स्क्रब टाईफस सम्बन्धि बिशेष जनचेतना मुलक जानकारी तथा संदेशहरु !

  • स्क्रब टाइफस वा बुस टाइफस (bush typhus) रोग ‘ओरेन्सिया सुसुगमुसी’ (Orentia tsutsugamushi) नामक परजीवीको संक्रमणले लाग्ने रोग हो। यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ।
    के हो स्क्रब टाइफस ?
    स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा (माइट)को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।
    झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ। माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ।
    स्क्रब टाइफस संक्रमण नेपाल नेपालको ललितपुरसिन्धुपाल्चोकगोरखाझापाबारारौतहटपाल्पासर्लाहीचितवनधादिङमकवानपुरनुवाकोटरामेछापबाग्लुङकास्कीस्याङजाअर्घाखाँचीबाँकेबर्दिया,गुल्मीकपिलवस्तुनवलपरासीप्युठानरुपन्देहीदैलेखबझाङकैलाली र बझाङमा भेटिएको छ।
    चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन्।
    लक्षण
    स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ। स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन्। [२]समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ।
    बाच्ने उपाय
    संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ। खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ। घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ। स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ।
    – घरवरपरको सरसफाइमा ध्यान दिने ।
    –झाडीमा जाँदा लामो बाहुला भएको कपडा तथा गम्बुट लगाउने ।
    –व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने।
    – सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
    – घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने ।
    – खुला चौर या बगैँचामा नसुत्ने ।
    –लक्षण देखिनासाथ उपचारका लागि जाने ।
    कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ।
    कसरी पत्ता लगाइन्छ?
    यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालहरूमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।
    उपचारहरु :
    ‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्यचौकी पुगिहाल्नुपर्छ,’
    उपचार गरी जोखिम कम गर्न सबै स्वास्थ्यचौकीमा औषधि विवरण जारी गरिसकेको छ। डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दस दिन प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुनेछ /
    पिडिएफ फाइल डाउनलोड गर्नुहोस् :
    [embeddoc url=”http://plugin.test/wp-content/uploads/2019/10/chha-f.pdf” download=”all” viewer=”google” text=”Download गर्नुस “]
    सन्दर्भ सामाग्रीहरु :