सुनिश्चित गर्न अनुरोध गरेका छन्।
    लकडाउनका कारण यातायातका साधन नचलेका कारण गर्भवतिहरु सुत्केरी हुन र नियमित जाँचका लागि अस्पताल जानसकेका छैनन्। भने, घरमै सुत्केरी हुँदा विभिन्न जटिलता हुने र स्वास्थ्य सेवा उपलब्ध नहुँदा घरमा मातृ मृत्युदर  बढिरहेको बताइएको छ। स्वास्थ्यखबर