रेविज(Rabies) रोग सम्बन्धि बिशेष सामग्री (प्रस्तुतीकरण,प्रश्न उत्तर तथा जानकारी समेटिएको)

परिचय :
रेबिज (Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै :- स्यालब्वाँसोफ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई “पानीबाट डराउने रोग” वा हाइड्रोफोबिया पनि भनिन्छ।
रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ।रोगी जनावरको र्‍यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

संक्रमण हुन सक्ने जीवहरु

चरा वा स्तनधारी वर्गका यी जनावर, जसलाई लाईसा नामक भाइरसको सङ्क्रमण छ, त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ ।मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।
गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।
स्तनधारी प्राणी र चरा हरूले आफ्नो शरीरको तापक्रम लाई बाह्य वातावरण अनुसार सधै सन्तुलनमा राख्ने भएकोले भाइरस लाई अनुकुल अवस्था उत्पन्न हुन्छ तर सर्प, माछा जस्ता जीव हरूमा यो क्षमता नहुने भएकोले उनी हरूमा लाईसा भाइरसको असर रहदईन त्यसईले त्यस्ता जीव हरू यो रोग वाट मुक्त हुन्छन् ।

सर्ने तरिका

रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरू सँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ। रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ। रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ।

लक्षण

  • रेबिज रोग लागेको जनावरहरुमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो ।
  • गाई र भैंसी
    • धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने
  • कुकुर
    • रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ। यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन्। रोगी कुकुर पनि भुक्न खोज्छ तर सास सुकेको हुन्छ र भुक्दा सास आँउदैन। रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिडेको देखिन्छ।
  • मानिस
    • रेबिज रोग लागेको मान्छे पानीवाट डराउँछ। रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ।लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।
    • पहिलो अवस्था– टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।
    • दोस्रो अवस्था– चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग / जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।
    • तेस्रो अवस्था– र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुदै मृत्यु हुन्छ ।
  • असर
    • रेबिज रोगको असर दिमागमा पर्छ। यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ। रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ।रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शतप्रतिशत मर्दछन् । विश्वमा अहिलेसम्म रेबिज लागेकामध्ये तीन जनामात्र बाँचेको पाइएको छ ।

उपचार पद्दतिमा नया आयाम :
विश्व स्वस्थ संगठनले सन् २०१० मा प्रकाशित रेबिज विरुद्धको निर्देशिकामा केही परिवर्तन गरेको छ। सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरुको गहन छलफलपछि निकालिएको निर्क्योलको सिफारिसलाई विश्व स्वस्थ्य संगठनले हालै प्रकाशित गरेको निर्देशिकामा समावेश गरेको हो।
यो निर्देशिकाको मुख्य विशेषता भनेको आजसम्म लगाउँदै आइरहेको सुईको अवधि पहिलेको निर्देशिकामा उल्लेख गरेकोभन्दा छोटो हुनु हो। यसबाट उपचार गर्दा लाग्ने समय अवधि र आर्थिक भार कम हुनेछ।
नेपालले पनि रेबिज विरुद्धको सुई लगाउने अवधिलाई छोट्याएको छ। यो नयाँ तालिका केही दिनयता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि लागू गरिसकेको छ।
धेरै स्वास्थकर्मीले अहिले पनि पुरानै तालिका प्रयोग गरिरहेको र सुई लगाइरहेकाहरुबीच पनि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउँदा लगाउने अवधिलाई लिएर केही अन्योल छाएको देखिन्छ।
नयाँ तालिकामा के छ?
रेबिज विरुद्धको सुई हाल दुई प्रकारले लगाउने गरिन्छ।
१) छाला मुनि लगाउने।
२) मासु मुनि लगाउने।

  • छाला मुनि लगाउने- नयाँ तालिकाअनुसार छाला मुनि लगाउँदा अब तीन पटक मात्र लगाए हुन्छ। योभन्दा अगाडि चार पटक लगाउनु पर्थ्यो। यो तरिका अनुसार हरेक पटक आउँदा दुबै पाखुराको छाला मुनि ०.१ एमएल/०.१ एमएल (दुबैमा गरि ०.२ एमएल) दिने गरिन्छ। यो तालिमप्राप्त स्वस्थकर्मीहरुबाट मात्र लिनुपर्छ।
  • मासु मुनि लगाउने- यो तरिकाबाट लगाउँदा अब चार पटक लगाए पुग्छ। यो भन्दा अगाडि पाँच पटक लगाउनु पर्थ्यो। यो एक पटकमा एक भाइल एउटा पाखुराको मासु मुनि दिने गरिन्छ। यो टिटानसको सुई जस्तैगरी मासु मुनि दिने भएकोले अस्पताल आउन समय नहुनेले बाहिर पनि लगाउन सक्छन्।

सुई लगाउँदा के खान हुने के नहुने?
यो प्रश्न सबैभन्दा बढी सुई लगाउन आउनेले सोध्ने गरेको पाइन्छ। सुई लगाउने अवधिभर यो अथवा त्यो खाने वा नखाने भन्ने हुँदैन तर धूमपान, मधिरापान, खैनी जस्ता अम्मल छोड्नु राम्रो हुन्छ।
रेबिज सम्बन्धि बारम्बार सोधिने प्रश्नहरु र तिनका उत्तरहरु :
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/faq-on-rabies-nepali-version.pdf.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस”]
रेबिज सम्बन्धि बिशेष प्रस्तुतीकरण :
[embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/09/RABIES.pdf” download=”all” viewer=”google” text=”Download गर्नुहोस”]
सन्दर्भ सामाग्रीहरु :

  1. https://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A5%87%E0%A4%AC%E0%A4%BF%E0%A4%9C
  2. https://www.setopati.com/kinmel/medical/73789
  3. http://kathmanduonline.gov.np/content/429/2019-04-26/kfKQwDSTgV