सर्पको टोकाई : परिचय, लक्षण, उपचार बिधि लगायत धेरै जानकारी समेटिएको /
सर्पदश सम्बन्धि पूर्ण जाकारी समेटिएको /

वर्षायामको सुरुवात भएसँगै डेंगु, मलेरिया, स्क्रब टाइफस, सर्पदंश लगायतका बिरामीहरु देखा पर्न थालेका छन् । नेपालमा पाइने सर्पहरुमध्ये गोमन, राज गोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा गनिन्छन् । सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेमा सचेत रहन आवश्यक छ ।

परिचय :

सर्पदंश अर्थात् सर्प को टोकाई भन्नासाथ हामीले सर्प ले टोकेको क्षण सम्झन्छौं । हामी सबैलाई सर्प सँग डर लाग्छ । सर्प हेर्दै पनि डरलाग्दो र टोकाई प्राणघातक हुने हुनाले हामी सर्प सँग बढ्ता डराउने गरेका हौं । तर वास्तव मा सबै सर्प विषालु हुँदैनन् । विषालु सर्पहरु को संख्या थोरै छ । विषालु सर्प ले टोक्नासाथ विष लाग्छ भन्ने पनि छैन । विषालु सर्प ले टोक्दा पनि विष खसालेन भने तेसलाई सुख्खा टोकाई अर्थात् ड्राई बाइट, dry bite भनिन्छ ।

संसार मा हालसम्म ३०० प्रजाति का सर्पहरु पाइन्छन् तर नेपाल मात्रै ७७ प्रजाति का सर्पहरु पाइन्छन् । तेसमा पनि नेपाल मा पाइने विषालु सर्प मात्रै २१ प्रजाति का छन् । नेपाल का सबै भूभाग मा सर्प पाइए पनि गर्मी ठाउँ सर्प लाई मन पर्ने हुँदा तराई क्षेत्र मा सर्प को बिगबिगी बढ्ता हुन्छ । वर्षा लागे पछि सर्प को टोकाई का कारण मृत्यु भएका समाचारहरु निकै सुन्ने गरिन्छ । नेपाल को बाहिरी तथा भित्री मधेश का ३१ जिल्लाहरु विषालु सर्प को टोकाई बाट बढी प्रभावित भएका जिल्लाहरु हुन् ।

नेपाल मा गोमन ३ प्रजातिका, करेत ५ प्रजातिका, मुगा सर्प १ प्रजातिका, रसेल्स भाइपर १ प्रजातिका, हर्यौ सर्प ९ प्रजातिका, गुरुवे सर्प १ प्रजातिका र भ्यागुते सर्प १ प्रजातिका गरी २१ प्रजातिका विषालु सर्प पाइन्छन् । विषाक्तता को हिसाब ले यहाँ नाम दिँदा बढी विषालु देखि कम विषालु सम्म क्रमै सँग नाम दिने कोशिश गरिएको छ। नेपाल मा धेरै जसो गोमन तथा करेत प्रजाति का सर्प ले टोक्नाले मृत्यु हुने गरेको तथ्यांक छ । करेत ले राती सुतेका बेला र गोमन ले साँझ बिहान वा दिउँसो डस्ने गरेको पाइएको छ ।

नेपाल मा करीब वर्षेनी १२००० (बाह्र हजार) भन्दा बढी सर्पको टोकाई का घटना हुने गरेका छन् र ती मध्ये १० देखि २० प्रतिशत मात्रै विषालु सर्प को टोकाई का घटनाहरु हुन्छन् । विषालु सर्प को टोकाई बाट हुने उक्त घटनाहरु मा करीब १५ प्रतिशत को मृत्यु हुने गरेको तथ्यांक छ ।

सर्पको टोकाई बाट हुने क्षति लाई न्यूनीकरण गर्ने उद्देश्य ले हाल का वर्षहरु मा नेपाल सरकार ले विषालु सर्प को टोकाईको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भेनम निःशुल्क रुप मा उपलब्ध गराएको छ ।

विषालु र नविषालु सर्प कसरी चिन्ने ?

  • विषालु सर्प को टाउका को टुप्पो चुच्चो परेको त्रिकोणाकार को हुन्छ भने नविषालु सर्प को टाउका को टुप्पो गोलाकार को र बाँकी भाग सुलुत्त परेको अण्डाकार को हुन्छ ।
    • विषालु सर्पहरु रंगीन वा बढ्ता टलकदार हुन्छन् भने नविषालु सर्प रंगहीन र कम टलक भएका हुन्छन्।
    • सर्प ले टोकेको ठाउँ मा ससाना दाँत का चिन्ह देखिए भने टोक्ने सर्प नविषालु हो भन्ने बुझ्नु पर्छ । यदि टोकेको ठाउँ सुन्निनु का साथै दुइटा ठूला दाँत का चिन्ह देखिए भने त्यो विषालु सर्प ले टोकेको संकेत हो ।
    • धेरै जसो विषालु सर्प का आँखा लाम्चिला हुन्छन् भने नविषालु सर्प का आँखा गोलाकार का हुन्छन् ।
    • विषालु सर्प को पेट मा एक लाइन का कत्ला हुन्छन् । तर नविषालु सर्प को पेट मा दुई लाइन का वा कोठा परेका कत्ला हुन्छन् ।

विषालु सर्प ले टोकेका बेला देखिने लक्षण :

सामान्यतया विषालु सर्प ले टोकेको हो भने करीब १५ मिनट पछि विभिन्न किसिम का लक्षणहरु देखिन शुरु हुन्छन् । ती लक्षणहरु लाई क्रमानुसार तल दिइएको छ –

  • टोकेका ठाउँ मा दुइटा वा एउटा मात्रै दाँत गडेको चिन्ह देखिन्छ ।
    • सर्प ले टोकेको ठाउँ को छाला को रंग रातो देखिन्छ र एकदमै पीडादायी हुन्छ ।
    • पसिना आउन तथा र्‍याल निस्कन शुरु हुन्छ ।
    • टोकेको ठाउँ संवेदनहीन हुँदै जान्छ ।
    • कुनै पनि वस्तु निल्न गाह्रो हुन्छ ।
    • ओठ र जिब्रो नीला देखिन थाल्छन् ।
    • दृष्टि कमजोर हुँदै जान्छ । आँखा अगाडी का दृश्यहरु धमिला देखिन थाल्छन् ।
    • भाइपर ले टोकेको छ भने गिँजा बाट रगत बग्न सक्छ ।

सर्प सँग किन विष हुन्छ र कस्तो प्रकार को विष हुन्छ ?

सर्प ले आफ्नो विष को प्रयोग शिकार लाई गतिहीन पार्न वा शत्रु लाई मार्न का लागि गर्दछ । सर्प को विष अनुसार सर्प ले टोकेको मानिस मा लक्षणहरु देखिने हुन्छन् । सर्प मा पाइने विष लाई चार भाग मा बाँडिएको छ –

  • कार्डियोटक्सिन्स : एसले मुटु लाई बढ्ता असर गर्छ ।
    • न्यूरोटक्सिन्स : एसले स्नायुतन्त्र लाई बढ्ता असर गर्छ ।
    • साइटोटक्सिन्स : एसले मांसपेशी लाई बढ्ता असर गर्छ ।
    • हेमोटक्सिन्स : एसले रक्तप्रणाली लाई बढ्ता असर गर्छ । जसले गर्दा आन्तरिक रक्तस्राव पनि हुन सक्छ ।

प्राथमिक उपचार र अस्पताल लैजाने तरीका :

धेरै जसो सर्प विषालु नहुने र विषालु सर्प ले टोके पनि आधा जसो टोकाई सुख्खा टोकाई वा विषरहित टोकाई हुने भएकाले कत्ति पनि आत्तिनु हुँदैन । एति कुरो जाने हुन्छ कि सतर्क हुनुभयो भने जस्तो सुकै सर्प ले टोके पनि चाँडो भन्दा चाँडो अस्पताल पुर्‍याउन सकियो भने सजिलै निको पार्न सकिन्छ ।

सर्प को विष ले भन्दा बढी आत्तिनाले हृदयाघात का कारण मृत्यु भएका घटना धेरै छन् । कुनै तान्त्रिक धामी वा झाँक्री सँग एसको उपचार छैन । विषालु सर्प ले टोकेका बिरामी लाई पनि झाँक्री ले बचाएका कुनै कुनै घटना हुनुका पछाडी को कारण सुख्खा टोकाई हो ।

सर्पदंश पछि अपनाउनु पर्ने सतर्कताहरु र कार्यहरु एसप्रकार छन् –

  • सर्प ले टोकेका ठाउँ लाई साबुन पानी ले सफा गर्ने । त्यो घाउ लाई काट्न वा चुस्न हुँदैन ।
    • सर्प ले टोकेको ठाउँ लाई डटपेन ले घेरा हालेर चिन्ह लगाउँदा उपचार गर्ने बेला मा सहज हुन्छ ।
    • टोकेको ठाउँ भन्दा माथी ठाउँ ठाउँ मा हलुका किसिम ले बाँध्ने । मसिनो डोरी ले बाँध्न वा कस्न हुँदैन। फेरि रक्तसंचार नै अवरुद्ध भएर पछि त्यो अंग नै काम नलाग्ने हुन सक्छ ।
    • टोकेको ठाउँ लाई धेरै हल्लाउन वा चलाउन हुँदैन । टोकेको ठाउँ मा चुस्न पनि हुँदैन र टोकेको खुट्टा ले हिंड्न पनि हुँदैन ।
    • टोकेको ठाउँ लाई मुटु भन्दा माथी उठाउनु हुँदैन ।
    • टोकेको ठाउँ लाई पानी मा डुबाउने वा चिसो वा तातो ले सेक्ने गर्नु हुँदैन ।
    • बिरामी ले चिया, कफी पिउनु हुँदैन ।
    • टोकेको ठाउँ मा नरम कपडा ले छोप्नु राम्रो हुन्छ ।
    • सर्प ले टोकेको बिरामी जति उत्तेजित हुन्छ तेति नै रक्त संचार बढ्ने र विष फैलने हुनाले बिरामी लाई सकेसम्म शान्त रहन ढाढस बँधाउँदै रहनु पर्छ ।

सर्प को टोकाई बाट जोगिन के गर्नु पर्छ ?

भनिन्छ सर्प ले नजिस्क्याइकन टोक्दैन । तेसैले सर्प लाई जिस्क्याउने लखेट्ने गर्नुहुँदैन । अन्य सतर्कताहरु एसप्रकार छन् –

  • राती हिंड्दा साथ मा टर्च लिएर हिंड्ने ।
    • झाडी हुँदो जाँदा जुत्ता या गमबुट लगाएर जाने ।
    • सकेसम्म खाटमाथी सुत्ने ।
    • सुत्ने बेला ओछ्यान राम्ररी हेर्ने ।
    • झुल टाँगेर सुत्ने ।
    • झ्याल बन्द गर्दा ध्यान दिने ।
    • पराल दाउरा आदि तान्न र झिक्न जाँदा होशियार हुने ।
    • घर वरिपरि सफा राख्ने ।
    • ठूलो घाँस भएको बाटो सकेसम्म नहिंड्ने ।
    • रुख का टोड्का तथा जमीन मा भएका दुलाहरु मा जथाभावी हात नहाल्ने ।

http://niroginepal.com/ne/disease/

सर्पले टोक्दा के गर्ने, के नगर्ने?
– टोकेको ठाँउमा हलचल नहुनेगरी राख्ने
– जति सक्यो छिटो अस्पताल पुर्‍याउने
– मुखबाट केही नखाने
– नआत्तिने, बिरामीको मान्छेले बिरामीलाई सान्त्वना दिने 
– टोकेको ठाँउमा डोरी वा अन्य कुनै पनि वस्तुले नबाँध्ने
– विष तान्न कुखुरा वा अन्य कुनै पनि प्राणीको प्रयोग नगर्ने
– कुनै पनि धारिलो हतियार प्रयोग गरी टोकेको ठाउँ काट्ने काम नगर्ने

यो पनि काम लाग्न सक्छ :

National Guideline for Snake bite Management in Nepal 2019

सर्पको डसाईको उपचार के हो?

  • प्राथमिक उपचार:-
  • सर्पले डसेको व्यक्ति प्राय:

अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ।

टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने। हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधि/ Pressure immobilization method भनिन्छ।

पहिलेपहिले गरिने जस्तो एकै ठाँउमा एकदमै कस्सेर बाँध्नु हुदैंन।

कस्सेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसंचार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरु भएका छन्।विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन।

सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।प्रतिविष/Anti Snake Venom (ASV)को प्रयोगविषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो।

कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो।नेपालमा प्रयोग गरिने प्रतिविष/Polyvalent ASVले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन।यो सर्पदंश उपचार केन्द्रहरुमा नि:शुल्क पाइन्छ।

यसका खराब असरहरु धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्द हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गर्नुहुदैंन।

यसले कसैकसैमा डरलाग्दो रियाक्सन/Hypersensitivity reaction गर्नसक्ने भएकोले यो दिनु अघि एड्रेनालिन/Adrenaline औषधि तयार राख्नुपर्छ।बच्चालाई र वयस्कलाई प्रयोग गरिने प्रतिविषको मात्रा एउटै हुन्छ।यसको अनावश्यक व्यक्तिलाई र आवश्यकभन्दा बढि प्रयोग गर्ने कि्रयाकलापलाई कम गर्न पहिलेका अनुसन्धानहरुका आधारमा ३० भाइल प्रतिविषको प्रयोग सम्बन्धि अनुसन्धान भरतपुर अस्पतालमा हाल भइरहेको छ।

सर्पको डसाईपछि के नगर्ने?टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढि गई विरामीको मृत्यु हुनसक्छ।चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिदैंन।

बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।धामीझांक्रीको उपचार, विष सोस्ने कालो ढुंगा/ Snake stone को उपचार तर्फ लागेर महत्वपूर्ण समय नगुमाउने।

विश्वासका आधारमा यी उपचारले मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ।घाउलाई टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने।

चिकित्सकले नभनेसम्म केहि नखाने, नपिउने।विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुदैंन। यसले फाइदाभन्दा बेफाइदा बढि गर्छ।