यस वर्षको भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने /

  • यस बर्षको राष्ट्रिय भिटामिन ए तथा जुकाको आम औसधि सेवन कार्यक्रम आगामी २०७७ मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते याे  कार्यक्रम तय गरिएकाे थियाे। 

    परिवार कल्याण महाशाखाका निर्देशक डा भीनसिन तिंकरीले  मंसिर ११ र १२ गते भिटामित ए रर जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए।

    उनले भने,‘नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो। ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

    देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

    महाशाखाका अनुसार देशभरका  २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाइने छ।