रुढीबादी र पारिवारिक कुरा ले यस्तो नहोस् !

  • एकपटक पढ्नुहोस


    हिजो देउलेख प्राथमिक स्वास्थ्य केन्द्र मा खप्पर को हड्डि नभएको बच्चा जन्मिएको छ! यो समस्या लाई Anencephaly भनिन्छ! उक्त गर्भवती महिला पहिलो पटक जांच गर्न आउने क्रम मा भाद्र ५ गते (करिब ५ महिना को गर्भावती अवस्थामा) Ultrasound scanning गर्दा मैले बच्चा को टाउको मा समस्या छ, बच्चा फाल्नु पर्छ, तुरुन्त डडेलधुरा अस्पताल जाउ भनेर भनेको थिएँ (रिपोर्ट मा हेर्नुहोस)!
     
    हामी ले त्यसो भन्दा अझ ती महिला की सासु ले मेरो कुल मा अहिले सम्म कसई लाई त्यस्तो दाग लागेको छैन , तपाई त्यत्तिकै भन्नु हुन्छ भनी झगडा समेत गरेकी थिइन्! पछि थाहा पाए अनुसार उनी पारिवारिक कारण देखाउँदै त डडेलधुरा सम्म पनि जान सकिनन्! ! हिजो एक्कासी करीब ८ महिना को गर्भवती अवस्थामा व्यथा लागेर अस्पताल आउँदा मृत बच्चा जन्माइन!

    एउटा अन्धविश्वास तथा पारिवारिक झगडा को कारण ती महिला ले बेकाम को थप् यत्रो दुःख पाइन्। श्रावण यता यस अस्पताल मा जन्मिएका करिब ४० बच्चा मध्य २ जना (करिब ५%) मा हामीले यस्तो समस्या पाइसकेका छौ, जुन सामान्य भन्दा एकदमै धेरै हो!
    यस्तो समस्या हुनु को मुख्य कारण folic acid ( एक किसिमको भिटामिन)को कमी हुनु हो!

    यो भिटामिन गर्भवती हुनु पूर्व देखि गर्भवती भएको ३ महिना सम्म अनिवार्य रूपमा खानु पर्दछ!जनहित को लागि Share अबस्य गर्नुहोला ।
    (महिला को नाम र ठेगाना गोप्य राखिएको छ) Source