नया थप भएको खोप : रोटा खोप सम्बन्धि पूर्ण जानकारी एकै ठाउँमा /

रोटा भाइरसबाट हुने पखलाको अवस्था र खोप शुरुवातको औचत्यि तथा रोटा भाइरस पखलाबारे जानकारी :

रोगजन्य महामारी प्रवृती – विश्वको अवस्था – विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा ५ वर्षमुनिका बच्चाहरुमा हुने कुल मृत्यु मध्य अहिले पनि ८ प्रतिशत मृत्यु पखलाबाट हुने गरेको छ ।पखालाको कारणवाट हुने कुल मृत्यु मध्येमा एक तिहाई मृत्यु रोटा भाईरसको कारणवाट हुने गरेको छ । त्यसैगरी बर्सेनी झण्डै २० लाख मानिसहरु रोटा भाईरस संक्रमणको कारण अस्पतालमा भर्ना हुने गरेको देखिन्छ र विगतको तथ्याकंहरु हेर्दा रोटा भाईरस संक्रमणको कारण बर्षेनी विश्वभर २१५,००० वालवालिकाको मृत्यु हुने गरेको देखिन्छ (WHO 2013 )
रोगजन्य महामारी प्रवृती – नेपालको अवस्था – HMIS को तथ्यांक अनुसार पखालाका नयाँ रोगी वार्षिक प्रति १००० सरदर ३८५ देखि ४२२ हुने गरेको छ (आ.ब ०७४।७५)। उक्त रोगी मध्ये प्रति एकलाख ७ देखि १३ जना (०.०७-०.१३/१०००) मृत्यु हुने गरेको छ । नेपालमा ५ वर्ष मुनिका ११ लाख भन्दा धेरै बच्चाहरुलाई पखाला लाग्ने गरेको छ । झाडापखालाको कारण अस्पताल भर्ना हुने ५ वर्ष मुनिका बच्चा मध्ये ३०% बच्चाहरुमा रोटा भाईरसको कारणबाट हुने पखला भएको देखिन्छ ।

✅रोटा खोप शुरुवातको औचित्य

– अन्तराष्ट्रिय खोप कार्यक्रमको उद्देश्य तथा वहुवर्षिय खोप कार्य योजना (सन् २०१७-२०२१) को लक्ष्य अनुसार नयाँ खोप तथा प्रयोगमा आईरहेका अन्य खोपहरु राष्ट्रिय खोप कार्यक्रममा क्रमशः थप्दै जाने सो नीति अनुरुप रोटा भाईरसले गराउने पखालावाट वालवालिकालाई वचाउन आ.व. २०७५/०७६ बाट नियमित खोप सेवा मार्फत रोटा खोप शुरुवात गर्ने निणर्य भएको हो ।

✅रोटा खोपको परिचय

–  यो खोप निस्कृय पारिएको जिवित विषाणु (Live Attenuated) वाट तयार गरिएको सफा झोल (Colorless) को रुपमा आउँछ । यो खोप एक प्याकमा ५ वटा प्लास्टिकको ट्युबमा हुन्छ । एक वच्चाको लागि एक मात्रा (१ ट्युब) मात्र दिइन्छ ।
नेपालमा हाल च्यतबचष्ह नामको खोप प्रयोगमा ल्याईएको छ । सन् २००६ देखि हाल सम्म विश्वका ९० भन्दा बढि देशहरुमा रोटाभाइरस खोप संचालनमा छ । अन्य खोपझै यो खोप पनि अत्यन्त सुरक्षित र प्रभावकारी छ । 

✅बनावट र मात्रा

  •  खोपको प्याकिङ्गमा ५ वटा ट्युवहरु एउटै प्याकमा आउछ । उक्त प्याकिङ्गबाट एउटा ट्यूव छुटाएर एउटा बच्चालाई पुरै मात्र खुवाउनु पर्छ ।
  • प्रत्येक ट्युवमा १.५ एम.एल खोप रहेको हुन्छ  :-   (1 packing =5 tubes, 1 tube = 1 dose; 1 dose  = 1.5ml liquid)

✅भण्डारण

  •  रोटा भाइरस खोप  Freeze Sensitive खोप हो, त्यसैले खोपलाई जम्न दिनु हुन्न । 
  • यो खोप जहिले पनि +२ देखि +८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्दछ  । 
  • यदि खोप जम्न गएमा प्रयोग गर्नु हुदैन ।

✅मात्रा र खोप दिने उमेर

  • यो खोप ६ हप्ता र १० हप्ताको उमेरमा (ओ.पी.भी. तथा पेन्टाको पहिलो र दोस्रो मात्रा सँगै) दिने प्रत्येक बच्चाको लागि एक मात्राको प्लास्टिक ट्युव हुन्छ, त्यो ट्युवमा भएको सवै मात्रा (करिव १.५ एम.एल) खुवाउनु पर्दछ ।
  • यो खोप दिंदा दुई मात्राको बिचमा कम्तिमा चार हप्ताको फरक हुनु पर्दछ ।

नोटः यदी रोटा खोप लगाउन तालिका अनुसार नआएमा २४ महिना भित्रमा १र१ महिनाको फरकमा दुबै मात्रा दिने तर २४ महिना पछाडी कदापि दिनु  हुँदैन ।

खोपको हुन सक्ने असर

  • यो खोप लगाएपछि केही वच्चालाई सामान्य पखाला तथा पेटको गडवडी (क्ष्चचष्तबदष्ष्तिथ)हुन सक्छ ।यो खोप लिएको प्रति एक लाख वच्चाहरु मध्ये १ वा २ जना सम्ममा आन्ध्रा खस्ने (Intussusceptions )हुने भनिएको भएतापनि हालसालै अफ्रिकाका ७ बटा देशहरुमा गरिएको यस खोप Rotarix को अध्ययनले यस्तो जोखिम नभएको पाइएको छ ।

खोप दिन नहुने अवस्थाहरु

  • पहिलो मात्रा रोटा भाइरस खोप दिंदा Hypersensitivity भएमा दोश्रो मात्रा नदिने ।
  • बच्चामा यो भन्दा अघिआन्ध्रा खस्ने ( Intussusceptions ) भएको थाहा भएमा ।
  • बच्चालाइ तारन्तार पखाला वा बान्ता भइरहेको अबस्था भएमा ।
  • रोग प्रतिरोधात्मक शक्तिमा कुनै खराबी भएको (इम्युनोडेफसेन्सी) थाहा भएमा, जस्तैः एड्स भएको अवस्था  ।

✅रोटा भाईरस खोप खुवाउने विधि र प्रक्रिया

  1. एक एक मात्राको रोटा खोपको पाँचवटा ट्युब सँगै रहेको हुन्छ ।  
  2. पाँच मात्राको प्याकिङ्गबाट १ मात्राको ट्युब निकाल्नको लागी ट्युबलाई हल्का दाँया तिर तान्नुहोस् ।
  3. त्यसपछि ट्युबलाई हल्का दाँया तिर घुमाउनुहोस् र  त्यसपछि ट्युबलाई हल्का तल तिर तान्नुुहोस् ।
  4. अब बच्चालाई तल दिएको प्रक्रिया अनुसार मुखबाट रोटा खोप खुवाउनुहोस् ।
  • एक एक मात्राको रोटा खोपको पाँचवटा ट्युब सँगै रहेको हुन्छ ।
  •      पाँच मात्राको प्याकिङ्गबाट १ मात्राको ट्युब  निकाल्नको लागी ट्युबलाई हल्का दाँया तिर तान्नुहोस् ।

  • यसपछि ट्युबलाई हल्का दाँया तिर घुमाउनुहोस् र
  • त्यसपछि ट्युबलाई हल्का तल तिर तान्नुुहोस्
  • अब बच्चालाई तल दिएको प्रक्रिया अनुसार मुखबाट रोटा खोप खुवाउनुहोस् ।

 

✅खोप दिने माध्यम र तरिका

  • यो खोप मुखवाट खुवाईन्छ ।
  • यो खोप दिंदा पोलीयो थोपा जस्तै मुखमा थोपा खुवाउन गालाको भित्री भागमा ट्यूवको टुप्पो लगि विस्तारै सवै खोप निचोरेर दिनुपर्दछ ।
  • यो खोप सँगै उक्त दिन अन्य खोप तथा सुईहरु पनि दिनुपर्ने भएमा पहिला रोटा र पोलियो थोपा मुखवाट खुवाई सकेपछि मात्र सुईवाट दिने अन्य खोपहरु दिनुपर्दछ ।

याद गर्नुपर्ने कुराः

 यो खोप सामान्य विरामी, कुपोषण, एच.आई.भी. भएको अवस्था र एचभ (mबतगचभ वच्चालाई दिन सकिन्छ । प्रत्येक वच्चालाई ६ र १० हप्ताको उमेरमा २ मात्रा रोटा भाइरस खोप नछुटाई खुवाउनु पर्दछ । झाडा वान्ता भएको अवस्थामा यो खोप नदिने तर सन्चो भएपछि नछुटाई खुवाउनु पर्छ ।

✅रोटा भाईरस खोप खुवाउने तरिका :

  • खोप दिनुपूर्व खोप दिने स्वास्थ्यकर्मीले साबुनपानीले मिचिमिचि हात धुनु पर्दछ ।
  • खोप दिनु भन्दा अघि बच्चालाई आमाले काखमा तेर्सो पारेर (Semi Reclining Position) मा राख्न लगाउनुहोस् ।
  • बच्चाको गालामा हल्का दबाएर बच्चाको मुख खोल्नुहोस् ।
  • बच्चाकोगालाको कुुनाबाट भित्री भागमा पर्ने गरी ट्युबलाई छड्के पारि मुख भित्र राख्नुहोस् ।
  • अब विस्तारै ट्युबलाई निचर्दै जानुहोस् र बच्चाले निलेको सुनिश्चित गर्नुहोस् ।
  • चिउँडोलाई हातले अड्याउनुहोस् र निल्नमा मद्दत गर्नुहोस् ।

✅के भएमा तुरुन्तै आउने र 

  • धेरै (उच्च ज्वरो आएमा )बच्चाले खान दुध चुस्न कम गरेमाबच्चा ३—४ घण्टा भन्दा धेरै समय सम्म रोई रहेमासुई लगाएको स्थानबाट रगत बगीरहेमा
    बच्चामा कुनै असामान्य चिन्ह लक्षण देखापरेमा (जस्तै कम्पन)

✅खोप परिमाण अनुमान गर्ने तरिका

  • लक्षित जनसंख्या वा विगत बर्षहरुको सरदर मासिक प्रगति (जुन धेरै हुन्छ) ❎ २ मात्रा ❎ १.०५
    (५% खेरजानेदरको आधारमा) ले गुणन गर्ने ।
  • तर कार्यक्रम शुरु भएको महिना, १ मात्रा मात्र माग गर्नु पर्दछ भने दोश्रो महिना देखि विगतको पहिलो मात्रा र मासिक आवश्यकताको आधारमा दुवै मात्रा माग गर्नु पर्दछ ।

✅परामर्श गर्दा भन्नै पर्ने मुख्य सन्देशहरु

✅दिएको खोप, मात्रा र महत्व (बचाउने रोगहरु)
✅खोप लगाए पछि हुन सक्ने सामान्य असरहरु
✅फेरि आउनु पर्ने मिति, समय र पटक (बांकी खोपहरु)
✅के भएमा तुरुन्तै आउने र 
✅कार्डको प्रयोग, उपयोगिता र हिफाजत

श्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय /