राजमार्ग छेउछाउ अब ट्रमा कर्नर !यस बर्ष २३ वटा बन्ने, १ करोड बिनियोजन !(लिस्ट सहित)

  • काठमाडाै – सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारकाे लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका स्वास्थ्य  केन्द्रहरूलाइ  ट्रमा कर्नरको व्यस्थाको रुपमा विकास गर्ने भएको छ।

    यसै आर्थिक वर्ष देखि शुरु हुने ती कर्नरका लागि संचालन कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा उपचार सेवा विस्तार गर्ने पहिलो चरणमा ५४ वटा स्वास्थ्य संस्थामा ट्रमा कर्नर निर्माण गर्ने प्रस्तावनाको तयारीमा सरकार लागेको छ। त्यसैगरी सुर्खेतकाे राकम र धादिङ्गकाे गजुरीलाइ अागामी वर्षबाट ट्रमा सेन्टरकाे रूपमा विस्तार गर्ने प्रस्ताव गरीएकाे छ ।

    राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको चोटपटक लागेका नेपालको विरामीहरूले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने उद्देश्यका साथ ट्रमा कर्नर विस्तार गर्न लागिएको मन्त्रालयकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए । तर काहाँ वनाउने र कस्ताे-कस्ताे सेवा उपलब्ध हुने भन्ने विषय छलफलकै चरणमा रहेकाे जानकारी दिए ।

    प्रस्तावित कार्यविधिमा उल्लेख भए अनुसार, निर्माण हुने ट्रमा कर्नरमा प्रत्येक संस्थाबाट कम्तिमा एक जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिई ट्रमा कर्नर संचालन गरी ट्रमा उपचार सेवा विस्तार गर्ने प्रकृया अगाडी बढाउनेछ।

    सरकारले ट्रमा कर्नर विस्तारको लागि १ करोड ६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याईएको छ। उक्त रकमबाट ट्रमा कर्नर स्थापनाको लागि प्रति एक स्वास्थ्य संस्था एक लाख सत्तरी हजार रुपैयाँको दरले एकानब्बे लाख असी हजार सम्बन्धित स्थानीय तहलाई उपलव्ध गराउने र बाँकी रकम बाह्र लाख असी हजार रुपैयाँ अभिमुखीकरण तालिम र अनुगमनको लागि बिनियोजन गरिएको प्रस्तावनामा उल्लेख छ। कार्यविधि लागु भएसँगै ट्रमा कर्नरको निर्माण कार्य तुरुन्तै थालनी हुने प्रस्तावनामार्फत मन्त्रालयले जनाएको छ। हेल्थआवाज

    हेरौं ट्रमा कर्नर स्थापन गरिने स्वास्थ्य संस्थाको नाम र बजेट बिनियोजनको सूची :