• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

युनिसेफ भन्छ :अब ६ महिनाभित्र दक्षिण एसियामा १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ /

Public Health Concern by Public Health Concern
May 15, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय, स्वास्थ्यमा अहिले
0
युनिसेफ भन्छ :अब ६ महिनाभित्र दक्षिण एसियामा १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ /

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ ।

युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने सबैभन्दा खराब अवस्थामा कम र मध्यमस्तरको प्रतिव्यक्ति आय भएका मुलुकमा ५ वर्षमुनिका १२ लाख बालबालिकाको ६ महिनाभित्र मृत्यु हुन सक्छ ।

महामारीको कारण पछिल्लो समय बालबालिकाको लागि नियमित स्वास्थ्य सेवा कार्यक्रम प्रभावित बनेका छन् । साथै उनीहरुले पौष्टिक आहार पनि पाउन सकेका छैनन् ।

अनुसन्धानकर्ताहरुका अनुसार आगामी ६ महिनामा भारतमा मात्र तीन लाख बालिबालिकाको मृत्यु हुनेछ, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा चार हजार बालबालिकाको मृत्यु हुनेछ ।

युनिसेफको दक्षिण एसियाका क्षेत्रीय निर्देशक जिन गोउफले एक दशकमा पहिलोपटक पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरे ।

उनले कुनै पनि अवस्थामा आमाहरु, गर्भवती महिला र बालबालिकाको रक्षा गर्नुपर्ने बताए । उनले महामारीविरुद्ध लड्न जरुरी भए पनि मातृशिशु रक्षा कार्यक्रम रोक्न नहुने बताए । उनले महामारीको समयमा पनि बच्चाको जन्म, बालबालिकाको स्वास्थ्य र पोषण सेवा निकै महत्वपूर्ण हुने बताए ।

यसअघि नै स्वास्थ्य प्रणाली कमजोर रहेका मुलुकमा कोरोना भाइरसको महामारीको कारण स्वास्थ्य सेवामा थप अवरोध सिर्जना भएको छ । साथै वित्तीय र जनशक्तिको पनि अभाव देखिएको छ । लकडाउनको कारण स्वास्थ्य केन्द्रमा पनि मानिसहरु आउन छाडेका छन् ।

युनिसेफले गरेको आकलन अनुसार महामारीको असर सबैभन्दा कम देखिएको खण्डमा पनि विश्वभर दैनिक एक हजार चार सय मानिसको मृत्यु हुनेछ ।अनलाईन खबर

Tags: child healthunicefबालबालिकाको मृत्युयुनिसेफ भन्छ दक्षिण एसिया
Previous Post

Hypothesis Testing and Difference Between Type I and Type II Error-Public Health Notes

Next Post

कोभिड-१९ का लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका २०७७

Next Post
कोभिड-१९ का लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका २०७७

कोभिड-१९ का लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In