लकडाउन टु लुजडाउन रणनीति : के खुल्दैछन?के खुल्दैनन? पुर्ण बिवर

  • के छ लकडाउन टु लुजडाउन रणनीति?
    पहिलो चरण:
    सेनाका अनुसार संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाउने पहिलो रणनीति छ। यसमा मुख्य क्रियाकलापहरू खुल्ला गर्दै जोखिमको प्रतिकार्यमा जुट्ने उल्लेख छ। पहिलो चरणको मोडालिटी जेठ ३२ पछि सुरू गरिने छ।
    अत्यावश्यक सवारी साधन पनि सञ्चालन गर्न सकिने छ। आन्तरिक हवाई यात्रा सम्पूर्ण सुरक्षा अपनाएर ४० प्रतिशत यात्रु राखेर खोल्न सकिने छ।
    यसैगरी, विकास निर्माणका काम र राष्ट्रिय गौरबका आयोजना आंशिक खुलाउने भनिएको छ। अस्पताललाई पहिलो चरणमा पूर्ण रुपमा खुलाइने छ।
    दोस्रो चरण
    पहिलो तहको लकडाउन खोलेको दुई हप्तामा दोस्रो तह सुरू हुन्छ। पहिलो चणमा खुलेका सबै क्षेत्र दोस्रो तहमा पनि खुकुलो नै हुन्छन्।
    दोस्रो चरणमा निजी सवारी साधन, बाह्य उडान पनि आंशिक खुलाउन प्रस्ताव गरिएको छ। यो चरणमा होटल, रेष्टुरेण्टलाई आंशिक खुलाइन्छ।
    तेस्रो चरण
    दोस्रो तहको लकडाउनको मूल्यांकन गरेर दुई हप्तामा तेस्रो चरणको लकडाउन थालिन्छ। यो चरणमा कृषि क्षेत्रलाई पूर्ण रुपमा खुलाइने छ। दैनिक उपभोग्य सामाग्रीको बिक्री वितरण, अत्यावश्यक सवारी साधनलाई पूर्ण रुपमा खुलाइन्छ।
    यो चरणमा निजी सवारीसाधन खुल्न दिइन्छ। ठूला सहरमा भने जोरबिजोर लागू गरेर जिल्लाभित्र मात्रै सवारीसाधन चल्न दिइन्छ। यो चरणमा सार्वनजनिक सवारी साधन आंशिक खुल्नेछन्। तर, ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ।
    यो तहमा घरेलु तथा साना उद्योगलाई पूर्ण रुपमा खोल्ने र ठूला उद्योगलाई आंशिक खोल्ने भनिएको छ। यही तहमा स्कुल-कलेज आंशिक खुल्छन्।
    चौथो चरण
    यो चरणमा फेरि लकडाउन दुई हप्ता थपिन्छ। संक्रमणको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमणरहित जिल्लामा शिक्षा क्षेत्रबाहेक अन्य क्षेत्रमा सामाजिक दुरी कायम गरी लकडाउन हटाइने छ।
    संक्रमण नभएका जिल्लामा भने ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारीसाधन चलाउन पाइने छ। यस चरणमा आन्तरिक उडान पूर्ण रुपमा खुल्छन् ४० प्रतिशत यात्रु राखेर।
    ठूला उद्योगहरू पूर्ण रुपमा खुल्नेछन्। विद्यालय-कलेज र विश्वविद्यालय पनि पूर्ण खुल्नेछन्।
    पाँचौं चरण
    यो तहमा चौथो चरणको मूल्यांकन दुई हप्ता लकडाउन थपिन्छ। यस चरणमा सुरक्षा सतर्कता अपानएर बाह्य उडान पूर्ण रुपमा खुला गरिन्छ। सिनेमा मल र पर्यटकीय क्षेत्र पूर्ण रुपमा खुल्छन्। होटल रेष्टुरेन्ट र बार पनि पूर्ण रूपमा खुल्छन्।
    छैठौं चरण: यो चरणमा डब्लुएचओलगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले विश्वभर संक्रमण शून्यको घोषणा गरेपछि सबै सेवाहरू सामान्य अवस्थामा पूर्ण रुपमा प्रवाह गरिने छ।
    अहिले के-के खुल्छन्, के-के खुल्दैनन्?
    नखुल्ने सेवा र कार्य
    · शैक्षिक संस्था
    · सपिङ मल, डिपार्टमेन्ट स्टोर
    · सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल
    · अनुमतिप्राप्तबाहेक अन्तर्राष्ट्रिय र आन्तरिक उडान
    · तोकिएकाबाहेक अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
    · सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
    · २५ जनाबढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
    · सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल
    · व्यावसायिक रूपमा सञ्चालित स्विमिङ पुल, जिमखाना, साउना, स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
    · समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
    · सार्वजनिक यातायात
    · बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शवबाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन
    खुल्ने क्षेत्र
    · सबै स्वास्थ्य सेवा
    · ओषधी, खाद्य, पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
    · पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
    · फौहोरमैला व्यवस्थापन
    · विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा
    · बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा
    · सबै प्रकारका कृषि तथा पशुपन्छी पालन
    · कृषि बीउ विजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार
    · उत्पादनशील उद्योग
    · निर्माण सामग्री सम्बन्धी उद्योग व्यवसाय
    · विकास आयोजना
    · निर्माण कार्य
    · नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्री वितरण
    · रेस्टुरेन्टबाट हुने प्याकिन तथा टेक अवे सेवा
    · क्वारेन्टाइनका लागि तोकिएका होटल
    · बिजुलीका सामान बिक्री र मर्मत
    · विद्युतीय उपकरण, मेसिनरी र सवारीसाधनको मर्मत गर्ने वर्कसप
    · पुस्तक पसल तथा स्टेशनरी
    · सबै प्रकारका ढुवानी सेवा
    · अत्यावश्यक सेवाका सबै कार्यालय
    · अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था पचास प्रतिशत कर्मचारी रहने गरी